All Posts By कोशी प्रेस

    Showing ८,२५१-८,२६० of १३,७४३ items.
  • लागुऔषधसहित पाँच जना पक्राउ

    इटहरी । सुनसरीको धरान उपमहानगरपालिका ७ बाट ट्रामाडोल ट्याब्लेटसहितका लागुऔषध बोक्ने र कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार मध्यरातमा धरान उपमहानगरपालिका वडा नं।७ स्थित कोशी राजमार्गमा विशेष सूचनाको आधारमा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले  उदयपुरको त्रियुगा नगरपालिका वडा नं। १२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १९ का २१ वर्षीय रोहित कार्की र सोही ठाउँ बस्ने १९ वर्षीय अनुराग राईलाई पक्

    • प्रकाशित मितिः पुस २२, २०८१
    • २२४ पटक पढिएको
  • मोरङको बुढीगङ्गा गाउँपालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला

    इटहरी । मोरङको बुढीगङ्गा गाउँपालिकाले सञ्चालन गरेको बुढीगङ्गा पालिका अस्पतालले दैनिक १२ घण्टा बहिरङ्ग ९ओपिडी० सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ओपिडी सेवा सुचारु राख्दा स्थानीय नागरिकलाई उपचार सेवामा सुविधा भएको छ । अस्पतालले सेवाग्राहीको सुविधाका लागि वर्षको ३६५ दिन नै ओपिडी सेवा सुचारु राख्ने निर्णय गरी कार्यान्वयन सुरु गरेको छ । बुढीगङ्गा अस्पतालको ओपिडी सबै सार्वजनिक बिदाका दिनमा पनि खुल्नेछ । सुनसरीको चतरा अस्पतालमा यसअघि कार्यरत  अस्पतालका व्यवस्थापक डा। सुरज थापा चार महिनाअघि मात्र बुढीगङ्गा पालिका अस्पतालमा आउनुभएको हो । त्यसअघिबाटै सकारात्मकरुपम

    • प्रकाशित मितिः पुस २२, २०८१
    • २३८ पटक पढिएको
  • ताप्लेजुङमा पाँच महिनामा चार लाख क्युबिक फिटभन्दा बढी गोलिया निकासी

    इटहरी । ताप्लेजुङमा पछिल्लो पाँच महिनाको अवधिमा चार लाख क्युबिक फिटभन्दा बढी गोलिया काठ निकासी भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को मङ्सिर मसान्त सम्ममा उक्त परिमाणमा काठ गोलिया निकासी भएको हो । डिभिजन वन कार्यालयका वन अधिकृत प्रमेश्वर पासवानका अनुसार मङ्सिर मसान्तसम्ममा कुल चार लाख २६ हजार २५३ क्युविक फिट काठ निकासी भएको छ । वन अधिकृत पासवानले निजी वनबाट सो काठ निकासी भएको बताउनुभयो । उत्तिस, चिलाउने, मलातोजस्ता प्रजातिका काठ निकासी भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार निकासी भएको काठको उक्त परिमाण पाँच महिनाको विवरण भए पनि अधिकांश तीन महिनाभित्र न

    • प्रकाशित मितिः पुस २२, २०८१
    • २२७ पटक पढिएको
  • झापामा स्कारपिओको ठक्करबाट एक महिलाको मृत्यु

    इटहरी । झापामा स्कारपिओको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–६ मा डब्लुबी ७४ बीएन ६८८५ नम्बरको भारतीय गाडीले पैदलयात्री महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मेचीनगर–६ की अन्दाजी ५८ वर्षीया माला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । थापालाई बाटो क्रस गर्दै गर्दा स्कारपिओले ठक्कर दिएको प्रहरीको भनाइ छ । स्कारपिओ चालक भारतको पानीट्यांकी बस्ने २१ वर्षीय विकास विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • २३५ पटक पढिएको
  • खोटाङमा मानसिक सन्तुलन गुमेकी युवती बलात्कारको शिकार, ६ महिनापछि घटना सार्वजनिक

    इटहरी । खोटाङमा मानसिक सन्तुलन गुमेकी युवती बलात्कृत भएकी छन् । केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया युवतीमाथि बलात्कार भएको खुलेको हो । करिब ६ वर्षअघि मानसिक सन्तुलन गुमाएर उपचाररत ती युवतीलाई गाउँकै ३९ वर्षका पुरुषले बलात्कार गरेको खुलेको हो । उक्त घटना बलात्कृत भएको ६ महिनापछि मात्र थाहा भएको छ । बलात्कारपछि युवती गर्भवती रहेको थाहा पाएपछि परिवारले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिरिएको हो । पीडितको जाहेरीअनुसार ३९ वर्षीय एककुमार राईले मानसिक सन्तुलन गुमाएकी ती युवतीलाई बलात्कार गरेको उल्लेख छ । गत असारमा राईले घरमा एक्लै भएको मौका छोपेर मानसिक सन्तुलन गुमेकी युवतीलाई बला

    • प्रकाशित मितिः पुस २२, २०८१
    • २२३ पटक पढिएको
  • सुनसरी र झापाबाट लागूऔषधसहित सात जना पक्राउ

