इटहरी / परिवर्तन …एक अभियान इटहरी ७ द्वारा  एसईई दिएर बसेका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरेको छ ।

इटहरी ७ स्थित एस.ओ.एस बालग्रामको भवन एक कार्यक्रमको आयोजना गरि एस.ओ.एस बालग्राम स्कुलका विद्यार्थी, लक्ष्मी माद्यामिक बिद्यालयका विद्यार्थी र सेक्रेटहार्ट बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवनारायण चौधरीको प्रमुख अतिथ्यता तथा बिराट टेलिभिजनका प्रवन्ध निर्देशक बिकल पौडेलको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा "परिवर्तन …एक अभियान" का अध्यक्ष तेज प्रसाद घिमिरेको अध्यक्षतामा गरिएको थियो ।

एसईई दिएर बसेका १ सय बढी विद्यार्थीहरूलाई डा. राजेन्द्र राज तिम्सिना र लिलाराज भट्टराईले मोटिवेसनल प्रशिक्षण गराएका थिए । 

विद्यार्थीलाई दिएको यस्ता कार्यक्रमले कस्ता शिक्षा लिने र नराम्रो संगत नलाग्ने विषयमा जानकारी गराएको विषय खुसी भएको  वडा अध्यक्ष देवनारायण चौधरीले बताए ।

एसईई दिएर बसेका विद्यार्थीहरू आगामी दिन के गर्ने , के पढ्ने कस्तो शिक्षा लिने र लागुऔषध दुर्व्यसनबाट कसरी बच्ने भन्ने विषयमा जानकारी गराउदै आएको "परिवर्तन …एक अभियान"  अध्यक्ष तेज प्रसाद घिमिरेले बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीले लिएको ज्ञान भावि युवाहरूलाई सकारात्मक सन्देश दिन कार्यक्रम आयोजना गरिएको सल्लाहकार सदस्य दिपक घिमिरेले बताए । संगम बुक्स पब्लिकेसन इटहरीले ११० थान कपि र ११० थान कलम सहयोग समेत गरेको थियोे ।

सो कार्यक्रममा इटहरी ७ का जनप्रतिनिधि तथा परिवर्तन …एक अभियानका सल्लाहकार नेत्र प्रसाद गुरागाई, सेक्रेटहार्ट बोर्डिङ स्कुल सह प्रधानध्यापक अग्नि प्रसाद न्यौपाने  ,परिवर्तन …एक अभियान इटहरी ७ का उपाध्यक्ष संजय शर्मा , परिवर्तन …एक अभियानका प्रतिनिधि विद्यार्थी लगाएतको सहभागीता रहेको थियोे ।IMG_20240408_160200