बिर्तामोड । नेकपा एमालेको भातृसङ्गठन अनेरास्ववियु कोशी प्रदेशले असार ५ र ६ गते झापाको बिर्तामोडमा प्रचार भेला गर्ने भएकोछ। काेशी प्रदेशका अनेरास्ववियु जिल्ला पदाधिकारीहरु, महानगर कमिटीका पदाधिकारीहरु,जिल्लाका प्रचार बिभाग प्रमुखहरु, स्ववियु अध्यक्ष, क्याम्पसका अध्यक्षहरु र पालिका कमिटीका अध्यक्षहरु सो भेलामा सहभागी हुँदैछन् । अनेरास्ववियु केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख अतिथ्यतामा हुने कार्यक्रममा प्रमुख बक्ता एमाले स्थायी कमिटी सदस्य एबम जन संगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल हुनेछन् । अन्य बक्तामा एमाले नेता विशाल भट्टराई,किशोर बिक्रम मल्ल , अनेरास्ववियु सचिब
भोजपुर \ अरुण गाउँपालिका–२ चम्पेले आव २०८०/०८१ को वार्षिक समिक्षा तथा टोल विकास सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । वडाले चालु आव तथा आगामी आवमा गर्ने टोलको विकास, परिवर्तन, आवश्यकता तथा स्थानीयहरूको सुझाव सल्लाह गर्नका लागी टोल विकास सुझाव संकलन कार्यक्रम र वडाको सार्वजनिक सुनुवाइको रुपमा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको वडा सदस्य देवी तामाङ राईले जानकारी दिनुभयो । वडाध्यक्ष इन्द्र बहादुर पुलामी मगरले टोल विकास समिति, राजनैतीक दल, स्थानीय वुद्धिजिवि, स्थानीय नागरीकहरुले टोलको विकासका लागी भएका कार्यक्रम, योजना, बजेट तथा नीति नियम निमार्ण तथा कार्यान्व्यनको अवस्थाको बारेमा गरे
सुनसरी / समुदाय संग सरकारी वकील कार्यालय सुनसरी कार्यक्रम अन्तर्गत कानुनि सचेतनाका बिषयमा परामर्श गराइएको छ । दुहबी नगरपालिका वडा नम्बर ८ मा सुनसरी सरकारी वकिल कार्यालयले समुदाय संग सरकारी वकील कार्यक्रम अन्तर्गत समुदायमा सचेतना सहित समुदायमा कानुनी जिज्ञासा समाधान गर्ने उद्देश्यले कानुनि सचेतनाका बिषयमा परामर्श कार्यक्रम गरिएको छ । दुहबी वडा नम्बर ८ का अभिभाक, विद्यार्थी लगाएतलाई हिंसा, अपराध, शाेसणा तथा लागुपर्दाथ प्रयोगकर्ताले भोग्नु पर्ने कानुनि प्रकृया का विषयमा जानकारी गराईएको थियो । सरकारी वकिलले काम कसरी गर्छ
इटहरी / नेकपा एमालेले इटहरीको ९ औं नगर अधिवेशन २०८१ असार ७, ८ र ९ गते इटहरीमा हुने भएको छ ।२०८१ असार २, ३ र ४ गते इटहरीमा हुने भनिएको नगर अधिवेशन तयारी पुरा नभएकोले असार ७, ८ र ९ गते लाइ सारिएकोइटहरी नगरकमिटि कार्यबाहक अध्यक्ष रूपेस बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार जेठ ३२ गते इटहरीका सबै वडाहरू र जनवर्गीय संगठन बाट प्रतिनिधि छनोट भइसकेका छन् । एमालेले २० सदस्य बराबर १ सदस्य रहने गरी प्रतिनिधि छनोट गर्दा सबै वडा बाट गरी नगर अधिवेशनमा १७० जना साखा कमिटी बाट १९ र आयोजक कमिटी बाट ७८ जना, जनवर्गीय संगठन बाट ६८ जना प्रतिनिधि आउने उप सचिव जितेन्द्र थापाले बताउनुभयो । नगर अधिवेशन
सुनसरी / सुनसरीको रामधुनीमा नगर स्थरिय कानुनी शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।न्यायमा पहुँच बढाइ कानुनी उपचार खोजौँ भन्ने नारालाई आत्मसात गर्दै सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ र ७ को बक्लौरी बजारमा एक दिने नगर स्थरिय कानुनी शिविर कार्यक्रम गरिएको छ । प्रगति जागरण मञ्च इनरूवा सुनसरीको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा शिविर गरिएको हो ।शिविरमा स्थानीय स्थरमा रहेका कानुनी रूपमा न्यायमा पहुँच पुर्याउन र कानुनको विषयमा समस्या परेकालाई स्थानीय क्षेत्रमा कानुनी समस्याको बारेमा समाधानको विषयमा परामर्श गराएइको थियोे । अदालत जान नसक्नेलाई नगरपालिकाको न्यायिक समितिले कानुनीको विष
