बिर्तामोड । नेकपा एमालेको भातृसङ्गठन अनेरास्ववियु कोशी प्रदेशले असार ५ र ६ गते झापाको बिर्तामोडमा प्रचार भेला गर्ने भएकोछ। काेशी प्रदेशका अनेरास्ववियु जिल्ला पदाधिकारीहरु, महानगर कमिटीका पदाधिकारीहरु,जिल्लाका प्रचार बिभाग प्रमुखहरु, स्ववियु अध्यक्ष, क्याम्पसका अध्यक्षहरु र पालिका कमिटीका अध्यक्षहरु सो भेलामा सहभागी हुँदैछन् ।
अनेरास्ववियु केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख अतिथ्यतामा हुने कार्यक्रममा प्रमुख बक्ता एमाले स्थायी कमिटी सदस्य एबम जन संगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल हुनेछन् । अन्य बक्तामा एमाले नेता विशाल भट्टराई,किशोर बिक्रम मल्ल , अनेरास्ववियु सचिब मनोज ताम्ली हुने छन् ।
अनेरास्ववियु केन्द्रिय प्रचार बिभागको टोलिले सहभागीलाई प्रशिक्षित गराउने र उक्त कार्यक्रममा सोसियल मिडियालाई कसरी चलाउने,अनलाइन समाचार कसरी लेख्ने र प्राबिधिक कुराहरूलाई कसरी जनता सम्म पुर्याउने भन्ने कुरा कलात्मक ढंगले सिकाइने अध्यक्ष जिवी गजलले बताए नेरास्ववियु अब सिर्जनात्मक र रचनात्मक आन्दोलनमा अघि बढिसकेको र त्यहि अभियान अन्तर्गत अनेरास्ववियु कोशीले यो प्रचार भेलाको आयोजना गरेको अध्यक्ष गजलकाे भनाइ छ ।

