बिराटनगर / कोशी प्रदेशका आन्तरिक ममिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको सचिवालयमा विपन्न वर्गकी छात्रालाइ नीयुक्त गरीएको छ । इटहरी १७ निवासी कबिता मुसहर (ऋषिदेव ) कानुन मन्त्रीको सचिवालयमा आइ टी प्रमुखको रुपमा नियुक्त भएकी हुन ।समावेसी लोकतन्त्रमा जातीय हिसाबले पिछडीएको वर्गको प्रतिनिधीत्व होस भन्ने हेतुले सचिवालयमा नियुक्त गरीएको कोशी प्रदेशका आन्तरीक मामीला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताउनुभएको छ । कविता मुसहर हाल ब्राइट भिजन ल क्याम्पस मा बिए एल एल बि अध्यनरत हुनुहुन्छ ।
उहाँले सरस्वती जब्दी माध्यमिक बिद्यालय बाट एस इ इ उतिर्ण साथै राष्ट्रिय मा. बि. बाट +२ उतिर्ण गर्नुभएको हो । संघियताको सबलीकरणका लागी प्रदेशका नीती नीर्माण गर्ने मन्त्रालयमा कानुन संकायकी विपन्न वर्गकी छात्रालाइ नीयुक्त गरीनु प्रदेशका लागी हितकारी हुने अपेक्षा गरीएको छ । राज्यका नीकायहरुमा अत्यन्त न्युन पहुँच रहेको मुसहर समुदायबाट बिरलै राज्य संयन्त्र र कार्यकारी क्षेत्रमा नीयुक्त हुने गरेका छन ।