इटहरी । उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा यही मंसिर ७, ८ र ९ गते प्रतियोगिता संचालन हुने बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको छ । चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोगमा बेल्टार ब्याडमिन्टन क्लबले प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष महाप्रसाद राईले प्रतियोगितामा कोशी प्रदेशका चौध जिल्लाबाट खेलाडीहरु सहभागी हुने बताउनुभयो ।   अध्यक्ष राईले बेल्टार ब्याडमिन्टन क्लबले यस अघि नगर स्तरीय, जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरिसकेको बताउदै अब प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।