संखुवासभा / भलिबल खेलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संखुवासभाकी खेलाडी सुमित्रा रेग्मीलाई नवयुथ क्लव चैनपुरले सम्मान गरेको  छ। 

आज एक कार्यक्रमको आयोजना गरि क्लवले रु १० हजार नगद र सम्मानपत्रद्वारा उनलाई सम्मान गरेको हाम्रा सहकर्मी मोहन कुमार राईले जानकारी दिनुभयो । यसैगरि खेल कौशलको उत्कृष्ट प्रदर्शन गर्दै जिल्लालाई चिनाएको भन्दै चैनपुर नगरपालिकाले पनि उनलाई रु ६५ हजार नगद सहित सम्मान गरेको छ । 

चैनपुर स्थीत समाजसेवा युवा क्लव र आदिबासिी जनजाति महासंघ चैनपुर नगर कार्यसमितिले पनि उनले खेल क्षेत्रमा उनले देखाएको प्रदर्शनको उच्च मिल्यांकन गर्दै सम्मानित गरेको छ । अन्तराष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी सुमित्रा रेग्मिले यो सम्मानले आफुलाई थप हौसला मिलेको धारणा राख्नुभएको हाम्रा सहकर्मी पदम अधिकारीले जानकारी दिनुभयो । 

सम्मान कार्यक्रमका प्रमुख अतिथी नेपाल भलिवल संघका केन्द्रिय सदस्य प्रवीण श्रेष्ठले सुमित्रा रेग्मीले संखुवासभालाई मात्र नभएर सिंगो राष्ट्रलाई नै चिनाउन सक्ने क्षमता बोकेको प्रतिभा उनिभित्र रहेको धारणा राख्दै यस किसिमको सम्मानले खेल क्षेत्रको बिकासका साथै खेलक्षेत्रमा लाग्ने खेलाडीहरुमा समेत हौसला बढ्ने बताउनु भएको थियो ।