All Posts By कोशी प्रेस

    Showing ८,४०१-८,४१० of १३,७४३ items.
  • बिदुर लिङ्थेप एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्ति

    बिराटनगर / संखुवासभाबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य बिदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्ति हुनुभएको छ । नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज उहाँलाई नियुक्त गर्नुभएको हो ।संचेतक लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादि नगरपालिकाको मेयर हुनुहुन्थ्यो । बिद्यार्थी राजनीतिबाट उहाँ सक्रिय राजनीतिमा आउनुभएको हो। प्रमुख संचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको संचेतकमा मुख्य मन्त्री कार्कीले उहाँलाई नियुक्त गर्नुभएको हो ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ३९९ पटक पढिएको
  • भोजपुरमा तरुण दलको कोशी भेला यहीँ मंसिर २९ र ३० गते हुदै , केन्द्रीय अध्यक्ष गुरुङले उद्घाटन गर्ने

    भोजपुर | नेपाल तरुण दल भोजपुरले मंसिर २९ र ३० गते कोशी प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ। यो भेला ट्याम्के मैयुम गाउँपालिकामा सम्पन्न हुने र यसमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको प्रमुख आतिथ्य रहने छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा तरुण दल भोजपुरले यस महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको हो।पत्रकार सम्मेलनमा तरुण दल भोजपुरका जिल्ला अध्यक्ष सरोज बस्नेतले यो भेला युवाका हकहित, बृत्ति विकास, रोजगारी, सम्मान, र सुरक्षाका सवालमा गहन बहस गर्नका लागि आयोजना गरिएको बताए। उनका अनुसार, कार्यक्रमले तरुण युवाहरुको आवाजलाई सशक्त बनाउन र तिनका आवश्यकतामा केन्द्रित नीतिगत पहललाई बलियो बना

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २९२ पटक पढिएको
  • सुनसरीका रेवती भण्डारी कोशीको आन्तरिक मामिला मन्त्री बन्दै

    विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एमालेका रेवतीरमण भण्डारीलाई नियुक्त गर्ने तयारी गरिएको छ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा भण्डारीलाई नियुक्त गर्न लागेका हुन् । कोशी प्रदेश सभामा नेकपा एमालेको  प्रमुख सचेतक रहेका भण्डारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्नंं लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट  प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारीको अहिले साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ। नेकपा एम

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ३४२ पटक पढिएको
  • मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

    मोरङ । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् ।यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २०३ पटक पढिएको
  • गढी गाउँपालिका ६ को अध्यक्षमा कांग्रेसका साहु विजयी

    सुनसरी / सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले ७ सय ९४ मत प्राप्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिताकुमारी उरावले ८७ गरेकी थिइन् ।वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवाद

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • २५० पटक पढिएको
  • इटहरीमा ३७ औं विश्व एड्स दिवस मनाइयो

    इटहरी / इटहरी उपमहानगरपालिकाले ३७ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ’एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७  औँ विश्व एड्स दिवसको अवसरमा इटहरी बजार परिक्रमा गरी कोणसभा समेत गरिएको थियो । इटहरी नगरपालिकाले एचआईभी संक्रमित परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गर्दै एड्स सम्बन्धी जनचेतना फैलाउने विशेष अभियान सञ्चालन गरेको छ । सामग्री वितरणमा चामल, दाल, तेल, नुन, साबुन, र अण्डा समावेश गरिएका थिए, जसले संक्रमित परिवारलाई राहत पुर्याएको छ । नगर प्रमुख हेमकर्ण पौडेल र अन्य स्थानीय प्रतिनिधिहरूको सक्रियतामा आयोजित यस कार्यक्

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • १८९ पटक पढिएको
  • `किसानको हकहित सुनिश्चित गर्न कानुन निर्माणको माग´: तेज बहादुर गुरुङ

    बराहक्षेत्र / प्रकाशपुर युवा जमातको पुर्ब अध्यक्ष , बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाका अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक तेजबहादुर गुरुङले किसानको हकहित सुनिश्चित गर्न कानुन निर्माणको माग गर्दै सामाजिक सञ्जालमा लेखेको पोस्ट अहिले भाइरल बनेको छ। उनले कृषकहरूको जीवनस्तर सुधार्न ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।गुरुङका अनुसार, केवल अनुदानमा सीमित रहेको कृषि सुधार कार्यक्रमले किसानको दीर्घकालीन समस्याको समाधान गर्न सक्दैन। “स्थलगत अनुगमनका क्रममा मैले महसुस गरेको कुरा के हो भने कृषकहरूको जीवनस्तर उकास्न  कानुनको खाँचो छ।  ऊनी भन्छन् म आर्थिक बिकाश समीती संयोजक भए

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ५५० पटक पढिएको
  • फिनिस शिक्षा मेला पहिलोपटक इटहरीमा: डिसेम्बर २ मा आयोजना हुने

    इटहरी /  IDB Global Itahari ले १ औं फिनिस शिक्षा मेला (युरोप शिक्षा मेला) आयोजना गर्ने घोषणा गरेको छ। यहीँ डिसेम्बर २, सोमबार, इटहरीको आइतबारेस्थित विश्व आदर्श कलेज नजिकैको कार्यालयमा हुनेछ ।यो ऐतिहासिक मेलाले विद्यार्थीहरूलाई फिनिस विश्वविद्यालयका प्रतिनिधिहरू र युरोपेली उद्योग विशेषज्ञहरूसँग प्रत्यक्ष सम्पर्क गराई फिनल्यान्ड, डेनमार्क, स्वीडेन, जर्मनी, पोल्याण्ड तथा अन्य प्रमुख युरोपेली देशहरूमा उच्च शिक्षा अवसरहरूको खोजी गर्न सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, सही अध्ययन कार्यक्रम र करियर पथ चयनमा युरोपेली विशेषज्ञहरूको मार्गदर्शन, आवेदन प

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ५७८ पटक पढिएको
  • सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू

    इटहरी । कोशी प्रदेशमा सवारी दुर्घटनामा वृद्धि भएपछि सुनसरी, मोरङ, र झापाका मुख्य राजमार्गहरूमा सवारी साधनको गति नियन्त्रण गर्न टाइम कार्ड प्रणाली लागू गरिएको छ। यो प्रणाली शनिबार मोरङको सुन्दरहरैँचास्थित गछिया चौकमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङको उपस्थितिमा औपचारिक रूपमा सुरू गरिएको हो। टाइम कार्ड प्रणालीले पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मका रुटमा चल्ने यात्रुवाहक सवारी साधनलाई तोकिएको समयभित्र यात्रा सम्पन्न गर्न बाध्य बनाउनेछ। तोकिएका समय सीमाअनुसार विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्म

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • २५३ पटक पढिएको
  • दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ । उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन ९१३२ केभीए क्षमता० मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सिरिजङ्घा –

    • प्रकाशित मितिः मंसिर १५, २०८१
    • ३६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]