    इटहरी । झापा र सुनसरीबाट लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २० गते दिउँसो झापाको कमल गाउँपालिका ४ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले १ ग्राम ब्राउनसुगरसहित स्थानीय ३९ वर्षीय धनराज लिम्बू, २६ वर्षीय रोहित नेम्बाङ, २३ वर्षीय राजेश नेम्वाङ र शिवसताक्षी नगरपालिका १ का ३३ वर्षीय सुरेश निरौलालाई नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी चौकी चारआलीले मेचीनगर नगरपालिका ११ का २३ वर्षीय ईशाक राई र मेचीनगर १३ का ३० वर्षीय सुनील नगरकोटी मगरलाई ब्राउनसुगर १ ग्राम ४७० मिलिग्रामसहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका ११ का २८ वर्षीय विनोद आचार्यलाई

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ३०६ पटक पढिएको
  • तरकारी बालीमा ग्राफ्टिङ् प्रविधिको प्रयोग

    इटहरी। तरकारी बालीमा ग्राफ्टिङ् प्रविधि प्रभावकारी बन्दै गएको छ । माटोजन्य रोगका कारण तरकारी खेतीमा माटोबाट सर्ने रोगको समस्या देखिन थालेपछि ग्राफ्टिङ् कलमी प्रविधिको प्रयोग किसानहरुले गर्न थालेका छन् ।  पूर्वी नेपालका अगुवा तरकारी कृषकहरु पछिल्लो समय ग्राफ्टिङ् प्रविधिको प्रयोग गर्दै आएका छन् । माटोबाट सर्ने ढुसी र ब्याक्टेरियाको कारणले लाग्ने रोगहरु तथा जरामा गाठा बनाउने जुकाले तरकारी बालीहरुको उत्पादन, गुणस्तर र भण्डारणमा हानी पुर्‍याउने गरेको छ । ग्राफ्टिङ् प्रविधिको प्रयोगले माटोबाट सर्ने रोगको व्यवस्थापन हुँदै आएको तरकारी कृषक रघु चन्द्रवंशीले बताउनुभयो । माटोलाई निर्मलीकरण, जैविक न

    • प्रकाशित मितिः पुस २२, २०८१
    • १७८ पटक पढिएको
  • पाँचथरको सदरमुकाम फिदिममा ६८ वर्षीय वृद्धको शव फेला

    इटहरी। पाँचथरको सदरमुकाम फिदिममा ६८ वर्षीय लक्षुमण मुखिया मृत अवस्थामा भेटिएका छन् । फिदिम नगरपालिका–८ रानिटार घर भई फिदिम १ मा बस्दै आउनुभएका उहाँ आइतवार सदमुकाम फिदिमस्थित बुद्धमार्गमा मृत अवस्थामा फेला पर्नुभएको हो । घर अगाडी सडकमा मृत अवस्थामा भेटिएको भनी आफन्त र छिमेकीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनास्थलको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० बिनालाल साहले जानकारी दिनुभयो । उहाँको शव जिल्ला अस्पताल पाँचथरको शवगृहमा पोष्टमार्टमका लागि पठाउनुका साथै  प्रहरीले

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ९५ पटक पढिएको
  • निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित

    इटहरी । निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित हुनुभएको छ । नवनिर्वाचत खनालले १०७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी निरोज राउतले ७७ मत प्राप्त गर्नुभयो भने राजकुमार भक्तराजले ५३ मत प्राप्त गर्नुभयो । संघको बरिष्ठ उपाध्यक्षमा नवीन तामाङ बिजयी हुनुभएको छ । उहाँले प्रमोद शेर्पालाई पराजित गरी निर्वाचित हुनुभयो । कोषाध्यक्षमा पुष्कर बुर्जा विजयी हुनुभएको छ । उहाले एकसय ३५ मत पाउँदा सन्तोष भक्तराजले ९५ मत पाउनुभयो । संघको महिला उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरज अधिकारी र सचिवमा सूर्यमान कार्की निर्विरोध निर्वाचित हुनुभयो । सदस्यहरुमा सुप्रिम राई, प्रित

    • प्रकाशित मितिः पुस २२, २०८१
    • १०४ पटक पढिएको
  • सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण

    इटहरी । सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोगमा शारीरिक तथा खुट्टाले हिड्न समस्या भएका व्यक्तिलाई सो सामग्री वितरण गरेको हो । नौ जनालाई ट्राईचियर र चार जनालाई ट्राई साइकलसहितको साहायक सामग्री वितरण गरेको जनाएको छ । कतार च्यारीटीको सहयोग सामग्री हस्तान्तरण गरेको सामाजिक जिवन केन्द्र नेपालका अध्यक्ष हजरत हुसैनले जानकारी दिनुभयो । कोशी गाउँपालिका –३ स्थित सामाजिक जिवन केन्द्र नेपालको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहयोग सामग्री हस्तान्तरण गरिएको हो । कतार च्यारेटी नेपालको सहयोग एवम सामाजिक ज

    • प्रकाशित मितिः पुस २२, २०८१
    • ११४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]