इनरुवा । नेपाल खेलकुद महासंघको १६ औ स्थापना दिवसको अवसरमा इनरुवा नगर कमिटी द्वारा कोशी प्रदेश स्तरीय क्रीकेट प्रतियोगिता स्व: शान्ति गुरुङ भण्डारी कपको इनरुवामा सुरू भएको छ । नेपाल खेलकुद महासंघ इनरुवा अध्यक्ष सराेज बस्नेतकाे अध्यक्षतामा तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री पाँचकर्ण राईकाे प्रमुख अतिथ्यतामा भएको उदघाटन समारोहमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशका सबै खेललाई व्यवस्थित र सबल बाउन तथा खेलको विकास लागि खेलकुद विधेयक ल्याउने तयारीमा जुटेको बताउनुभएको छ ।
बिहीबार सुनसरीको इनरुवामा स्व. शान्ति गुरुङ्ग भण्डारीको स्मृतिमा कोशी प्रदेश स्तरीय सिनियर पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुदै मन्त्री राईले प्रदेशमा खेलकुदको संरक्षण, व्यवस्थापन र खेलमै युवाको भविश्यलाई जोड्न खेलकुद विधेयक ल्याउन लागेको बताउनुभएको हो ।

उहाँले उद्घाटन कार्यक्रममा क्रिकेटको एपीएलको चर्चा गर्नुहुदै देशभर नै क्रिकेटको क्रेज बढेको बताउनुभयो । उहाँले शहर र तराई मधेसमा मात्रै नभई हिमाल, पाहडसम्म पनि क्रिकेटको क्रेज देखिएकाले खेलाडीहरुलाई खेल खेलेर बाच्न सक्ने आधार बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।
उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा खेल खेलेर पनि बाच्न सक्ने आधार बनाउन कोशी प्रदेश सरकार लागीपरेको बताउनुभयो । उहाँले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल प्रतिभालाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । उहाँले फरक प्रंसरमा आफ्नो मन्त्रालयले ४४ विधा हेर्नुपर्ने भएकाले खुलकुदमा थोरै बजेट परेको बताउनुभयो ।
मन्त्रालयमाले पाएको बजेटलाई अधिक्ताम सदुपयोग गर्ने समेत बताउनुभयो । सामाजिक विकास मन्त्रालयले सबै खेलकुदलाई आवश्यकता अनुसारको सहयोग गर्न खेलकुद संघ, संगठन र संस्थाहरुको सुचिकृत गर्ने काम थालेको बताउनुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथिहरु कोशी प्रदेश सभासदस्यहरु निरा खनाल, रामप्रसाद मेहता , इस्राइल मन्सुरी, नेपाल खेलकुदका केन्द्रिय सचीव सन्तोष बान्तावा, महासंघका जिल्ला अध्यक्ष बिकल पौडेल, क्रीकेट संघका केन्द्रिय सदस्य अर्जुन पौडेल,जिल्ला क्रीकेट संघका संजिब ढुंगाना, प्रदेश सदस्यहरु लगायतहरुको उपस्थिति रहेकाे थियो।

उद्घाटन समारोहमा नेपाल खेलकुद महासंघ कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव बिप्लब घोसले स्वागत मन्तब्य राख्नु भएको थियाे भने कार्यक्रम केन्द्रीय सदस्य तथा इनरुवा इन्चार्ज सिपि पौडेलले सन्चालन गर्नुभएकाे थियाे । माघ ६ गतेसम्म सञ्चालन हुने कोशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा सुनसरी जिल्ला क्रिकेट संघ, मोरङ्ग जिल्ला क्रिकेट संघ, झापा जिल्ला क्रिकेट संघ,उदयपुर जिल्ला क्रिकेट संघ, इलाम जिल्ला क्रिकेट संघ र नेकोस इनरुवा–११ (आयोजक) सहित ६ टिम सहभागी रहेको छ । पहिलो खेलमा सुनसरीले इलाम लाई १० विकेटले हराएको थियो भने द्वोस्रो खेलमा झापाले मोरङ्ग लाई हराएको थियो।



