विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केन्द्रीय सदस्यहरुले सम्पत्तीको स्रोत देखाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको केही दिन अगाडि सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरुले सम्पत्ती विवरण बुझाउनु पर्नेसहितको प्रतिवेदन पारित गरेको थियो ।विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ती विवरण बुझाउनु पर्ने मात्रै नभएर सम्पत्तीको स्रोत पनि देखाउनु पर्ने र गैरकानूनी ढंगले कमाएको देखिए कारबाही गरिने पनि बताए । ‘कारबाही गर्नकै लागि त्यो भनिएको हो । हामीले पहिले पनि महाधिवेशनबाट पनि यो कुरा (सम्पत्ती विवरण बुझाउने कुरा) उठा
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल, २ दिनदेखि ५ दिनभित्र टुंग्याउन निर्देशन दिनुभएको छ । उहाँले प्रदेश सरकारको अर्थिक वर्ष २०८१ ८२ को अर्धवार्षिक समिक्षा कार्यक्रममा निर्देशन दिँदै सहमतिका लागि गएको फाइलहरु अड्किँदा काम ढिलो भएको बताउनुभयो । समिक्षा कार्यक्रममा उहाँले जेठ १५ गते भित्र अन्र्तक्रिया गोष्ठी जस्ता कार्यक्रमहरु सक्नका लागि पनि निर्देशन दिनुभयो । 'जेठको अन्तिम लागेपछि कार्यक्रममा जानको लागि हैरान हुन्छ, दिनमा तीन चारवटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन र जनताले पनि पचाएका छैनन'
सुबास घिमिरे। इटहरी /सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटि मण्डप, काठमाडौंको आयोजना, नेपाल निजामती कर्मचारी संगठन र ग्रामिण महिला उत्सुक्ता विकास मञ्च फर्वाड सुनसरीको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो । शुक्रबार इनरुवा नगरपालिका ७ को हरी आधारभुत विद्यालयको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य जाँच शिविरमा २४० बढीलाई सेवा दिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन गर्नुहुदै पूर्व मन्त्री तथा संघीय सासद प्रतिनिधि सभा सदस्य भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा समाज कल्य
इटहरी । ओखलढुङगामा कटपिटका कारण ४५ वर्षीय पुरुषको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका–१ कुईभीरका ४५ वर्षीय रामकुमार राईको कुटपिटका कारण ज्यान गएको हो । माघ २ गते स्थानीय करिब ६५ वर्षीय टुकराज राई र रामुकार विच भएको विवादका क्रममा टुकराजको कुटाईबाट मरनासन्न अवस्थामा पुगेका राईको उपचारका क्रममा ज्यान गएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताउनुभयो ।ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारको क्रममा राईको ज्यान गएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । मदिरा सेवनपश्चात भएको विवादका क्रममा भएको कुटपिटबाट राईको ज्यान गएको प्रहरीले अनुमान गरेको छ । घटनामा सङ्लग
इटहरी । मोरङको पथरी(शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमकाबीच न्यानो कपडा वितरण गरिएको हो । तराईमा हुस्सुरकुहिरोका कारण चिसो बढिरहेका बेला विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । देवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेल, डाँस(मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौला, अमेरिका निवासी प्रदीप कट्वाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पाख्रिन, नरेन्द्र गुरुङ, खगेन्द्रबहादुर थापा, सन्तोष कठायत, नवीन श्र
काठमाडौं । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई ९जीबी० को राहदानी रद्द गर्न सरकारलाई आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ । उनी मलेसियामा छन् । राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकिएको बताइन्छ । पाँच सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारल
काठमाण्डौ । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिनुभयो । पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक जना भारतीय नागरिकले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको महानिर्देशक पन्थीले बताउनुभयो । अदालतबाट भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर काम भइरहेको उहाँले जानकारी दिनुभयो
काठमाण्डौ । सरकारले संसद्मार्फत विधेयकका रूपमा ल्याउनुपर्ने कानूनहरू अध्यादेशबाट ल्याएको भन्दै प्रतिपक्ष दलहरूले आपत्ति जनाएका छन् । प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह पनि गरेका छन् । सरकारले तत्काल अधिवेशन नबोलाएमा विशेष अधिवेशन माग गर्ने प्रतिपक्ष दलहरूले बताएका छन् । संयुक्त वक्तव्य जारी गर्न आज संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउनुभयो । नेपाल विद्युत् प्राधिकरणमा राजनीतिक हस्तक्षेप गरेको, भूमिहीन तथा सुकुम्वासील
इटहरी । धनकुटामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको चौबीसे गाउँपालिकाका एक व्यक्तिलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुजन खतिवडा रहेको प्रहरीले जनाएको छ । गत मंसिर २८ गते साँझ करिब ७ बजे ललाइफकाइ नजिकको खेतमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीमा जाहेरीमा उल्लेख छ । किटानी जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुकटाले जनाएको छ । पीडितकी दिदीले प्रहरीमा बिहीबार किटानी जाहेरी दिएकी थिइन् । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
इटहरी । कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका(३ सोम्बुङ डाँडामा सुख्खा पहिरो खसेको छ । शुक्रबार ११ बजे तिर सडकभन्दा माथिबाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन वारपार गर्न सकेको छैन । करिब ३५ मिटर माथिबाट खसेको सुख्खा पहिरोले २० मिटर भन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ । इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोलीले र स्थानीय मिलेर पहिरो हटाउने प्रयास गरिरहेको छ । भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान करिब ९
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.