All Posts By कोशी प्रेस

    Showing ८,८३१-८,८४० of १३,७४३ items.
  • इटहरीमा इस्कोन इटहरीले कृष्ण जन्माष्टमी मनाउने

    इटहरी / इटहरीमा इस्कोन इटहरीले यहीँ भदौ ८ ,९ र १० गते कृष्ण जन्माष्टमी मनाउने भएको छ ।इस्कोनको भवनमा पत्रकार सम्मेलन आयोजना गरि विगत वर्षमा झै यस बर्ष पनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन ईटहरीद्धारा यहि भाद्र ८, ९ र १० गते हुने वैदिक ग्रन्थ प्रदर्शनी तथा भाद्र १० गते श्रीकृष्ण जन्माष्टमी महा महोत्सवको आयोजना गरिएको  भएको हो ।१५ हजार भक्तजनको उपस्थीतीमा श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रमको कृष्ण कथा, किर्तन, आरती, दिप अर्पन, भगवान् स्नान कार्यक्रम हुने भएको हो । साथै इटहरीका विभिन्न कलेज तथा विद्यालयका लगभग ३ हजार विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उपस्थीतीमा हुने ग्रन्थ तथा चित्

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ७४२ पटक पढिएको
  • राष्ट्रिय भलिवल खेलाडी संखुवासभाको सुमित्रा रेग्मी गृहनगरमा सम्मानित

    संखुवासभा / भलिबल खेलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संखुवासभाकी खेलाडी सुमित्रा रेग्मीलाई नवयुथ क्लव चैनपुरले सम्मान गरेको  छ। आज एक कार्यक्रमको आयोजना गरि क्लवले रु १० हजार नगद र सम्मानपत्रद्वारा उनलाई सम्मान गरेको हाम्रा सहकर्मी मोहन कुमार राईले जानकारी दिनुभयो । यसैगरि खेल कौशलको उत्कृष्ट प्रदर्शन गर्दै जिल्लालाई चिनाएको भन्दै चैनपुर नगरपालिकाले पनि उनलाई रु ६५ हजार नगद सहित सम्मान गरेको छ । चैनपुर स्थीत समाजसेवा युवा क्लव र आदिबासिी जनजाति महासंघ चैनपुर नगर कार्यसमितिले पनि उनले खेल क्षेत्रमा उनले देखाएको प्रदर्शनको उच्च मिल्यांकन गर्दै सम्मानित गरेको छ । अन्तराष्ट्रिय खेल

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • ४७२ पटक पढिएको
  • नोबेल अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

    विराटनगर / विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालको शौचालयमा बुधबार सालनालसहितको नवजात शिशुलाई मृत फेला पारिएको छ ।अस्पतालको प्रसूति वार्डको शौचालयभित्र शिशु मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार अवैध शारीरिक सम्पर्कबाट गर्भवती भएकी महिलाले शिशु (छोरा) जन्माएर अस्पतालको शौचालयमा फालेको हुनसक्छ ।शिशु कसले जन्माएर फालेको हो भन्ने अहिलेसम्म यकिन भइनसकेको बस्नेत बताउँछन् । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • २२५ पटक पढिएको
  • टहरामा सुत्न नदिएपछि फरुवाले हानेर हत्या, टाउको र शरीर छुट्टिएको अवस्थामा भेटियो शव

    इटहरी / सुनसरीको गढीमा हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।दुईदिनअघि (भदौ ३)मा सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ थलाहामा स्थानीय ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको थियो । टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नको खोजी गरिएको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार ३० वर्षीय चन्द्र ऋषिदेवलाई पक्राउ गरिएको हो ।उनले कोदालो (फरुवा)ले पटकपटक प्रहार गरी टाउको छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • २२३ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचामा टिपरले दियो कारलाई ठक्कर

     मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ पचाम बुधबार बिहान  टिपरले कारलाई ठक्कर दिएको छ । घिनाघाट सडक खण्ड अन्र्तगत बिराटनगर बाट बिराटचौक तर्फ जादैँ गरेको प्रदेश १-०१-००२ प ७८४ नम्बरको कारलाई सोही दिशा तर्फ जादैँ गरेको मधेश प्रदेश-०३-००१ ख ८५४७ नम्बरको टिपरले पछाडी बाट ठक्कर दिदाँ कारको बायाँ भागमा क्षति भएको हरैंचा ईलाका प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा मानवीय क्षति नभएको र टिर चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अत्याधिक रुपमा टिपरका कारण दुर्घटना हुने गरेको छ ।

