सुन्दरहरैंचा / देवस्थान शिवालय किरातेश्वर मन्दिर व्यवस्थापन समितिले यस वर्षको श्रावण महिनामा विशेष धार्मिक कार्यक्रमको आयोजना गर्दैछ। माेरङकाे सुन्दरहरैँचा ६ मा अवस्थित यस मन्दिरमा साउन ७ गतेदेखि २८ गतेसम्म विभिन्न धार्मिक गतिविधिहरू हुनेछन्।कार्यक्रममा श्रावणमास अनुष्ठान, धार्मिक व्यक्तिको प्रवचन, भजन कीर्तन सत्सङ्ग र रुद्राभिषेक हुने बिहिवार मन्दिरमा पत्रकार सम्मेलन गरि जनाईएकाे छ ।पत्रकार सम्मेलनमा श्रीश्री १००८ स्वामी डा. यतिराज आचार्य शेषनारायण दिव्यधामका मठाधिश समेतकाे उपस्थिती रहेको थियो । उहाँले पुन्य भूमि यश क्षेत्रकाे पवित्र महिमाका बारेमा बताउदै सबैलाई अनुष्ठानमा आउन आग्रह सम
इटहरी : नेकपा एमाले इटहरी उपमहानगर कमिटीले बजेट पारित गराउन सहयोग गर्ने जनप्रतिनिधिको बिषयमा छानबिन गर्ने भएको छ । यथार्थ भन्दा बढी बजेट ल्याएको भन्दै आपत्ति जनाएको एमालेले बजेट पास भएपछि छानबिन गर्न लागेको हो ।मेयर हेमकर्ण पौडेलले ३ अर्ब ५७ करोड भन्दा बढेको बजेट ल्याएपछि विरोधमा उत्रिएको एमालेका जनप्रतिनिधिले असार मसान्तमा बजेट पास गर्न सहयोग गरेका थिए ।उपमेयर सङ्गीता चौधरी सहित केही जनप्रतिनिधिले मात्र विरोध जनाए पनि बजेट बहुमतले पारित भएको थियो । एमाले नगर कमिटीको संस्थागत निर्णय विपरीत जनप्रतिनिधिले भूमिका निर्वाह गरेपछि छानबिन गर्न लगिएको अध्यक्ष रुपेश बस्नेतले बताए ।अधिकार सम्पन्न समिति
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले मन्त्रीलाई समस्या सुनाउँदै बधाई दिएका छन् ।केही दिन काठमाडौं आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैजसो मन्त्रीलाई भेटेर आफ्ना गाउँपालिकाका जनताको समस्यासँगै त्यहाँको सम्भावनाको विषयमा मन्त्रीलाई जानकारी गराएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, शिक्षामन्त्री विद्या भट्टराईलाई पनि सिंहदरवारमा भेटेका छन् । बिहीबार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई भेट्न सिंहदरवारको कार्यकक्ष पुगेका अध्यक्ष लिम्बुले गाउँपालिकाका किसानले ८–९ मह
संखुवासभा / संखुवासभाको धर्मदेवी नगरपालिकाको नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित सदस्यहरुले बहुमतको आडमा प्रभावित गर्न खोजेको नगर प्रमुखले बताउनुभएको छ। नगर प्रमुख उदयचन्द्र पौडेलले बिज्ञप्ती जारी गर्दै यस्तो भन्नुभएको हो।नगर प्रमुख पौडेलले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहुमतको दम्भले बजेट रोक्न खोजेपनि आँफुले बजेट शुन्य हुन नदिएको बताउनुभएको छ । उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दम्भ त्याग्दै नगरको बिकासमा एकजुट हुन आग्रह समेत गर्नुभएको छ।नगर प्रमुख पौडेलद्वारा जारी बिज्ञप्तीमा संविधानको भावना र मर्म अनुसार स्थानीय सरकारले प्रत्येक वर्षको आषाढ १० गतेभित्र आगामी आर्
काठमाडौं : आषाढ शुक्ल एकादशीका दिन आज (बुधबार) नेपालीले घर-घरमा तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ।प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ। हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ। वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्स
