इटहरी । पाँचथर फिदिम(१३ का ३० वर्षीय सनम राईलाई २ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले बिहीबार मेचीनगर(६ बाट पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको राईलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी विराटनगर(१५ बाट उदयपुर बेलका(४ का ४० वर्षीय सुरज खडकालाई १ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर सहित लागूऔषध नियन्त्रण व्युरोको प्रहरी टोलीले पक्राउ गरेको छ । यसैबिच भोजपुर आमचोक(१ का २५ वर्षीय दाजुङ शेर्पालाई गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको बेलका(८ अस्थायी प्रहरी पोष्ट कोठुको प्रहरी टोलीले चेकजाँच गर्दा को १ ज ३४९९ नम्बरको बलेरोमा जेब्रा झोलामा ३ केजी गाँजा सहित चालक शेपालाई पक्राउ गरिएको हो ।


