काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री ए
इटहरी । इटहरी उपमहानगरपालिकाको इटहरी भरिका सबै विद्यालयहरूमा एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यान्वयन नगर्न इटहरी उपमहानगरपालिका कार्यवाहक मेयर सहित, कार्यपालिका सदस्यहरू, नागरिक समाज इटहरी, उद्योग वाणिज्य संघ इटहरी लगायतले अपिल गरेका छन् ।लायन्स भवनमा भएको अन्तरक्रिया कार्यक्रममा इटहरी उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख संगिता चौधरीले एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यपालिकाको निर्णय नभएर एक व्यक्तिको निर्णय भएकोले नागरिकको भावना बिपरित यस्तो निर्णय लागु हुन नदिनेमा बहुमत कार्यपालिका सदस्यहरू साथमा रहेको बताइन्।इटहरीका निजी विद्यालयका छाता सङ्गठन हिसान, प्या
झापा / अमेरिकामा स्थापना भएको 'इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका'ले वैशाख ८ गते पथरी शनिश्चरे नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाटन गरेको छ । फाउन्डेसनले नवनिर्मित पथरी शनिश्चरे स्वास्थ्यचौकीसहित नगरपालिकालाई एम्बुलेन्स र झापाको दमक नगरपालिकालाई अर्को एम्बुलेन्स उपलब्ध गराएको छ । इन्ट्राका अध्यक्ष डिल्ली अधिकारी भन्छन् “हामी नेपाली संस्कृति जोगाउन सधैं एकजुट भएर अघि बढ्नुपर्छ । हाम्रो पहिचान सधैं हाम्रो भाषा, संस्कृति र खाँचोमा परेकाहरूलाई सहयोग गर्ने हो । साथै, हाम्रा विविध कार्यहरूको फलस्वरूप स्वास्थ्य चौकी स्थापना र उद्घाटन गर्न र एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा हामी ह
इटहरी / अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीको २० औं क्याम्पस सम्मेलनबाट सन्तोष तिम्सिनाको अध्यक्षतामा १५ क्याम्पस कमिटीको संगठन निर्माण भएको छ । उज्ज्वल सिग्देलको नेतृत्वमा संगठित क्याम्पस कमिटीले २० औं क्याम्पस कमिटी सम्मेलन गरेको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटी अध्यक्ष जीवी गजलको प्रमुख आतिथ्यतामा जनता बहुमुखी क्याम्पस कमिटीको २० औं क्याम्पस सम्मेलनबाट निर्वाचित ९ पदाधिकारी ५ विभाग सहित ५१ सदस्य क्याम्पस कमिटी निर्वाचित भएका छ । अध्यक्षमा सन्तोष तिम्सिना, उपाध्यक्ष -दिपेन्द्र खडिवडा, उपाध्यक्ष -स्मारिका कटुवाल, सचीव -नेत्र बस्नेत, सह-सचीव -सविन लुइँटेल, अनिल कार
भोजपुर / भोजपुरको टेम्कमैयुङ गाउँपालिका वडा नम्बर ४ मा अवस्थित महभिर झरना पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागि गरेको छ ।भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र रहेको छ । झरना आउने पर्यटककलाई नुहाउन साथै शौचालय जानका लागि टेम्केमैयुङ गाउँपालिका र वडा कार्यालय मिलेर शौचालय र कपडा बनाउने भएको टेम्केम
काठमाडौं / काठमाडौं धनकुटा सम्पर्क समाजको ७ औ साधारण सभा सम्पन्न भएको छ । धनकुटाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा ८ गते भएको साधारण सभा बाट प्रेम बहादुर बस्नेतको नेतृत्वमा १३ सदस्य कार्यसमिती चयन भएको छ।। कोशी प्रदेशको धनकुटा जिल्ला बाट काठमाडौं मा बसोबास गर्दै आएका व्यक्तिहरुले धनकुटा को बिकास कसरी गर्न सकिन्छ र धनकुटा जिल्ला लाई समृद्धि बनाउन पार्टी जुनसुकै भए पनि आफ्नो जिल्ला को बिकासको लागि एकजुट हुनु पर्ने भन्ने भावनाका साथ काठमाडौं धनकुटा सम्पर्क समाज लाक्पा तामाङले बताउनुभयो।साधारण सभाले कार्यसमिती
इटहरी । कोसी प्रदेशका विभिन्न अस्पतालहरूमा रगत अभाव चर्किरहेको बेला सामाजिक काममा सकृिय डिजिटल पेन्टस् ले शनिवार वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालहरूमा बिरामीले रगत अभावकै कारण ज्यान गुमाउन नपराेस भन्ने उद्देश्यका साथ आयोजना गरिएको रक्तदानबाट ५४ प्रिन्ट रगत सङ्कलन भएको छ ।कार्यक्रममा बोल्दै डिजिटल पेन्टस् का प्रमुख परिचालन अधिकृत मणि कुमार आचार्यले इटहरीमा पनि ब्लड बैङ्कको आवस्यक्ता रहेको बताए । नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरीले सम्बन्धित निकाय सँग पहल गरे डिजिटल पेन्टस्ले सक्दो सहयोग पुर्याउने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ इटहरीका अध्
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने बताउनुभएको छ । नेपालमा पहिलो पटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान दिएको उल्लेख गर्नुभयो ।लैङ्गिक समानता नीति २०७७ मै लागू
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा स्थित मेयर कप वडा स्तरीय नक आउट फुटबल प्रतियाेगिताकाे फाइनल खेलकाे उपाधी वडा न. ७ ले जितेकाे छ । नगर खेलकुद विकास समितिकाे आयाेजनामा भएको फाइनल खेलमा १ विरुद्ध २ गोल गरी वडा नम्बर ७ ले वडा नम्बर ६ लाई पराजित गरेको हाे । वडा न. ७ काे खेल मैदानमा भएको फुटबल प्रतियाेगिताकाे विजेता टिमले नगद रु १ लाख ३५ हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ । साथै उपविजेता बनेको वडा न. ६ ले नगद रू ६७ हजार ५ सय रुपैयाँ तथा सिल, मेडल र ट्रफि पाएर चित्त बुझायाे । खेलकाे म्यान अफ द म्याच वडा न. ७ का विशाल भण्डारी घाेषित भए । उनले नगद रु ३ हजार पाए
भारतीय सन्त धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले वराहक्षेत्र चतराधामस्थित श्रीरामतारक ब्रह्मपीठमा श्रीराम मन्दिरको शिलान्यास गरेका छन् ।धार्मिक पर्यटकीय स्थलका रुपमा चतराधामलाई विकास गर्ने जगदगुरु महायोगी सिद्धबाबाको सत्सङ्कल्पमा वराहक्षेत्रको चतराधाममा २ सय करोडको लगानीमा ब्रह्माण्डीय वास्तुकलामा आधारित श्रीयन्त्र शैलीको विशाल राम मन्दिरको संरचना निर्माण गरिने भएको छ ।यस्तो हुनेछ श्रीराम मन्दिर रामानन्दाचार्य सेवापीठका अनुसार मन्दिर अण्डरग्राउण्डदेखि १२ तलसम्मको संरचना निर्माण हुनेछ । २ सय बाइ २ सय वर्गफिटको क्षेत्रफलमा फैलिएको संरचना मानव सभ्यताको उत्पत्तिदेखि वर्तमानसम्मको ध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.