५ करोड क्षतिपूर्तिको मागदाबी गर्दै निकिता पौडेलले कान्तिपुर दैनिक विरुद्ध मुद्दा दायर गरेकी छन् !गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् । पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेकी हुन। पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन ।
सुनसरी । सुनसरीको गढी गाउँपालिकामा पाँचौ अध्यक्षकप फुटबल प्रतियोगिताको फागुन २५ गतेदेखि सुरु भएको छ । गढी गाउँपालिकाको आयोजना र सामुदायिक सचेतना नेपालको संयोजनमा "खेलकुद हाम्रो शान, स्थानिय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मुल नाराका साथ पाँचौ अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरीएको उद्घाटन खेलमा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष आश नारायण चौधरीले र विशिष्ट अतिथि उपाध्यक्ष अनिता शाह , प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर खड्का लगायत जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, युवा समाजसेवीको उपस्थिति रहेको थियो। गाउँपालिकामा सिमित श्रोत साधन भए पनि गाउँपालिकाको चौतर्फी विकाशम
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साइकल यात्री स्थानीय ७९ वर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिएको थियो ।बसको ठक्करबाट घाइते भएका निरौलालाई उपचारको लागी विराटनगर नोबेल अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बसका चालक सुनसरीको धरान उपमहानगरपालिका-२० का बल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रण लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी
इटहरी / आदिवासी जनजातीहरुको विकास र भूमिको संरक्षण विषयक अन्तरक्रियात्मक कार्यक्रम इटहरीमा सम्पन्न भएको हो । थारु समुदायका व्यक्तिहरुले हासिल गरेका सफलता र आगामी दिनहरुमा आदिवासी कसरी अगाडी बढ्ने र हक हित र अधिकारको सुनिश्चित गर्नका लागि के के गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको लाहुनियका केन्द्रिय सचिव भिम राईले बताए । धार्मिक ऐतिहासिक सभ्यताहरुको स्थानीय सरकारले संरक्षण गर्ने र लगत मात्र राख्ने हो । उपयोग गर्ने हक नभएको समेत दावी गरे । प्रत्येक समुदायलाई आफ्नो संस्कार संस्कृति मान्ने र स्थान संरक्षण गर्ने अधिकार भएको उनको भनाई छ । इटहरीका मेयर हेमकर्ण पौडेल
धनकुटा / धनकुटाको साँगुरीगढी गाँउपालीका- ६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो । गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक त
विराटनगर / कोशी प्रदेशमा एमाले र माओवादीले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनको दाबी पेस गरेका छन् । एमालेका ४० र माओवादीका १३ प्रदेश सभा सदस्यको हस्ताक्षर लिएर एमाले र माओवादी सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुख पर्शराम खापुङ्ग समक्ष गएका हुन् ।यस अघि एमालेका ३९ जना प्रदेश सभा सदस्यले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।यस्तै एमाले र माओवादीका प्रदेश सभा सदस्यहरूले कार्कीलाई दिएको विश्वासको मत समेत फिर्ता लिएका छन् । समर्थन फिर्ता र विश्वासको मत समेत फिर्ता लिएकाले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि दाबी पेस भएक
इटहरी / परिवर्तन …एक अभियान इटहरी ७ द्वारा एसईई दिएर बसेका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरेको छ ।इटहरी ७ स्थित एस.ओ.एस बालग्रामको भवन एक कार्यक्रमको आयोजना गरि एस.ओ.एस बालग्राम स्कुलका विद्यार्थी, लक्ष्मी माद्यामिक बिद्यालयका विद्यार्थी र सेक्रेटहार्ट बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवनारायण चौधरीको प्रमुख अतिथ्यता तथा बिराट टेलिभिजनका प्रवन्ध निर्देशक बिकल पौडेलको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा "परिवर्तन …एक अभियान" का अध्यक्ष तेज प्रसाद घिमिरेको अध्यक्षतामा गरिएको थियो ।एसईई दिएर बसेका १ सय बढी
दुहबी / दुहबी नगर प्रमुख बेद गच्छादारले चुनाव जितेर ओहोदामा पुगेका जनप्रतिनिधिहरु अनपढ नै भए पनि पपुलारिटिका आधारमा आएका हुन सक्छन तर पढेलेखेर उच्च पदमा पुगेका ब्युरोक्राट्स हरुका गैरजिम्बेवार कदमले मुलुक को अबस्था दयनिय बन्दै गएको बताएका छन । दुहबी नगरपालीकाले आयोजना गरेको २ दिने रोजगार मेलाको समापन कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन । CTEVT प्रति लक्षित गर्दै नगर प्रमुख गगच्छादारले स्थानिय सरकारले बेरोजगार युवाहरु लाइ स्वरोजगार र आत्मनिर्भर बनाउन लघु उद्यम र प्राबिधिक शिक्षा मार्फत जोडेर तालिम संचालनका लागी लाखौ रकम खर्चि
काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताउनु भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिनुभएको छ ।आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफु लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम तयार गर्न निर्देशन दिनुभएको हो ।मन्त्रालयमा आयोजित
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय भगबती चौधरीले मन्त्रालयका सबै शाखा प्रमुख लाई बोलाएर जनताले पाउनु पर्ने सेवा छिटो, छरितो र सहज ढङ्गले पाउने अवस्था सिर्जना गरी सुशासन कायम गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी महिला हिंसा न्यून गर्न पहल गरी विभिन्न तह र तप्कामा समानता कायम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.