सुनसरी / सुनसरीको इनरुवामा गरिब तथा अति विपन्न परिवारलाई निःशुल्क आवास निर्माण सुरु भएको छ । महिला विकास उत्सुकता मञ्च (फरवार्ड)ले सुची फाउन्डेसनको अनुदान सहयोगमा इनरुवामा ३० वटा घर निर्माण गर्ने भएको हो । नेकपा एमालेका नेता तथा इटहरी ३ का सांसद भगबती चौधरीले उक्त भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् । उक्त कार्यको शिलान्यास कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका चौधरीले प्रत्येक वडामा सुकुम्वासी र विपन्न परिवारका परिवारलाई वासस्थानको व्यवस्था गर्ने सरकारको तयारी रहेको बताए । सरकारले जनता आवास कार्यक्रम जस्ता कार्यक्रमहरू ल्याएर गरिब तथा विपन्न परिवारलाई आवास निर्माण गर्दै आ
इटहरी । उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा यही मंसिर ७, ८ र ९ गते प्रतियोगिता संचालन हुने बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको छ । चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोगमा बेल्टार ब्याडमिन्टन क्लबले प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष महाप्रसाद राईले प्रतियोगितामा कोशी प्रदेशका चौध जिल्लाबाट खेलाडीहरु सहभागी हुने बताउनुभयो । अध्यक्ष राईले बेल्टार ब्याडमिन्टन क्लबले यस अघि नगर स्तरीय, जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न
इटहरी । ‘विमल कृति पुरस्कार–२०८०’ को पुरस्कार ईलामका श्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिने भएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले विहिबार पत्रकार सम्मेलनको आयोजना गरि सो बारे जानकारी दिएको हो । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले यही कार्तिक २४ गते हुने ३३ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा रु.२ लाख रुपैया विमल कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो । कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकहरूबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएका मध्येबाट निर्णायक समितिको सिफारिस अ
इटहरी । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र सूदुरपश्चि प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय २ रनको झिनो योगफल बनायो । गण्डकीका कप्तान अर्जुन कुमालले ३५ रन बनाउँदा सिब्रिन श्रेष्ठले २५ रनको योगदान दिए । सूदुरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ८ दशमलव ५ बलमा ३ मेडन राख्दै १३ रन मात्र खर्
इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९ औ वार्षिक स्थापना दिवस सम्पन्न गरेको छ । मंगलबार इटहरी पाटी प्यालेसमा सस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा स्थापना दिवसको अवसर पारेर सस्था स्थापना भएको २९ वर्ष पार गरि राख्दा, सस्थाको बारेमा समिक्षा गरिएको हो । सुरुवातमा ३४ जना व्यक्तिबाट र रु १७ सयको पुँजीबाट प्रारम्भ भएको यो संस्था हाल सुनसरी जिल्लाका ७ ठाउँमा सेवा केन्द्रहरू सञ्चालन गर्दै २३ हजार ३ सय ६८ जना सेयर सदस्य सम्म विस्तार भएको छ । स
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्धुम पदमार्गलाई पर्यटनको आकर्षक ’भर्जिन’ गन्तव्य बनाउन अनुगमन पदयात्रा सम्पन्न गरेको छ । टेम्केमैयुङ गाउँपालिकाले पर्यटन पत्रकार, जनप्रतिनिधि, कर्मचारी, र अन्य व्यक्तित्वहरू सहितको ३५ जनाको टोली सहित कात्तिक ४ गते चखेवाबाट यात्रा प्रारम्भ गरेको थियो, जसको समापन कात्तिक ९ गते भएको हो । ६ दिनको यो यात्रामा सहभागीहरूले ४ हजार १ सय ५४ मिटर उचाइको साल्पा सिलिचुङ चुचुरोमा पुग्न सफल भए । गाउँपालिकाले “कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार“ भन्ने नाराका साथ पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार, अन
इटहरी । मोरङको पथरीमा वीरेन्द्रनगर आइतबारे युवाहरूले मौलिक देउसी भैलो प्रतियोगिता आयोजना गरेका छन् । म्ांगलबार पथरी शनिश्चरे वडा नं ३ को जनता माध्यमिक विद्यालयको प्राङ्गणमा लोप हुँदै गएको नेपाली हिन्दूहरूको मौलिक देउसी र भैलो नृत्यको संरक्षण तथा सम्बर्धनका लागि प्रतियोगिता आयोजना गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता र वीरेन्द्रनगर आइतबारे युवाहरूका अगुवा केदार बोहराको अध्यक्षतामा प्रतियोगिता भएको थियो । विभिन्न देउसी भैली समूहहरूले दिपप्रज्वलन ,सयपत्रीको माला, थालभरि सेल, बाँसुरी र मादलको ताल सँगसँगै छमछमी नाच्दै
इटहरी । चौबिसे गाउँपालिकामा गत बर्ष देखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण हाम्रो राजारानी पुरुष भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउने कार्तिक २७ गतेबाट शुरु हुनेभएको छ । आयोजक संस्था हाम्रो राजारानी भेट्रान राजारानी धनकुटाले पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको हो । स्वर्गीय ज्ञानबहादुर र बुद्धिमायाँ लिम्बूको स्मृतिमा सञ्चालन हुने प्रतियोगितामा नेपाल भारत र यू.के.स्थित भेट्रान फुटबल क्लव सहित टिमको सहभागीता रहनेछ । चौबिसे गाउँपालिकाको संरक्षण तथा गोरखा ब्रुअरीको मुख्य प्रायोजनमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा ३२ लाख बराबरको अनुमानित खर्च हुने आयोजकको अनुमान छ । खेल
पथरिशनिश्चरे, / मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो सेमिफाइनलमा उर्लाबारी भेट्रान्सले विराट भेट्रान्स विराट चोकलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।उर्लाबारी भेट्रान्सले विराट भेट्रान्सलाई १ का विरुद्ध ४ गोल गर्दै फाइनलको यात्रा तय गरेको हो।खेल सुभारम्भ भएको २ मिनेटमै उर्लाबारी भेट्रान्सका खेम पोखरेलले आफ्नो टिमका लागि १ गोल गर्दै खाता खोले भने उनैले २६ औँ मिनेटमा अर्को गोल थाप्दै आफ्नो टिमलाई २-० गोलको अन्तरमा अग्रता दिलाए। उता, दुई मिनेटमा नबित्तिकै विपक्षी टिम- विराट भेट्रान्सका सुरज प्रधानले विपक्षी गोलकि
इटहरी । प्रदेश सरकारले धनकुटाबाट सञ्चालन गरेका सेवा कार्यालयबाट प्रभावकारी काम नभएको सरोकारवालाहरुले बताएका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा प्रदेश सरकारको सार्वजनिक सेवा प्रवाहमा बहुसरोकारवालाको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले धनकुटाबाट सञ्चालित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय काम बिहीन भएको, प्रदेश सरकार अन्र्तरगतका शिक्षा र स्वास्थ्य निर्देशनालयको अधिकार दिनहुँ कटौती भइरहेको, कृषि तथा पशु सेवा कार्यालयमा अनुदान बाहेकका कार्यक्रम नभएको गुनासो गरेका हुन् । प्रदेश सरकारले धनकुटेलीको आँखामा छारो हाल्ने भन्दा पनि कार्यालयका कामलाई प्रभावकारी बनाउन सहभागीले माग गर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.