इटहरी । इटहरी उपमहानगरपालिकाको इटहरी भरिका सबै विद्यालयहरूमा एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यान्वयन नगर्न इटहरी उपमहानगरपालिका कार्यवाहक मेयर सहित, कार्यपालिका सदस्यहरू, नागरिक समाज इटहरी, उद्योग वाणिज्य संघ इटहरी लगायतले अपिल गरेका छन् ।
लायन्स भवनमा भएको अन्तरक्रिया कार्यक्रममा इटहरी उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख संगिता चौधरीले एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यपालिकाको निर्णय नभएर एक व्यक्तिको निर्णय भएकोले नागरिकको भावना बिपरित यस्तो निर्णय लागु हुन नदिनेमा बहुमत कार्यपालिका सदस्यहरू साथमा रहेको बताइन्।
इटहरीका निजी विद्यालयका छाता सङ्गठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसिएसनले ड्रेस लागू नगर्न सकुर्लर गरेको छ । इटहरी क्षेत्रमा १७० वटा विद्यालय मध्य ३६ वटा मात्र सरकारी विद्यालय छन् ।


