All Posts By कोशी प्रेस

    Showing ८,४५१-८,४६० of १३,७४३ items.
  • मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को तयारी शुरू, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

    इटहरी । एक लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ आयोजना गर्न लागेको मुन्दुम भ्रमण वर्ष २०२५ को तयारी शुरू भएको छ । आ–आफ्नो क्षेत्रमा रहेका पालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै तयारी तीव्र पारेको भोजपुरको टेम्केमैयुम गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो पुस १७ गते औपचारिक रूपमा शुरू हुने मुन्दुम ट्रेल भ्रमण वर्षका लागि विभिन्न महोत्सव आयोजना हुने गरी तयारी शुरू भएको छ । मैयुङ ट्याम्के साल्पासिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजकत्व र मुन्दुम ट्रेल भ्रमण वर्ष मूल व्यवस्थापन समितिको आयोजनामा बसेको बैठकले मुन्दुम ट्रेल

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • २०९ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्रीको घर अगाडि शंकास्पद वस्तु

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान गौरादह नगरपालिका ३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो । उनको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको छ । विराटनगरबाट मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए । बिहान घरमा आमालाई भेटेर उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले बताए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि प्रहरी टोली पुगेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • १६५ पटक पढिएको
  • अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र प्रहरी

    इटहरी । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका लागि सशस्त्रले नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको छ । मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट बिओपी तैनाथ रहेको सशस्त्र प्रहरी बल २ नं गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अपराध नियन्त्र

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • १९५ पटक पढिएको
  • असल चालचलन भएका दुई सय ८५ जना कैदीबन्दीलाई जेल बाहिर राख्न सिफारिश

    काठमाण्डौ । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले दुई सय ८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिश गरेको छ । महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारागार व्यवस्थापन विभागबाट फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ दफा ३८ अनुसार असल चालचलन भएका कैदीबन्दीलाई प्यारोलमा राख्न बोर्ड समक्ष प्रस्ताव पेश भएबमोजिम जेल बाहिर राख्न सिफारिश गरेको हो । महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार प्यारोल भनेको असल चालचलन भएका कैदीबन्दीलाई जेल बाहिर बस्न दिइने कानूनी व्यवस्था हो । ऐनअनुसार एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाई भन्दा बढी अ

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • २२८ पटक पढिएको
  • दर्ता बेगर चलेको उद्योगको उत्पादन जफत

    इटहरी। झापाको दमकमा रहेको बिस्कुट तथा पाउरोटी उद्योगमा दमक नगरपालिकाले सिल गरेको छ । त्यहाँ उत्पादन भएका बिस्कुटहरु जफत गरी नष्ट गर्दै सो उद्योग सिल गरेको हो ।  फोहोरमैला व्यवस्थापन गर्ने मेशिनबाट बिस्कुट नष्ट गरेको छ । दर्ता नगरी र मापदण्ड विपरीत दमक वडा ५ मा सञ्चालनमा आइरहेको उद्योग बन्द गराइएको दमक नगरपालिकाले जनाएको छ । कुनै पनि लेबल टाँस नगरी, उत्पादन र उपभोग्य मितिसमेत नहाली उत्पादन गरिरहेको सूचनाका आधारमा दमक नगरपालिकाको खाद्य शाखाको टोलीले अनुगमन गरेको थियो । उत्पादन गर्ने उद्योगको नाम तथा ठेगानादेखि लिएर केही पनि उल्लेख नभएको र उत्पादित बिस्कुटमा अखाद्य रङ मिसाएको पाइएकाले सबै जफ

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • २८४ पटक पढिएको
  • दलित बस्तीमा एक घर एक धारा

    इटहरी । ओखलढुङ्गा केउरिनी गाउँको दलित बस्तीमा एक घर एक धारा खानेपानी सुविधा पुगेको छ । सिद्धिचरण नगरपालिका–२ ठुलाछापको केउरिनी दलित बस्तीका २८ घर परिवारको प्रत्येक घरमा खानेपानी सुविधा पुगेको हो । घर घरमा खानेपानीको सुविधा पुगेपछि स्थानीय हर्षित भएका छन् । सिद्विचरण नगरपालिका, वडा कार्यालय, साहस नेपाल र स्वयंसेवी अभियान नेपालको करिब नौ लाख आर्थिक सहयोग र स्थानीयको जनश्रमदानमार्फत खानेपानी आयोजना सम्पन्न भएको वडा अध्यक्ष वसन्त कटवालले बताउनुभयो । धेरै वर्ष अघि देखि खानेपानीको समस्या झेल्दै आएका केउरिनीका नागरिकलाई घर घरमा पानीको धारा पुर्‍याइएको वडाध्यक्ष कटवालको भनाइ छ । खानेपानी आयोजनाको कोशी

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • १९४ पटक पढिएको
  • ताप्लेजुङको मिक्वाखोलामा मङ्सिर ९ र १० गते स्थानीय बिदा

    इटहरी। ताप्लेजुङको मिक्वाखोलाले मङ्सिर ९ र १० गते स्थानीय बिदा दिएको छ। गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव २०८१ को अवसरमा सो बिदा दिएको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साँवाको तेम्बामा शुक्रबारदेखि चार दिने अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव सुरु भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले सूचना जारी गर्दै उक्त ऐतिहासिक महोत्सवको अवसरमा आइतबार र सोमबार अर्थात् मङ्सिर ९ र १० गते दुई दिन स्थानीय बिदा दिएको उल्लेख गरिएको छ। बिदाको दिन गाउँपालिका कार्यालय र सबै वडा कार्यालयले प्रवाह गर्ने सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ।  २०४५ साल

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • १७७ पटक पढिएको
  • भोजपुरको अन्नपूर्णमा कादुरीको आयोजनामा स्वास्थ्य शिविर सुरु

    भोजपुर / भोजपुरको अन्नपूर्णमा कादुरी एशोसिएसन व्रिटिस गोर्खा नेपालको आयोजनामा शुक्रबारबाट स्वास्थ्य शिविर सुरु भएको छ।टेम्केमैयुँ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस शिविरले टेम्केमैयुँ गाउँपालिका र छिमेकी पालिकाका नागरिकलाई लाभ पुर्‍याउनेछ।शिविरमा दाँत, कान, स्त्रीरोग, तथा अन्य स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रम संयोजक क्याप्टेन राजन राईले जानकारी दिएका छन्।शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्यकर्मी र कादुरीका अधिकारीहरूलाई स्वागत गर्दै गरेका थिए। चार दिनसम्म सञ्चालन हुने यस शिविरमा झन्डै दुई हज

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • ५४४ पटक पढिएको
  • विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं : प्रधानमन्त्री

    काठमाडौं / प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताएका छन् । एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउदै देशको अधोग

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • २५५ पटक पढिएको
  • काठमाण्डौमा एमालेको र्‍याली सुरू, यस्तो छ तयारी

    काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज दरबारमार्गमा हुने जागरणसभाका लागि र्‍याली सुरू भएको छ ।जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्‍याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । उपत्यकाको ३ जिल्

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • २१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]