इटहरी / अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीको २० औं क्याम्पस  सम्मेलनबाट सन्तोष तिम्सिनाको अध्यक्षतामा १५ क्याम्पस कमिटीको संगठन निर्माण भएको छ । 

उज्ज्वल सिग्देलको नेतृत्वमा संगठित क्याम्पस कमिटीले २० औं क्याम्पस कमिटी सम्मेलन गरेको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटी अध्यक्ष जीवी गजलको प्रमुख आतिथ्यतामा जनता बहुमुखी क्याम्पस कमिटीको २० औं क्याम्पस  सम्मेलनबाट निर्वाचित ९ पदाधिकारी ५ विभाग सहित ५१ सदस्य क्याम्पस कमिटी निर्वाचित भएका छ । 

अध्यक्षमा सन्तोष तिम्सिना, उपाध्यक्ष -दिपेन्द्र खडिवडा, उपाध्यक्ष -स्मारिका कटुवाल, सचीव -नेत्र बस्नेत, सह-सचीव -सविन लुइँटेल, अनिल कार्की, सुजन गेलाल, पवन सुनुवार, दिपा लुइँटेल ,संगठन विभाग प्रमुख  दिपेश सापकोटा गरी ५१ जना सहित २० औं क्याम्पस कमिटिको पुनः गठन भएको हो । अधिवेशनमा सांस्कृतिक नृत्य ,गायन समेत प्रस्तुति गरिएको थियो ।IMG_20240421_213816