विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट सरूवा हुनुभएका सचिव लक्ष्मीप्रसाद भट्टाराईलाई बिदाइ तथा धन्यवाद व्यक्त गरेको छ । आज बोर्डले मन्त्रालयमा ‘ फेरि भेटौला ‘ कार्यक्रम गर्दै सचिव भट्टराईलाई बिदाइ तथा धन्यवाद व्यक्त गरेको हो ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयमा सरूवा भएको हो ।
‘फेरि भेटौला ‘ कार्यक्रममा खेलकुद विकास बोेर्डका सदस्य सचिव पर्शुराम बस्नेत , प्राविधिक विभाग प्रमुख सोभितराज प्रसाईँलगायत बोर्डका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सदस्य सचिव बस्नेतले सचिव भट्टराईले आफ्नो कार्यकालमा बोर्डका गतिविधिहरूमा पुर्याउनु भएको सहयोगको स्मरण गर्दै भट्टराईलाई धन्यवाद तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्नु भएको बोर्डका कम्प्युटर अपरेटर अशोक दाहालले जानकारी दिनु भयो ।