All Posts By कोशी प्रेस

    Showing ९,३११-९,३२० of १३,७४३ items.
  • भोजपुरको लेखर्कका १० विपन्न दलित परिवारले नयाँ घर पाए

    सुनसरी  / भोजपुरको टेम्केमैयुङ गाउँपालिका- ९ लेखर्कका १० विपन्न दलित परिवारलाई जनता आवास कार्यक्रममार्फत नयाँ घर पाएका छन् । आर्थिक अवस्था कमजोर भएका घर बनाउन नसकेर टहरामा बस्दै आएका विपन्न परिवारले घर पाएका छन् ।गाउँपालिकाले गरिबीका कारण वर्षौंदेखि टहरामा पालमुनि बस्दै आएका उनीहरूलाई परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको थियोे ।एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको हो । गरिब तथा विपन्न दलित परिवारको घर निर्माणले उनीहरूलाई सहजता भएको

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • २१३ पटक पढिएको
  • इटहरी २० तरहरामा सम्पन्न भएको तरहरा रनको आयव्यय सार्वजनिक

    इटहरी / गत फागुन २६ गते इटहरी २० तरहरामा सम्पन्न भएको तरहरा रनले आयव्यय सार्वजनिक गरेको छ । १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरेको थियो । कार्यक्रम आयोजना भएको डेढ महिना बित्दै आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।खर्च विवरण गरेर तरहरा रनले पारदर्शीता देखाएको छ । पछिल्लो समय समाजमा हुनेगरेका कार्यक्रमहरूले आफ्नो खर्च विवरण सार्वजनिक नगर्ने र समाजप्रति जवाफदेही नबन्ने कुराहरू आइरहँदा तरहरा रनले आयव्यय सार्वजनिक गर्दै आगामी वर्ष पनि रनलाई निरन्तरता दिइने जनाएको छ ।तरहरा रनका कोषाध्यक्ष किशोर खत्रीले कार्यक्रममा कूल १५ लाख ४९ हजार दुई सय ८२ रुपैयाँ आम्दानी

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ३५६ पटक पढिएको
  • भोजपुर गोल्डकपमा त्रिभुवन आर्मी क्लव फाइनलमा

    भोजपुर / भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले खोटाङ भगवती स्पोर्टस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।निर्धारित समयमा खेल बरावरी भएपछि पेनाल्टी सुट आउटमा त्रिभुवन आर्मीले खोटाङलाई हराएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट चार गोल भएको थियो भने खोटाङ भगवतीले तीन गोल मात्र गर्न सफल भयो ।अन्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको निर्धारित समयसम्म दुवैतर्फबाट गोल हुन नसकेको अवस्थामा अतिरिक्त थपिएको दुई मिनेटको समयमा त्रिभुवन आर्मीका जर्सी नम्वर ३५ का खेलाडी बसन्त जिम्बाले एक गोल गर्दे ख

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • २९७ पटक पढिएको
  • आजदेखि कक्षा १२ को परीक्षा सुरू ३ लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

    काठमाडौं | कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आग्रह गरेका छन् ।  यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् ।त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • २५० पटक पढिएको
  • इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम

    इलाम / इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । विहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो ।विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ ।संचारकर्मीहरुका हकमा आफू कार्यरत संचारमाध्यमको सिफारिस, संचारमाध्यमको परिचय पत्र, सवारी साधनको ब्लुबुक र लाइसेन्सको फोटोकपी पेस गरेमा पास उपलब्ध गराइने निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदानको गोपनीयता भंग नहुनेगरी फोटो, भिडियो लिन सकिने व्यवस्था गरिएको छ ।एक सय ४९

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • २०६ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ सुनसरीको नेतृत्वमा इटहरीका पौडेल

    बिराटनगर । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी को छैठौ विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ।नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कोशी प्रदेश कमिटीको बैठकले तिन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजकमा इटहरीका बिकल पौडेल र दुहबिका रमेश बाबु थापालाइ सह संयोजकको जिम्मेवारी दिइएको हो ।युवा माझ निडर, प्रष्ट र अनुसासित छवि बनाएका पौडेलले अब लामो समयसम्म सुस्त रहेको सुनसरीको खेलकुदलाइ चुस्त दुरुस्त बनाइ अधिवेशन मार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताए ।यसको लागि सुनसरीका सम्पुर्ण खेला

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • १,१७४ पटक पढिएको
  • इटहरी बिध्यालय पोसाक परिवर्तनमा सरोकारवाला असन्तुष्ट

    इटहरी : इटहरी उपमहानगरपालिकाको शिक्षा समितिले चालु शैक्षीकसत्र देखि ड्रेस कोड लागुगर्ने निर्णय गर्‍यो । शिक्षा समितिको सो निर्णयका विरुद्ध निजी विद्यालयहरू उच्च अदालत पुगे । उच्च अदालत विराटनगरले अन्तरिम आदेश नदिएपछि शिक्षा समितिलाई ड्रेस कोड लागु गर्ने बाटो खुल्ला भएपनि स्थानीय सरोकारवाला निकायले समर्थन गरेका छैनन् ।शिक्षा समितिका संयोजक तथा नगर प्रमुख हेमकर्ण पौडेलले शैक्षिक क्षेत्रमा भइरहेको विभेदलाई अन्त्य गर्न निजी तथा सामुदायिक विद्यालयको पोसाकमा एकरूपता ल्याउने उद्घोष गरे । जसरीपनि कार्यान्वयनमा ल्याउने उनको अडानले निजी विद्यालयका सञ्चालकहरूलाई दबाब सृजना भयो ।अन्ततः निजी विद्यालय सञ्चा

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • ४८७ पटक पढिएको
  • खोटाङको जंगलमा लागेको डढेलो गाउँ पस्दा एकको मृत्यु, १५ घर जलेर नष्ट

    खोटाङ / जंगलमा लागेको डढेलो गाउँ पस्दा खोटाङमा एकै दिन १५ घर खरानी भएका छन् । जिल्लाको बाराहा   पोखरी गाउँपालिका–१ मा ११ परिवारको १३ वटा घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा २ वटा घर खरानी भएका छन् । बुधवार दिउँसो विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा बाराहापोखरीमा बसोबास नभएको तीन वटासहित १३ घर, ७ वटा मतान, २ वटा गोठ र १ बाख्राको खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको   छ ।  रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भिरगाउँका मोहनलाल थापा मगरको दुई वटा घर र मतान, पूर्णबहादुर मगरको एक घर र तीन मतान, भद्रसिं मगरको घ

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • २३० पटक पढिएको
  • अन्तिम सभामा ओलीले सुहाङलाई भने, ‘अब संसद् भवनमै भेटौँला’

    इलाम / इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि मौन अवधि अघि नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा अन्तिम चुनावी सभा आयोजना गरेको थियो।चुनावी सभाका प्रमुख वक्ता थिए नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।​चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि ओलीले ठट्टा गर्दै भने  ‘आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ, सुहाङ, अब संसद्‍ भवनमै भेटौँला।’ सभाका क्रममा केपी ओलीले सुहाङलाई सोधे ‘कति भोटले जित्नुहुन्छ?’ सुहाङको जवाफ थियो–‘त्यो त इलामेली जनतालाई सोध्नुपर्छ।’ ओलीले सामाजिक सञ्

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • २७५ पटक पढिएको
  • ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउन प्रोत्साहन गर्नुपर्छ: मन्त्री चौधरी

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उहाँले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताउनुभयो । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुन

    • प्रकाशित मितिः वैशाख १२, २०८१
    • २९६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]