इटहरी / नेकपा एमालेले इटहरीको ९ औं नगर अधिवेशन २०८१ असार ७, ८ र ९ गते इटहरीमा  हुने भएको छ  ।

२०८१ असार २, ३ र ४ गते इटहरीमा हुने भनिएको नगर अधिवेशन तयारी पुरा नभएकोले असार ७, ८ र ९ गते लाइ सारिएको

इटहरी नगरकमिटि कार्यबाहक अध्यक्ष रूपेस बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार जेठ ३२ गते इटहरीका सबै वडाहरू र जनवर्गीय संगठन बाट प्रतिनिधि छनोट भइसकेका छन् । 

एमालेले २० सदस्य बराबर १ सदस्य रहने गरी प्रतिनिधि छनोट गर्दा सबै वडा बाट गरी नगर अधिवेशनमा १७० जना साखा कमिटी बाट १९ र आयोजक कमिटी बाट ७८ जना, जनवर्गीय संगठन बाट ६८ जना प्रतिनिधि आउने उप सचिव जितेन्द्र थापाले बताउनुभयो । नगर अधिवेशन सञ्चालनका लागि ११ वटा उपसमिति गठन गरेको छ र तिब्र रुपमा तयारी भइरहेको प्रचार बिभाग उपसंयोजक उज्वल सिग्देलले बताउनुभयो।