बराहक्षेत्र / प्रकाशपुर युवा जमातको पुर्ब अध्यक्ष , बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाका अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक तेजबहादुर गुरुङले किसानको हकहित सुनिश्चित गर्न कानुन निर्माणको माग गर्दै सामाजिक सञ्जालमा लेखेको पोस्ट अहिले भाइरल बनेको छ। उनले कृषकहरूको जीवनस्तर सुधार्न ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

गुरुङका अनुसार, केवल अनुदानमा सीमित रहेको कृषि सुधार कार्यक्रमले किसानको दीर्घकालीन समस्याको समाधान गर्न सक्दैन। “स्थलगत अनुगमनका क्रममा मैले महसुस गरेको कुरा के हो भने कृषकहरूको जीवनस्तर उकास्न  कानुनको खाँचो छ। 

 ऊनी भन्छन् म आर्थिक बिकाश समीती संयोजक भएर पनी कृषि र कृषक को लागी सधैं स्थलगत अनुगमन अनी कृषक लाइ केही सामग्री हरु मात्र अनुदान दिएर कृषकको जीबन स्तर परीवर्तन गर्न सकिदैन भन्ने कुराको महशुस धेरै अगाडी भएको थियो ।

अब हामी सबैले बुज्नुपर्ने समय आएको छ। अब किसानको हकहीत हुने कानुन को निर्माण गर्नुपर्ने आजको महत्त्वपूर्ण आवस्यकता रहेको महशुस गर्दै निर्वाचीत भएपस्चात नै कुराहरु उठान गरीरहेको छु । तर भइरहेको छैन समय रहदानै सकेको गरौं केही समय दिएर अध्ययन गरी प्रतीक्रीया दिनु भनी सामाजिक संजालमा लगाएको छन् ।

IMG-20241201-WA0031

बराहक्षेत्र नगरपालीका भरीको कृषक ज्युहरुलाइ हाल यती गर्नसके धेरै राहत महशुस हुने थियो  भन्ने उहाँको बिचार पढ्नु होस ।

१) न्युनतम समर्थन मूल्यको निर्धारण ( सबसीडी सहीत ) 

२) स्थानीय सरकार बाट सन्चालीत खरीद बिक्री केन्द्र 

नवदुर्गा कृषि सहकारी सस्थाको बार्सीक साधारणसभामा प्रमुख  अथीतीको रुपमा सहभागी हुँदै गर्दा उनले यस्तो भनेका छन ।

 अबको दिनमा बराहक्षेत्र नगरपालीका भरी रहनुहुने कृषक ज्युहरुको हकहीतको लागी स्थानीय सरकारले  कृषक ज्युहरुले उत्पादन गरेँको  सामग्री हरुको न्युनतम समर्थन मूल्य निर्धारण गर्ने स्थानीय एन ( कार्यबिधी )  बनाएर निर्धारित मूल्य भन्दा बजार भाउ कम पर्न गए कृषक ज्युहरुलाइ उत्पादीत सामग्रीको आधरमा अनुदानको ब्यवस्थापन गर्नुपर्ने देखीन्छ हैन भने किसान ले प्रती केजी धान उत्पादन गर्न रु. १०  खर्च गर्ने बजारमा बिक्री गर्दा प्रतीकेजी रु. ८ , ९ रहेकोबेला पीडीत किसान अझै पीडीत  हुदैजाने अवस्था  वृद्धि हुँदै जाने खत्रा हामीमा देखीदै आएकोछ र स्थानीय कृषक ज्युहरुले उत्पादन गरेँको सामग्री हरु बिचौलीयाहरुले अधीकतम नाफा राखी खरीद बिक्री गर्ने र कृषकको उत्पादीत वस्तुहरु खरीद गरीसकेपछी खरीदकर्ताले समयमा रकम भुक्तानी नदीने फरारहुने समस्या वृद्धि हुँदै गैरहेकोले तत्कालै कृषकको सामग्री स्थानीय सरकार बाट नै खरीद बिक्री हुनेगरी खरीदबिक्री केन्द्रहरु स्थापना गर्नुपर्ने आजको आवस्यकता रहेकोछ मैले आफ्नो तर्फवाट नगरमा पटक पटक कुराहरु राखीरहेकोछु तथापी अब यो कुराको माग समस्त बराहक्षेत्र नगरपालीका भरी रहेका कृषक हरुको आशाको थलो कृषि सहकारीहरु मार्फत पनी माग  राख्नुपर्ने  समय आएकोछ ।