भोजपुर / भोजपुरको अन्नपूर्णमा कादुरी एशोसिएसन व्रिटिस गोर्खा नेपालको आयोजनामा शुक्रबारबाट स्वास्थ्य शिविर सुरु भएको छ।
टेम्केमैयुँ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस शिविरले टेम्केमैयुँ गाउँपालिका र छिमेकी पालिकाका नागरिकलाई लाभ पुर्याउनेछ।
शिविरमा दाँत, कान, स्त्रीरोग, तथा अन्य स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रम संयोजक क्याप्टेन राजन राईले जानकारी दिएका छन्।शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्यकर्मी र कादुरीका अधिकारीहरूलाई स्वागत गर्दै गरेका थिए। चार दिनसम्म सञ्चालन हुने यस शिविरमा झन्डै दुई हजार नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस प्रकारको शिविरले स्थानीय समुदायलाई ठूलो लाभ पुर्याउने विश्वास लिइएको छ।



