All Posts By कोशी प्रेस

    Showing ८,४८१-८,४९० of १३,७४३ items.
  • सात वर्षपछि मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्डमा कालोपत्र सुरु

    इटहरी । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन ।  प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएसँगै कालोपत्रको काम सुरु गरिएको हो ।  सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दीपेश खतिवडाले मङ्सिरभित्र छ किलोमिटर सबवेस

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १२९ पटक पढिएको
  • पथरी शनिश्चरे नगरद्वारा विपन्नको घर निर्माण तिव्र

    मोरङ । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा स्थायी बसोबास रहेका विपन्न नागरिकहरुको घर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको छ । जस अन्तर्गत वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको नगरका सव–इन्जिनियर रन्जित राजवंशीले जानकारी दिनुभयो । यसैगरी वडा नं. ७ को लिलामाया आङ्देम्वे, इन्द्रबहादुर लिम्बु, महेन्द्रप्रसाद दाहाल, वडा नं. ४ को देवीमाया लिम्बु, मनकुमार श्रेष्ठ र वडा नं. ३ को धनबहादुर लिम्बुको घर निर्माण कार्य सुरुवात गरिएको छ । यसैगरी नगरका अन्य विपन्नहरुको घर निर्माण कार्य क्रमागत रुपमा लगिने प्रवक्ता नविन कार्कील

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १२९ पटक पढिएको
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले संचालन गरेको तालिमले देश विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको छ : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले संचालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताउनु भएको छ।  परिषदको  पुनसंरचना  सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा सोमबार  विराटनगरमा आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पुनसंचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले परिषदले आवश्यक्तालाई ध्यानमा राखी आफ्ना कार्यक्रमलाई विविधिकरण गर्नु पर्ने सुझाव दिनु भयो ।  मुख्यमन्त्री कार्कीले तीन तहको सरकारबीचमा समन्वय हुने गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोही

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • ३२८ पटक पढिएको
  • नेपाल मानव अधिकार संगठन मोरङको नयाँ कार्यसमिति गठन

    विराटचोक: नेपाल मानव अधिकार संगठन मोरङको नयाँ कार्यसमिति गठन भएको छ। सोमबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा रहेको सार्वजनिक पुस्तकालयमा आयोजित भेलाले विदुर सुवेदीलाई जिल्ला सभापतिमा चयन गरेको हो। लामो समयदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील सुवेदी सुकुना क्याम्पसका सह-प्राध्यापक हुन् ।नवगठित कार्यसमितिमा उपसभापतिमा शुनिल दत्त अधिकारी, सचिवमा पराग ढुंगाना, सहसचिवमा राजेश कार्की र कोषाध्यक्षमा उर्मिला शर्मा रिजाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कृष्णचन्द्र सुवेदी, लोकप्रकाश भट्टराई (जीवन), कुमार खुलाल बस्नेत, गोविन्द बस्नेत, विनोद फुयाल र योगेन्द्र काफ्ले रहेका छन्।प्रमुख अतिथि म

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • २३४ पटक पढिएको
  • कोशी प्रदेशमा १५ दिनभित्र ‘टाइम कार्ड’ लागू गरिने

    इटहरी / कोशी प्रदेशमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘टाइम कार्ड’ लागू गरिने भएको छ। सोमबार इटहरी उपमहानगरपालिकामा आयोजित बैठकमा यो निर्णय लिइएको हो। बैठकमा मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख एसपी सुमन तिम्सिना, ट्राफिक प्रहरी कोशी प्रदेशका एसपी विनोद घिमिरे र अन्य सरोकारवालाहरूको उपस्थिति थियो।इटहरीका मेयर पौडेलले १५ दिनभित्र ‘टाइम कार्ड’ लागू गर्ने तयारी भएको र यसले सवारी साधनको गति नियन्त्रण गरेर दुर्घटनाको सम्भावना घटाउने विश्वास व्यक्त गरे। उनले अतिक्रमित सडक र पैदलयात्रुका लागि पेटी क्लियर गर्ने निर्णय पनि बैठकले गरेको बताए।आइतबा

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • २५१ पटक पढिएको
  • ‘अग्निदहन’ बोक्सी प्रथाविरुद्ध समाज परिवर्तनको आवाज

