दुहबी / दुहबी नगर प्रमुख बेद गच्छादारले चुनाव जितेर ओहोदामा पुगेका जनप्रतिनिधिहरु अनपढ नै भए पनि पपुलारिटिका आधारमा आएका हुन सक्छन तर पढेलेखेर उच्च पदमा पुगेका ब्युरोक्राट्स हरुका गैरजिम्बेवार कदमले मुलुक को अबस्था दयनिय बन्दै गएको बताएका छन । दुहबी नगरपालीकाले आयोजना गरेको २ दिने रोजगार मेलाको समापन कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन ।    

CTEVT प्रति लक्षित गर्दै नगर प्रमुख गगच्छादारले स्थानिय सरकारले बेरोजगार युवाहरु लाइ स्वरोजगार र आत्मनिर्भर बनाउन लघु उद्यम र प्राबिधिक शिक्षा मार्फत जोडेर तालिम संचालनका लागी लाखौ रकम खर्चिदै आएको भएपनि संबन्धित क्षेत्रका कर्मचारीहरु तालिम संचालित स्थानमा पुग्ने नगरेको, सिपको सिकाइ स्तर अनुगमन नगरेको तर अफिसमा बसेर तलब मात्रै लिने गरेको हुदा युवाहरु बेरोजगार हुदै सिप बिहिन श्रम बजार का युवाहरु लाखौ बिदेशिनु परेको उनको भनाइ थियो।   

बेरोजगार समस्या समाधान नहुन्जेल मुलुकले समृद्दि हासिल गर्न नसक्ने भन्दै गच्छादारले रेमिट्यान्सले चलेको मुलुकलाइ दोब्बर रेमिट्यान्स भित्राउन दक्ष जनशक्ति उत्पादनमा स्थानिय सरकार मात्रै होइन CTEVT ले समेत गहन भुमिका खेल्नु जरुरि रहेको बताए। संघर्ष बिना सफलता हासिल गर्न असम्भव छ, सिप सिकेर दक्ष र आत्मनिर्भर बन्न संघर्ष जरुरि छ, युवाहरुले जनप्रतिनिधिलाइ गालि गरेर बस्ने मात्रै होइन संघर्ष गर्नु पर्यो उनले भने । भौतिक पुर्वाधार मात्रै बिकाश होइन मानबिय संसाधानको बिकाश नहुन्जेल अन्य बिकासले अर्थ नराख्ने भन्दै उनले दुहबी नगर पालिकाले बिद्यालय स्तर मा बृति मार्गनिर्धेनको कक्षा , १० महिने बिभिन्न प्राबिधिक शिक्षा, लघु उद्यमका तालिम लगायत सन्चालन गरेको बताए।   

रोजगार मेलाले केहि दिएन होइन कमसेकम युवाहरुलाइ दक्ष बन्ने र स्वरोजगार बन्ने अवसरको ढोका खोलिदिएको भन्दै उनले यो तेश्रो संस्करणको रोजगारमेला उपलब्धिमुलक रहेको जनाए। मेलामा स्टल राख्ने र बिभिन्न बिधामा काम गर्ने हरुलाइ नगर प्रमुख गच्छादार ले प्रमाणपत्र हरु बितरण गरेका थिए। चैत्र २४ र २५ मा सन्चालन भएको रोजगार मेलामा बिभिन्न क्षेत्रमा ८१९ जनाको भ्याकेन्सि माग गरिएको थियो ।    

बिभिन्न तालिमका लागी २५० जनाले आबेदन दिएका थिए भने जागिरका लागी आबेदन दिनेको संख्या ४८० थियो। यसैगरी १६ जनाले तत्काल जागिर पाएका थिए, सामाजिक बिकास मन्त्रालय मा रोजगारीमा अन्तर्बाता दिन गएका ११५ जना थिए। सिभि बनाएका ७७ जना, NTC को फ्री सिम १६० जनाले लिएका थिए भने २ दिन सम्म लघु उद्यमिहरुले १ लाख ३५ हजार ६५० को आम्दानि गरेका थिए।