इटहरी। सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा पर्ने टोकटोक र बैंकरबिचमा रहेको जंगलमा बिहीबार विहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर भ्रमणगरी लुक्लातर्फ फर्कनेक्रममा बाटो भुलिएर खच्चड हिड्ने पुरानो बाटोबाट जाँदा चिप्लिएर करिब ५ देखि ६ मिटर तल झरी भीरमा अल्झिरहेको अवस्थामा उद्धार गरिएको हो । फाक्दिन प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बहादुर खड्काको नेतृत्वमा गएको टोलीले स्थानीयहरु समेतको
इटहरी। धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेबासस्थित लाफा गाँउमा एकल मगर जातिको मात्र बसोबास छ । ९५ घरधुरी रहेको यो गाँउमा घरबास सेवा सञ्चालनमा ल्याउने कुरा चलेको धेरै वर्ष भयो । स्थानीय तहको पहिलो चुनावपछि यहाँ लक्षित गरेर घरबास सेवा सञ्चालन गर्ने योजना सँगै प्रदेश सरकारको सहयोगमा मगर जातिको कला, संस्कृतिको प्रवर्धन गर्न सङ्ग्रहालयसमेत बनेको छ तर घरबास सेवा सञ्चालन गर्ने चर्चा चलेको सात वर्षभन्दा बढि हुँदा पनि कार्यक्रम सञ्चालन हुन सकेको छैन । अहिले पालिकाले दोस्रो कार्यकालको जनप्रतिनिधि पाइसकेको छ । लाफा गाँउमा होमस्टे सञ्चालन गर्ने चर्चा अहिले पनि छ । स्थानीयवासीको व्यस्तताका कारण कुरामा मात्र
बिराटनगर / कोशी प्रदेशका आन्तरिक ममिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको सचिवालयमा विपन्न वर्गकी छात्रालाइ नीयुक्त गरीएको छ । इटहरी १७ निवासी कबिता मुसहर (ऋषिदेव ) कानुन मन्त्रीको सचिवालयमा आइ टी प्रमुखको रुपमा नियुक्त भएकी हुन ।समावेसी लोकतन्त्रमा जातीय हिसाबले पिछडीएको वर्गको प्रतिनिधीत्व होस भन्ने हेतुले सचिवालयमा नियुक्त गरीएको कोशी प्रदेशका आन्तरीक मामीला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताउनुभएको छ । कविता मुसहर हाल ब्राइट भिजन ल क्याम्पस मा बिए एल एल बि अध्यनरत हुनुहुन्छ । उहाँले सरस्वती जब्दी माध्यमिक बिद्यालय बाट एस इ इ उतिर्ण साथै राष्ट्रिय मा. बि. बाट +२ उतिर्ण गर्नुभएको ह
इनरुवा । नेपाल खेलकुद महासंघको १६ औ स्थापना दिवसको अवसरमा इनरुवा नगर कमिटी द्वारा कोशी प्रदेश स्तरीय क्रीकेट प्रतियोगिता स्व: शान्ति गुरुङ भण्डारी कपको इनरुवामा सुरू भएको छ । नेपाल खेलकुद महासंघ इनरुवा अध्यक्ष सराेज बस्नेतकाे अध्यक्षतामा तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री पाँचकर्ण राईकाे प्रमुख अतिथ्यतामा भएको उदघाटन समारोहमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशका सबै खेललाई व्यवस्थित र सबल बाउन तथा खेलको विकास लागि खेलकुद विधेयक ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । बिहीबार सुनसरीको इनरुव
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो । मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो । घटना हाे, पुस २६ गते शुक्रबारको । याे घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार (माघ ३ गते) कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।
बिराटनगर / कोशी प्रदेश सरकारले बजेटमा व्यवस्थित ढंगले योजना समेट्नका लागि आयोजना बैंक सञ्चालनको प्रकृया सुरु गरेको छ । यो आयोजना बैंक सुरु भएमा प्रदेशमा व्यवस्थित रुपले योजनाहरु कार्यान्वयनमा जाने कोशी प्रदेश सरकारले विश्वास लिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट बनाउँदा चर्काे आलोचना खेप्नु परेको र त्यसलाई थितिमा बाँधेर काम गर्न आयोजना आवश्यक्ता परेको बताउनुभयो । उहाँले आयोजना बैंकमार्फत योजनाहरु ल्याउनका लागि प्रदेश योजना आयोगलाई जिम्मेबार र बलियो बनाएर लैजाने बताउनुभयो । कोशी प्रदेश आयोजना बैंक कार्यविधि २०८१को मस्यौदालाई सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री कार्कील
इटहरी । इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको स्थापना दिवसमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् । आउँदो माघ १५ गते मंगलबार हुने विद्यालयको ६८ औं स्थापना दिवस तथा अभिभावक भेलामा भण्डारी आउन लागेकी हुन् । उनले नव निर्मित १२ कोठे भवनको उद्घाटनसमेत गर्नेछिन् । राष्ट्रपति भण्डारीले भवन उद्घाटन गर्नुका साथै अविभावकहरुलाई सम्बोधन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । इटहरीको पुरानो विद्यालयमध्ये एक रहेको जनता माविले पछिल्लो समय भौतिक पुर्वाधार थप गर्दै विद्यालयको अवस्थालाई निरन्तर सुधार गर्दै लगेको छ । सोही क्रमममा थपिएको १२ कोठाको भवन उद्
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार छुट्टै राजश्व महाशाखा गठनको तयारीमा रहेको बताउनुभएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाले आयोजना गरेको प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश सरकारको आन्तरिक आय वृद्धिका लागि छुट्टै महाशाखा आवश्यक भएको बताउँदै महाशाखा गठन भएपछि राजश्व बाँडफाँट वापतको बजेट वृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले महाशाखा गठन पछि केही अर्ब राजश्व बढाउन सकिने बताउनु भयो । नेपाली काङ्ग्रेस र एमाले बिचको सहमतिपछि बनेको सङ्घीय सरकारले आर्थिक सुधारका लागि धेरै काम गरिरहेको
इटहरी । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबीसे बजारका अग्निपीडितलाई जिल्ला विपत् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मोहण मणि घिमिरे समेतको टोलीले बिहीबार बाह्रबीसे पुगेर पीडितलाई नगद १५ हजार वितरण गरेको हो । त्यस्तै, नेपाल रेडक्रस सोसाईटीले त्रिपाल, कम्मल, भाडावर्तन लगायतका सामग्री वितरण गरेको छ । अग्निपीडित मध्ये ४ परिवारलाई जनही १५ हजार र ५ जनाभन्दा माथि सदस्य भएका एक परिवारलाई २० हजार रुपैयाँ वितरण गरिएको घिमिरेले बताउनुभयो । पीडितलाई अलैंची व्यवसायी संघले ५५ हजार र वितरक संघले ६० हजार ५ सय रुपैयाँ सहयोग गरेको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीम लिम्बुल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.