विराटनगर : नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशमा केन्द्रकै अनुसार नेपाली कांग्रेससँग सत्ता सहकार्य हुने बताएका छन् ।पूर्वेलीप्रेससँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष खतिवडाले भर्खरमात्र केन्द्रमा सरकार बनेकाले प्रदेशका विषयमा केन्द्रीय नेताहरुको छलफल भइनसकेको बताए ।‘प्रदेशमा नयाँ सहकार्यभन्दा केही दायाँबायाँ हुँदैन । तर केही दिन लाग्छ,’ उनले भने, ‘केन्द्रको निर्देशन आएपछि त्यही अनुसार अघि बढ्छौँ ।’ केन्द्रबाट नेताहरुको निर्देशन आउनसाथ कोशीमा नयाँ कोर्स अनुसार राजनीति अघि बढ्ने उनको भनाइ छ ।खतिवडा माओवादीले विकसित राजनीतिक घटनाक्रमलाई समयमै बुझ्नुपर्ने बताउँछन् । यसको अर्थ
विराटनगर : प्रतिनिभिसभाको सार्वजनिक लेखा समितिमा परेका उजुरी अध्ययन गरी छानविन गर्न उपसमिति गठन भएको छ । लेखा समिति सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति गठन भएको हो ।उपसमितिमा योगेशकुमार भट्टराई, राजेन्द्रकुमार केसी, अमनलाल मोदी र मनिष झा सदस्य रहेका छन् ।पोखरेलका अनुसार समितिले प्राप्त उजुरी अध्ययन र छानबिन गरी निर्णयसहितको प्रस्ताव पेस गर्न उपसमिति गठन गरेको हो ।उनले समितिको वर्तमान कार्यकाल सुरू भएयता ६६ वटा विषयमा उजुरी परेका छन् । उजुरीमध्ये टेरामक्स प्रविधि, लुम्बिनी विकास कोष, एनसेल शेयर खरिद बिक्री र बीमा कम्पनीको प्रिमियम शेयर जारीलगायतका विषयमा भने छलफल भइसक
मोरङ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा आफ्नो कार्यभार ग्रहण गरेकै दिन सरकारको तर्फबाट गरेको पहिलो निर्णयले आम जनसमुदाय तथा खेलकुद क्षेत्रमा यो सरकारप्रति आशा र विश्वासको अत्यन्तै सकारात्मक सन्देश प्रवाह भएको नेपाल खेलकुद महासंघ अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव कृष्ण बस्नेत(पर्सुराम)ले बताउनुभएको छ । बाढीपहिरोका कारण ज्यान गुमाउनुभएकाहरूको परिवारलाई राहत एवं क्षतिपूर्तिको घोषणा गर्नुका साथसाथै ३०० दिनमा सम्पन्न हुनेगरि किर्तिपुरमा रहेको क्रिकेट रंगशालालाई फ्लड लाईट सहित अत्याधुनिक सुबिधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा स
इटहरी : इटहरी उपमहानगरपालिकाको बजेट पास भएपछि एमाले भित्र असन्तुष्टि र आन्तरिक समस्या बढ्दै गएको छ । केन्द्रीय सदस्यहरू जगदीश प्रसाद कुसियैत र तयब हुसैनको सक्रियतामा बजेट जस्ताको त्यस्तै पास गर्ने सहमति भएपछि स्थानीय नेताहरू रुष्ट भएका हुन् ।एमालेले सानो आकारको बजेट ल्याउन माग गरिरहेको बेला केन्द्रीय नेताहरूले जस्ताको त्यस्तै पास गर्न निर्देशन दिएपछि लफडा चुलिएको छ । एमाले भित्र आन्तरिक विवाद बढिरहेको बेला मेयर हेमकर्ण पौडेल भने आफ्नो मुद्दामा सफल भएका छन् ।३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेको इटहरी उपमहानगरपालिकाले ९६ करोड आन्तरिक आय प्रक्षेपण गरेको छ । असार १० गते वडा अध्यक्ष दिवस
विराटनगर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा दिपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । सङ्खुवासभाका खड्का अर्बपति हुन् ।खड्का दम्पतीको नाममा काठमाडौँको बुढानीलकण्ठ र संखुवासभामा घरजग्गा छन् । खड्काको जमिनमात्रै बुढानीलकण्ठ र चन्द्रागिरिमा २१ रोपनी दुई आना छ ।संखुवासभामा उनको ५६ रोपनी जग्गा छ । विभिन्न नौ कम्पनीमा खड्का र उनकी पत्नीका नाममा करोडौँको सेयर रहेको बताइएको छ ।संखुवासभाको धर्मदेवी नगरपालिका–८, निवामा २०२८ असार १५ गते जन्मिएका खड्का ऊर्जा क्षेत्रका लगानीकर्ता समेत हुन् । ०४२ सालमा संखुवासभाकै अमरुवा माध्यमिक विद्यालयमा पहिलोपट
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.