इटहरी। पाँचथरको सदरमुकाम फिदिममा ६८ वर्षीय लक्षुमण मुखिया मृत अवस्थामा भेटिएका छन् । फिदिम नगरपालिका–८ रानिटार घर भई फिदिम १ मा बस्दै आउनुभएका उहाँ आइतवार सदमुकाम फिदिमस्थित बुद्धमार्गमा मृत अवस्थामा फेला पर्नुभएको हो । घर अगाडी सडकमा मृत अवस्थामा भेटिएको भनी आफन्त र छिमेकीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनास्थलको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरीक्षक० बिनालाल साहले जानकारी दिनुभयो । उहाँको शव जिल्ला अस्पताल पाँचथरको शवगृहमा पोष्टमार्टमका लागि पठाउनुका साथै  प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।