बिराटनगर । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी को छैठौ विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कोशी प्रदेश कमिटीको बैठकले 

तिन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजकमा इटहरीका बिकल पौडेल र दुहबिका रमेश बाबु थापालाइ सह संयोजकको जिम्मेवारी दिइएको हो ।

युवा माझ निडर, प्रष्ट र अनुसासित छवि बनाएका पौडेलले अब लामो समयसम्म सुस्त रहेको सुनसरीको खेलकुदलाइ चुस्त दुरुस्त बनाइ अधिवेशन मार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताए ।

यसको लागि सुनसरीका सम्पुर्ण खेलाडी, युवा र नेताहरुबाट आफुलाइ सहयोग प्राप्त हुने बिस्वास लिएको उनी बताउछ्न।