भोजपुर / भोजपुरको चखेवा डाँडामा सांस्कृतिक पर्यटन तथा कृषि मेला सुरू भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको सांस्कृतिक पर्यटन तथा कृषि मेलाको उद्घाटन संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नु भएको हो । मुन्धुम पदमार्गको प्रवद्र्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो ।टेम्केमैयुङ गाउँपलिका अध्यक्ष सरोज बस्नेतले मुन्धुम पदमार्ग सम्बन्धि अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियोे । मुन्धुम पदमार्गलाई दिगो विकासको लक्ष्यका साथ मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।मुन्धुम पदमार्गलाई संर
इटहरी । धनकुटाको चौबिसे गाँउपालिकामा सम्पन्न दोस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरले जितेको छ । चौबिसे गाउँपालिकाको वडा नं. ४ र ५ को सिमाना स्थित फलामेटारमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश टे«निङ सेन्टरलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश टे«निङ सेन्टरलाई २६–२४, २५–२२ र २५–२३ को सोझो सेटमा हराउदै उपाधि जितेको हो । विजेता नेपाल प्रहरी रानी विराटनगरले उपाधिसँगै नगद एक लाख २२ हजार २ सय २२ रुपैया हात पारेको छ भने उपबिजेता कोशी प्रदेश टे«निङ सेन्टरले ६६ हजार ६
इटहरीको तालतलैयामा मंगलबार नेपाल मगर संघ, इटहरी उपमहानगर समितिले माघे संक्रान्ति २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा मौलिक सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष ध्वज बहादुर थापा मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको उपस्थिति रहेको थियो । मन्त्री भण्डारीले माघे संक्रान्ति नेपालका सबै जातजाति र भाषाभाषी समुदायका लागि महत्वपूर्ण चाड भएको बताउँदै विशेष गरी थारु समुदायले यसलाई विशेष रूपमा मनाउने परम्परा रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा मगर समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नृत्य तथा अन्य गतिवि
इटहरी । माघेसंक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ । माघेसंक्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो । धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौविसे र साँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्ने कौशीका धाममा पवित्र जलमा स्नान गरे छाला सम्बन्धी रोग निको हुने विश्वास छ । यस्तै त्रिवेणीमा नुहाएर हंस मोरङमा रहेको शिवालयमा दर्शन गरे रोगब्याधबाट मुक्ति, सुखशान्ति, समृद्धिका साथै मनोकाक्षा पुरा हुने
इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । अघिल्लो कार्यकालमा पनि श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । कार्य समितिमा पदाधिकारी सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा मेनुका श्रेष्ठ, सचिवमा तुलसा राई, सहसचिवमा देविका राई र कोषाध्यक्षमा निश्चल राजभण्डारी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा माया राई, लिलाबहादुर श्रेष्ठ, सारदा राई, विक्रम चेतनशील राई, प्रविण शाक्य र सोनिमा शेर्पा छनौट हुनुभएको छ । सङ्घीय प्रतिनिधिमा नुमाया राई र दिपेन्द्र रुम्दाल
इटहरी । छोरीको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छिन् । मोरङको पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी छोरी १७ वर्षीया सलिना राई दुवै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी हुन् । आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन सबैसँग सहयोगको याचना गरिहेको छ । २०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँचजनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर राई परिवारलाई निकै समस्या परेको छ । हाल सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नि
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षाको नतिजा २०८२ सालको पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने आज सार्वजनिक कार्य तालिकामा उल्लेख छ । परीक्षार्थीले रजिस्ट्रेसनरपरीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अ
इटहरी । माघे सङ्क्रान्तिका अवसरमा झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत ९रैथाने० उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ । मेचीनगर नगरपालिकाद्वारा आयोजित तीन दिवसीय उक्त महोत्सव तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेका छन् भने तीन दिनमा ५० लाख रुपैयाँबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ । भारतस्थित पश्चिम बङ्गालका पर्यटन अभियन्ता राज बसु नेपालमा ग्रामीण
इटहरी । विराटनगरमा तीव्र गतिको बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिँदा बाटो क्रस गर्दै गरेकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा विराटनगर–१४ की अन्दाजी ५५ वर्षीया हक्री खातुन रहेकी छन् । विराटनगरको रानीबाट बसपार्कतर्फ आउँदै गरेको तीव्र गतिमा गुडिरहेको बसले सोमबार साँझ करिब ६ बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी आइसिपीलाई कोशी राजमार्गसँग जोड्ने ‘लिङ्क रोड’ चार लेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ । आइसिपी क्षेत्रसँगै कार्गो रेलको नेपाल कस्टम यार्ड रहेको छ । कार्गो रेलमार्फत आयात हुने सामान ढुवानीका लागि आइसिपीदेखि कोशी राजमार्गसम्मको दुरी ४।४ किलोमिटर छ । दुई लेनको सडकबाट सामान ढुवानी गर्ने ठुला मालवाहक सवारी आवतजावतमा असहज हुँदै आएपछि यसको विस्तार योजना अगाडि बढाइएको हो । विराटनगर ९रानी–धरान० कोशी राजमार्ग छ लेनमा विस्तार भइसकेको छ । औद्योगिक कच्चा बोकेर आउने मालवाहक सवारीसाधन साबिक रानी भन्सार क्षेत्रभन्दा पाँच किलोमिटर पूर्व आइसिपीमा सरेप
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.