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • २६२ पटक पढिएको
  • संखुवासभाको खाँदबारीमा आज सार्वजनिक विदा

    संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाले हिलेजात्राको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।जिल्लाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाले मंगलबार सूचना जारी गर्दै आज बुधबार  नेवार समुदायको महत्वपूर्ण चाडपर्व हिले/रोपाई जात्राको अवसरमा मौलिक अमूर्त पर्वहरुको संरक्षण गर्न सार्वजनिक विदा दिएको हो।विगतका बर्षहरु झै यसबर्ष पनि हिले/रोपाई जात्राका अवसरमा बुधबार १ दिन विदा दिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जनाएका छन् ।खाँदबारी नगरपालिकाको नगर कार्यपालिकाको बैठकले खाँदबारी नगरपालिका मातहतका कार्यालय, सम्पूर्ण विद्यालय तथा संघसस्थाहरुलाई सार्वजनिक विदा दिने निर्णय

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • २७६ पटक पढिएको
  • कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा सामाजिक सचिवलाई बिदाइ तथा धन्यवाद व्यक्त

    विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट सरूवा हुनुभएका सचिव लक्ष्मीप्रसाद भट्टाराईलाई बिदाइ तथा धन्यवाद व्यक्त गरेको छ । आज बोर्डले मन्त्रालयमा ‘ फेरि भेटौला ‘ कार्यक्रम गर्दै सचिव भट्टराईलाई बिदाइ तथा धन्यवाद व्यक्त गरेको हो ।कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयमा सरूवा भएको हो ।‘फेरि भेटौला ‘ कार्यक्रममा खेलकुद विकास बोेर्डका सदस्य सचिव  पर्शुराम  बस्नेत , प्राविधिक विभाग प्रमुख सोभितराज प्रसाईँलगायत बोर्डका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा सदस्य सचिव बस्नेतले सचिव भट्टरा

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • ५४८ पटक पढिएको
  • कोशीमा भागबन्डा मिलाउन २ वटा मन्त्रालय थप्ने तयारी

    विराटनगर / कोशी प्रदेशमा मन्त्रालय फुटाएर ११ वटा बनाउने तयारी भएको छ ।नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष तहमा भएको सहमति अनुसार कोशीमा ९ वटा मन्त्रालयबाट थपेर ११ वटा बनाउने तयारी भएको दुबै दलका नेताहरुले बताएका छन् ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर शहरी विकास मन्त्रालय बनाउने तयारी छ । उद्योग कृषि र सहकारी मन्त्रालयबाट फुटाएर उद्योग मन्त्रालय बनाउने तयारी छ ।दुई दलका बीचमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन अलग गर्नेबारे पनि छलफल भएको छलफलमा सहभागी नेता निकट स्रोतको भनाइ छ ।कोशीमा सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेस आन्तरिक भागवण्डा नमिलेका कारण सरकारमा

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • २६३ पटक पढिएको
  • सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कार्यालय परिसरमै कुटपिट

    संखुवासभा / सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि कुटपिट भएको छ ।पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज बैध ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए ।शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए । जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोपित छ ।घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो ।जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • १८९ पटक पढिएको
  • पौराणिक सुर्यकुण्डको संरक्षणमा बराह नगरपालिका

    बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित पौराणिक महत्व बोकेको पर्यकीय स्थल सुर्यकुण्ड क्षेत्रमा सरसफाई गरिएको छ ।सुर्यकुण्ड क्षेत्रको प्रर्वद्वन,प्रचारप्रसार तथा कुण्डको संरक्षण गर्ने उदेश्यले नगरपालिकाले सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।प्राचीन महत्व बोकेको उक्त सुर्यकुण्ड क्षेत्र ऐतिहासिक,पुरातात्वबिक,पौराणिक तथा प्राकृतिक क्षेत्रको रुपमा प्रसिद्ध रहेको छ । सुर्यकुण्डमा रहेको आदि वराह मन्दिर क्षेत्र , सुर्यकुण्ड स्थलमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।सुर्यकुण्ड क्षेत्रको बिकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र संघिय सरकारसंगको सहयोगमा काम गरिरहेको र

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ४०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]