इटहरी / नेपाल भ्यालुयर्स एसोसिएसनको कोशी प्रदेश समितिको अध्यक्षमा सर्वसम्मतले पुन आमोदराज आचार्य चयन हुनुभएको छ । नेपाल भ्यालुयर्स एसोसिएशनका केन्द्रिय अध्यक्ष ऋषि कोइरालाको प्रमुख आतिथ्यता तथा नेपाल भ्यालुयर्स एसोसिएसनको कोशी प्रदेश समितिका अध्यक्ष आमोदराज आचार्यको अध्यक्षतामा दोस्रो अधिवेशन आयोजना गरी नयाँ कार्य समिति गठन गरिएको हो । जसमा अध्यक्ष आमोदराज आचार्य , प्रथम उपाध्यक्ष सचिन बराल, द्वितिय उपाध्यक्ष सुरेश कुमार श्रेष्ठ , सचिवमा सुमन तिम्सिना , सहसचिवमा भविन खड्का , कोषाध्यक्ष विमल प्रसाद शाक्य सर्वसम्मतले चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा किसन अधिकारी , माधव सुवेदी , व
काठमाडौं / सरकारले प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिला देवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको छ।सोमवार केपी शर्मा ओली नेतृत्वको सरकारको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव, निमित्त मुख्य सचिव लिला देवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरे संगै गडतौला नेपाल सरकारको पहिलो महिला मुख्य सचिव हुनुभएको छ ।
काठमाडौं / खोटाङका गणेश राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय सदस्यका रुपमा काम गर्ने जिम्मेवारी दिएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा गणेशको तस्बिर राख्दै यस्तो लेखेका छन्–सिंहदरबारमा मसँगै काम गर्ने गणेश !!खोटाङ काउलेका गणेश राईलाई मैले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा भेटेको थिएँ । दुवै हातको कुहिनोभन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो । त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर शुरू भयो । दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे । यसपटक प्रधानमन्त्री पदको सपथग्रहण गरेर सिंहदरबार जा
वराहक्षेत्र / सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित प्राचीन हरिद्बार चतराधाममा साँझ सन्ध्याकालिन महा आरती सम्पन भएको छ । महा आरतीको मङलवार श्रावण १ गतेबाट औपचारिक रुपमा सुभारम्भ गरिएको थियो ।वराहक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने उदेश्यले चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा सन्ध्या कालिन महा आरतीको शुभारम्भ गरिएको हो ।वराहक्षेत्र नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको उक्त सन्ध्याकालिन आरती श्रावण महिनाभर हप्तामा दुई पटक शनिवार र आइतवार साझको ६ बजेबाट आयोजना गरिनेछ । श्रावण महिना पछि थप व्यवस्थितसंगै मिति परिमारज
धनकुटा । पुर्वकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा स्काइ वाक सञ्चालनमा आएको छ । नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास सहित वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काई वाक सञ्चालनमा ल्याएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारलाई साहसिक पर्यटनको हव बनाउन चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा ल्याइएको हो। एघार रोपनीमा रहेको स्काइ वाकको लम्बाइ ४१ मिटर, चौडाइ २ मिटर र १८ दशमलब ५ मिटर अग्लो टावर रहेको छ। स्काइ वाकले स्वदेशी तथा विदेशी पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि गर्ने र प्रदेश सरकारले मनाउने पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कील
इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा आयोजना हुने बोल बम मेला केन्द्रित र दुर्वासा घाट क्षेत्रलाइ सफा , सुन्दर बनाउने उदेश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको छ । सुन्दर, सफा वराहक्षेत्र तथा श्रावण महिनाको आइतवार र सोमवार आयोजना हुने बोल बमलाई सभ्य ,भब्य बनाउने उदेश्य राखेर सरसफाई कार्यक्रम गरिएको हो । नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा आयोजना भएको सरसफाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुबाल , इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक विकाश राई लगायत टोली, सशस्त्र प्रहरी वल वेस क्याम्प चतराका इन्चार्च सशस्त्र प्रहरी निरिक्ष
इटहरी । वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्की दैनिक रुपमा टोल टोलमा पुगेर स्थानियहरु संग स्थानिय समस्याको बिषयमा छलफल र निकासका लागि सक्रिय भएर लाग्ने गर्नुभएको छ । सोहि अनुसार शुक्रवार बिहान नगरपालिकाको प्रशासनिक केन्द्रसंग भौगोलिक रुपमा टाढा तथा धरान उप–महानगरपालिकासंग सिमा जोडिएको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित वगुवा टोलमा पुगेर नगर प्रमुख रमेश कार्कीले स्थानिय अगुवा व्यक्तित्वहरुसंग स्थानिय आवश्यकता तथा सरोकारका बिषयमा छलफल गर्नुभएको छ । नगर प्रमुख दैनिक रुपमा टोल टोलमा पुगेर स्थानियहरुसंग स्थानिय समस्याको बिषयमा छलफल र निकासका लागि सक्रिय भएर लाग्ने गर्नुभएको हो । वगुवा
सुनसरी / सुनसरीको झुम्कामा रहेको कोसी प्रदेशकै सबै भन्दा ठुलो कारागार झुम्का कारागार लाई निबर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय भगवती चौधरीको पहलमा जस्ता पाता सहयोग गरिएको छ । झुम्का कारागारमा आयोजित एक कार्यक्रमका बिच सुनसरी निर्वाचन क्षेत्र नं ३ कि संसद् समेत रहेकी चौधरीको पहलमा डेभलपमेन्ट सोसाइटीको सहयोग र दिनेश चौधरी स्मृति प्रतिष्ठानको सहकार्यमा १५ बन्डल जस्ता पाता सहयोग हस्तान्तरण गरिएको हो ।विगतमा कारागार निरीक्षणमा आउँदा कारागारमा कैदी बन्दी बस्ने ठाउको छाना चुहिने भएको, रात भरी आरी,बाल्टी थापेर रात कटाउनु परेको भन्दै कैदी बन्दी र कारागार प्रशासनले गुनासो गरेक
इटहरी । पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारको चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा आएको छ। भेडेटारलाई साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार शुक्रबारबाट टावर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्काई वाकको उद्घाटन गर्नुभएको हो । स्काइ वाकको उद्धाटन गर्दै मुख्यमन्त्री कार्कीले भेडेटारलाई पर्यटकीय हब बनाउन स्काइ वाकले सहयोग गर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकोले भेडेटारमा बनेको स्काइ वाकले त्यसलाई सहयोग पुग्ने बताउनु भयो । एघार रोपनीमा रहेको स्काइ वाकमा ५० मिटर लामो सिसामा हिड्न सकिन्छ । सिसामाथ
नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेशको दोस्रो अधिवेशन कोशी च्याप्टरका अध्यक्ष ई. आमोद आचार्यको सभापतित्वमा भएको भएको छ । साथै प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष वरिष्ठ ई. ऋषि कोइराला हुनुहुन्छ। इटहरी सोल्टी होटलमा शुक्रबार सुुरु भएको कार्यक्रम नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सचिव इन्जिनियर सुमन तिमिल्सिनाले सन्चालन गर्नुभएको छ । अधिवेशनमा इन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेश अध्यक्षजयनाथ यादव, मेची च्याप्टरका अध्यक्ष ई. रोसन सुबेदी कोशी प्रदेश सल्लाहकार लगायतको आतिथ्यतामा सुरु भएको कार्यक्रमले यसै अधिवेशन बाट नयाँ नेतृत्व चयन गर्ने नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सल्लाहकार ई. इ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.