सोलुखुम्बु / सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवागमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवागमन सहज बनेको हो ।चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै रु एक करोड २५ लाख रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रु २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माण
सुनसरी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ मा दुहबीमा लागुपदार्थ दुव्र्यशनी सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि इटहरीका अध्यक्ष बिकल पौडेलको अध्यक्षता तथा सुनसरी जिल्ला न्यायाधीबक्ता टेकनाथ अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो । दुहबी नगरपालिका ८ मा जिल्ला सरकारी वकील कार्यालय,इलाका प्रहरी कार्यालय दुहबी, दुहबी नगरपालिका वडा नम्बर ८, हेल्पिङ युथ सुनसरी , संगम टोल विकास संस्था, सिमल टोल विकास संस्था, सयपत्री टोल विकास सस्थाको सहकार्यमा लागुपदार्थ दुव्र्यशनी सम्बन्धि सचेतता मुलुक कार्यक्रम गरिएको छ । दु
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले वडामा सडक निर्माण सँगै पुल निर्माण कार्य तिव्र रुपमा अगाडी बढाएको छ ।वडा कार्यालयले ग्राबेल बाटो , पिच सडक निर्माण कार्यलाई तिव्र बनाएको हो । सोमबार वडाका वडा सदस्य दिलिप प्रसाद दाहाल र महिला वडा सदस्य निलम थापाको टोलीले वडाले दुई वर्षको अवधिमा गरेका विकास निर्माणका कार्यहरूको अनुगमन गरेका थिए । वडा कार्यलयले योजना बनाएर बाटो निर्माण गर्दै आएको छ । आवत जावत गर्न पुल र बाटो नहुदा निकै कष्ट खेप्नु परेको थियो भने अहिले बाटो सँगै पुल निर्माण भएपछि सुविधा भएको स्थानीय लक्ष्मी पौडेलले बताउनुभयो । वडाले गरेका विकास निर्माणका काममा खुस
इटहरी / इटहरी सुनसरी लियो क्लबको २०२४/२५ का लागि इटहरी-२ निवासी सजीवन राई निर्वाचित भएका छन् । शनिबार इटहरीमा सम्पन्न भएको ३६ औँ अधिवेशनबाट राई सर्वसमत निर्वाचित भएका हुन् | सानै उमेरदेखि तीक्ष्ण दिमाग भएका उनि पढाइमा मात्र होइन, खेलकुद तथा नृत्यमा पनि अब्ब छन् । उनले इटहरी सुनसरी लियो क्लबमा सात वर्ष देखि निरन्तर रुपमा खेलकुद संयोजक भई योगदान गरिरहेका थिए । अधिवेशनबाट प्रथम उपाध्यक्षमा आशिष प्रधान, द्वितीय उपाध्यक्षमा निशा भट्टराई, तृतीय उपाध्यक्षमा प्रज्वल दनुवार निर्वाचित भएको निवर्तमान अध्यक्ष राजकुमार साहले बताए । त्यस्तै सचिव, कोषाध्यक्ष तथा सदस्यहरु
धनकुटा / सगरमाथा सुनसरी यातायात प्रा.लि इटहरी २० तरहराको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभा सभाले नयाँ कार्यसमिति समेत गठन गरेको छ ।सुरक्षित व्यवस्थित मर्यादित अनुशासित र आरामदायी यात्रा हाम्रो प्रतीद्धता भन्ने नारालाई आत्मसात गर्दै धनकुटाको भेडेटार स्थित हिलटप होटलमा सगरमाथा सुनसरी यातायात प्रा.लि इटहरी २० तरहराको वार्षिक साधारणसभा तथा अधिवेशन गरिएको हो । संस्थाले पहिलो वार्षिकोत्सब साधारणसभा तथा अधिवेशन गरेको हो । सगरमाथा सुनसरी यातायात प्रा.लि सुनसरीका अध्यक्षमा विजय गुरूङ ,वरिष्ठ उपाध्यक्षमा शिव हरि पोखरेल , महासचिवमा दिलिप राई ,सचिवमा प्रकाश दाहाल (खत्री) ,कोषाध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.