    काठमाडौं। ‘अग्निदहन’ चलचित्रका कलाकार र निर्माताहरूले समाजमा अझै गहिरो रूपमा जरा गाडेको ‘बोक्सी’ प्रथाको अन्त्य गर्न चलचित्रले भूमिका खेल्ने दाबी गरेका छन्। चलचित्रका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायका अनुसार यो चलचित्रले ‘बोक्सी’का नाममा महिलामाथि हुने हिंसा र अत्याचारविरुद्ध सचेतना जगाउने उद्देश्य लिएको छ।समाजमा ‘बोक्सी’को भ्रमविरुद्ध अभियानचलचित्रका परिकल्पनाकार उपाध्यायले भने, “हाम्रो समाजमा ‘बोक्सी’ हुने भ्रम अझै छ, जसले महिला हिंसा बढाएको छ। चलचित्रमार्फत ‘बोक्सी’ हुँदैन भन्ने सन्देश फैलाउने प्रयास गरेका हौँ।” अभिनेत्री प्रमिला तुलाचनले चलचित्रमा ‘माइली दमिनी’ नामकी महिला

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • ४१३ पटक पढिएको
  • दमननाथ ढुंगानाको निधनपछि आकस्मिक शोक बिदा, सरकारले किन ग¥यो हतार?

    पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेपछि यस निर्णयले विभिन्न खालका प्रतिक्रिया र प्रश्नहरू उत्पन्न गराएको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठक बिहान ९ बजे बसेर बिदा दिने निर्णय गरे पनि सूचना ढिलो सार्वजनिक हुँदा धेरै मानिस अन्योलमा परेका थिए।अन्योलपूर्ण स्थितिसरकारी कार्यालयहरू प्रायः १० बजेबाट खुल्ने चलन छ। तर, धेरैजसो कर्मचारीहरू बिहान ९ बजेअघि नै कार्यालय प्रस्थान गरिसकेका थिए। कतिपय कार्यालयमा काम सुरु भइसकेको थियो भने केही कर्मचारी बाटोमै थिए। विद्यालयहरू बिहानैदेखि सञ्चालनमा आइसकेका कारण अधिकांश ठाउँमा कक्षाहरू जारी नै रह्यो। बैंक, वित्त

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • २५० पटक पढिएको
  • संखुवासभाको खाँदबारीबाट २ जना पक्राउ

    संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको इटहरी उपहानगरपालिका–४ घर भइ खाँदबारी नगरपालिका–१ मा डेरा गरेर बस्ने २३ वर्षीय विष्णु शर्मा र खाँदबारी–८ का ३८ वर्षीय भक्स भनिने नारायण रसाइली रहेका छन् । संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित शर्मालाई कात्तिक २९ गते दिउँसो खाँदबारी–८ बिदाई चौताराबाट पक्राउ गरिएको हो ।शर्माको साथबाट १.२ ग्राम खैरो हेरोइन बरामद भएको बस्नेतले बताए । उनकै बयानका आधारमा लागुऔषधको कारोबारमा संलग्न रसाइलीलाई खाँदबारी–८ डाँडा गाउँबाट कात्तिक ३० गते पक्राउ गरिएक

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • २०५ पटक पढिएको
  • माओवादी पदाधिकारी बैठक स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठक स्थगन गरिएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी निर्धारित बैठक स्थगन गरिएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण बैठक स्थगन गरिएको उनले बताए । उक्त बैठक मंगलबार अपराह्न ४ बजे बस्ने तय गरिएको उनले जानकारी दिए । स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ । केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • २२७ पटक पढिएको
  • सहकारी ठगिमा संलग्न लाई कडा कानुनी कारबाही गर्नुपर्छ ः एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा

    इटहरी – सहकारी क्षेत्रमा देखिएको ठगी प्रवृत्तिप्रति चासो व्यक्त गर्दै नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व महासचिव घनश्याम खतिवडाले सहकारी ठगी काण्डमा मुछिएका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।मोरङको दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभामा बोल्दै अध्यक्ष खतिवडाले सहकारी क्षेत्रलाई कमजोर बनाउन खोज्ने प्रवृत्तिको अन्त्य गर्न कानुनी प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो। उहाँले भन्नुभयो, "सहकारी ठगहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिनुहुँदैन। सहकारी जस्तो संवेदनशील क्षेत्रको बदनाम गर्नेलाई तुरुन्

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • २७५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]