इटहरी । पथरी शनिश्चरे–०२ मा रहेको पथरी नगर अस्पतालमा आकस्मिक तथा नियमित दन्त सेवा थप संचालनमा आएको छ । शुक्रबार पथरी नगर अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच उक्त उपचार सेवा शुभारम्भ भएको हो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले दन्त सेवा कक्षको रिबन काटेर उद्घाटन गर्नु भएको थियो । उक्त अस्पतालबाट हाल (वि.सं.२०७८ मंसीर –०१ गतेदेखि) विस्तारित स्वास्थ्य सेवा मार्फत् प्रादेशिक अस्पताल मदन भण्डारी ट्रमा सेन्टरका बिशेषज्ञ चिकित्सकहरुवाट हाडजोर्नी बिशेषज्ञ सेवा, फिजिसियन सेवा, स्त्री तथा प्रसुति रोग, बाल रोग, जेनेरल सर्जरी, छाला तथा यौन रोग, मानसिक तथा नशारोग विशे
इटहरी । पाँचथर फिदिम(१३ का ३० वर्षीय सनम राईलाई २ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले बिहीबार मेचीनगर(६ बाट पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको राईलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी विराटनगर(१५ बाट उदयपुर बेलका(४ का ४० वर्षीय सुरज खडकालाई १ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर सहित लागूऔषध नियन्त्रण व्युरोको प्रहरी टोलीले पक्राउ गरेको छ । यसैबिच भोजपुर आमचोक(१ का २५ वर्षीय दाजुङ शेर्पालाई गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको बेलका(८ अस्थायी प्रहरी पोष्ट कोठुको प्रहरी टोलीले चेकजाँच गर्दा क
इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र मेहता र प्रशासन प्रमुख संजिव खड्कालाई कारबाही गर्न सिफारिस भएको छ । बिहीबार उपमेयर सङ्गिता चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठक पछि कारबाहीको सिफारिस गरिएको हो । कार्यपालिका सदस्य तथा वडा नम्बर(९ का अध्यक्ष जितेन्द्र थापाका अनुसार कार्यालयको हित विपरीत गतिविधि गरेको भन्दै कारबाही सिफारिस गरिएको हो । कार्यपालिका बैठकमा माइन्युट लुकाएको लगायत कारण देखाउँदै कारबाही गर्न लागिएको उनले बताए । मेयर हेमकर्ण पौडेल भारत भ्रमणमा रहेको समयमा उपमेयरले कार्यपालिका बैठक बोलाएकी हुन् । उपमेयरले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा
इटहरी । भोजपुर षडानन्द नपा(५ का हाल काठमाडौँ(६ बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय सरोज कटुवाल र रामेछाप खादेवी गापा(८ धुलेबेसीका हाल काठमाडौँ(१३ बस्ने १९ वर्षीय कृष्ण कार्कीलाई फेसबुक प्रयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । उनीहरूलाई प्रेम सम्बन्ध रहेको बेला खिचिएको महिलाको फोटो फेसबुक म्यासेञ्जरमा पठाएर चरित्रहत्या गरेको पीडितले उजुरी गरेको आधारमा विद्युतीय ९इलेक्ट्रिक० कारोबार ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सरोज कटुवाललाई पुस २९ गते र कृष्ण कार्कीलाई पुस २८ गते प्र
इटहरी । धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ । बिहिबार बसेको धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो । उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिनुभयो । कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उहाँले बताउनुभयो । धरानका उपमहानगरपालिका क्षेत्रका सडक, पुस्तकालय, सार्वजनिक शौचाल
इटहरी । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्धन निर्माण सुरू भएको छ । बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरुवा नदी कटान स्थानबाट स्थायी तटबन्धन निर्माण सुरू गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ । उक्त स्थायी तटबन्धनको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले औपचारिक शिलान्यास गरेपछि तटबन्धन निर्माण कार्य सुरू भएको हो । गाईघाटस्थित शिवालय टोलबाट मदन भण्डारी मार्गको बरुवा खोलाको पुलसम्म झन्डै डेढ किलोमिटर लामो तटबन्धन निर्माण औपचारिक रूपमा सुरू भएको छ । सङ्घीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक करोड बजेट व्यवस्थापन गरेपछि ६० मिटर लम्
काठमाण्डौ । वायुसेवा सञ्चालक सङ्घले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउन सक्ने जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमाथिको प्रतिबन्ध कायमै रहेको भन्दै आउँदो ९ गतेसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु जिल्लाभित्र सम्पूर्ण हवाई सेवाहरु पूर्ण रुपमा स्थगन गर्नुपर्ने अवस्था आउने बताउनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसँग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न प्रतिबद्ध रहेको पनि सङ्घले जनाएको छ । हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धले वायुसेवा सञ्चाल
इटहरी । धरानमा लागूऔषधसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१० कोठाभाडामा बस्दै आएकी ७ वर्षीया मनिका बिक र ३८ वर्षीय रेनुका लिम्बू रहेकी छन् । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बिक सुत्ने खाटमाथि राखेको कालो सुटकेसभित्र लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै, उनको कोठामा बस्ने ३८ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । मेची राजमार्ग अन्तर्गत पर्ने इलामको राजदुवाली–भञ्ज्याङ सडकको मर्मत गर्न उद्योग व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल कृष्णको नेतृत्वको उद्योगी–व्ययवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत सरकारलाई बिहीबार ध्यानाकर्षणपत्र बुुझाउँदै सो माग गरेका हुन् । बर्खायाम सुरु हुनअगावै मेची राजमार्ग वा वैकल्पिक मार्गलाई तयारी गर्न सरकारको ध्यानाकर्षण गराइएको व्यवसायीको भनाइ छ । पूर्वी पहाडलाई जोड्ने ‘लाइफ लाइन’ सडकका रुपमा रहेको मेची राजमार्गको बिग्रिएको स्थानमा आकाशे पानी पर्नासाथ यातायात अवरुद्ध हुनेगर्छ । त्यही कारण समयमै स
इटहरी । मोरङको सुन्दरहरैँचा –८ सलकपुरमा निर्माणाधीन नाट्यघरमा आगलागी भएको छ । बिहीबार अपरान्ह साढ ३ बजेतिर खरले छाएका दुईवटा घरमध्ये एउटा घरमा आगलागी भएको हो । सुन्दरहरैँचा –८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेका अनुसार नगरपालिकाले लिजमा लिएर दुई वटा पौराणिक शैलीका घर बनाएका थियो । बाँस र खरमात्र प्रयोग गरी निर्माण गरिएका दुई घरमध्ये एउटा घर जलेर नष्ट भएको वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । सुन्दरहरैँचा नगरपालिकाको वारुणयन्त्र मर्मतका लागि पठाइएकाले आगजनीबाट घर जोगाउन नसकिएको उहाँले बताउनुभयो । ढिलोगरी बेलबारीबाट आएको वारुणयन्त्र, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.