All Posts By कोशी प्रेस

    Showing ९,७३१-९,७४० of १३,७४३ items.
  • शंका गर्ने रोग : चरण र उपचार

    शंका गर्नु मानवीय स्वभाव नै हो। श्रीमानले श्रीमतीलाई अनि श्रीमतीले श्रीमानलाई, प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमीलाई केही न केही शंका गरेकै हुन्छन्। श्रीमानलाई अफिसमा फोन गरेर चियोचर्चो गर्ने र थोरै ढिला गरेर घर पुग्दा अरू केटीलाई भेट्न पो गए कि भनेर शंका गर्ने श्रीमती पनि हुन्छन्। श्रीमानले पनि आफू कामका लागि घरबाहिर भएका बेलामा श्रीमती अरू नै केटासँग घुम्न जान्छिन् कि, घरमा कसैलाई बोलाउँछिन् कि, आफूलाई कुनै कुरामा ढाँटिरहेकी पो छिन् कि भनेर शंका गरिरहेका हुन्छन्। तर, जब शंकाले हद पार गर्छ तब मनोपरामर्श वा उपचारतर्फ लाग्नुपर्छ।शंकाका तीन वटा चरण हुन्छन्। सुरुवातमा सामान्य खालको शंका हुन्छ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • २३१ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा थप सेवा सुरू

    इटहरी / इटहरी उपमहानगरपालिकाले नागरिक सहायता कक्ष,भौतिक पूर्वाधार प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला उद्घाटन तथा दुई पाङ्ङ्ग्रे विद्युतिय सवारी साधन सञ्चालनमा ल्याएको छ ।बुधबार नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी नागरिक सहायता कक्ष, भौतिक पूर्वाधार प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला उद्घाटन इटहरी उपमहानगरपालिका इटहरीका मेयर हेमकर्ण पौडेलले उद्घाटन गरेका छन् । इटहरी उपमहानगपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरु आएपछि आफ्नै गुणस्तर ल्याव प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ । उपमहानगरपालिकाले पहिलोपल्ट खाद्य मापन प्रयोगशाला (ल्याब) पनि

    • प्रकाशित मितिः माघ ३, २०८०
    • १९१ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपाल भोजपुरले गर्यो पुरानो बस पार्क क्षेत्रको सडक मर्मत

    भोजपुर / भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाहरुले श्रमदानमार्फत भोजपुरको पुरानो बस पार्क क्षेत्रको सडक मर्मत गरेका छन् ।दैनिक जसो सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि राष्ट्रिय युवा संघ र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरुको अगुवाईका गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट,गिठी बालुवा प्रयोग गरेर मर्मत गरिएको हो ।सडक विग्रिएको आवात जावतमा समस्या भएपछि युवाहरुको अगुवाईमा पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरिएको भोजपुर नगरपालिका उप–प्रमुख निर्मला शेर्पाले बताउनुभयो। सडकको कारण आवतजावतमा समस्या भएपछि आफुले ब्याक्तिगत रुपमा सडक

    • प्रकाशित मितिः माघ ३, २०८०
    • २७४ पटक पढिएको
  • इटहरी वडा नम्बर १७ मा प्रथम वडाध्यक्ष क्रिकेट कप प्रतियोगिता सुरू

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. १७ मा प्रथम वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको आयोजना गरिएको छ । मंगलबारबाट पकली माध्यमिक विद्यालयको खेल मैदानमा  सगरमाथा युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले ब्याटिङ गर्दै खेलको उद्घाटन गरे । वडा नं. १७ आगामी दिनमा पनि खेल क्षेत्रमा सक्दो सहयोग गर्न आफू प्रतिबद्ध रहेको वडा अध्यक्ष आचार्यले बताए ।युवाहरूलाई खेल क्षेत्रमा स्थापित गराउनका निम्ति प्रथम क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको आयोजकका अध्यक्ष मो. इसराफिल हुसेनले बताए । उद्घाटन खेलमा इनरुवा क्रिकेट क्लव इनरुवा र

    • प्रकाशित मितिः माघ ३, २०८०
    • २४३ पटक पढिएको
  • प्रथम पौवादुङमा गोल्ड कप तथा माघिमेला शुरु

    सुनसरी / पौवादुङमा गोल्ड कप र माघिमेला सुरू भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा सोमबारबाट प्रतियोगिता तथा माघिमेला शुरुवात भएको हो । गाउँपालिकाको केन्द च्याङग्रेको रंगशालामा सञ्चालन हुने पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रमाको उद्घाटन अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री र पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले संयुक्त रुपमा गर्नु भएको हो ।कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले प्रतियोगिता तथा माघिमेलाले यहाँको आन्तरिक बाह्य पर्यटनको विकास टेवा पुर्याउने बताउनुभयो । योसँग

    • प्रकाशित मितिः माघ २, २०८०
    • १७७ पटक पढिएको
  • चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

    सुनसरी : केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ ।सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताए ।दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताए ।केही दिनदेखि बढेको अत्यधिक चिसोबाट जोगाउनका लागि उद्योग वाणिज्य सङ्घ इनरुवाले जिल्ला प्रशासन कार्यालयलाई गए

    • प्रकाशित मितिः माघ २, २०८०
    • ९४ पटक पढिएको
  • चतराधाममा चैत्र २७ गते देखि पूर्ण महाकुम्भ मेला, तयारी तीव्र

    वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव तयारीको विषयमा नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार बालशन्त मोहन शरण देवाचार्य बिच छलफल भएको छ ।चैत्र-२७ गते चैत्र शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेला स्थलमा भौतिक संरचना, विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा, प्रचारप्रसार, सरसफाइ, खानेपानी लगायत प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि स

    • प्रकाशित मितिः माघ १, २०८०
    • १७५ पटक पढिएको
  • जीवन विकास लघुवित्त साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

    विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आइतबार संस्थाको पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।जीवन विकासको चुक्ता पूजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड  ५४ लाख ८४ लाख सात सय बराबरको बोनस शेयर वितरण गर्नेछ । बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिन

    • प्रकाशित मितिः माघ १, २०८०
    • २०५ पटक पढिएको
  • मेयर हर्क साम्पाङले बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाए ताला

    धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा आफैँले ताला लगाएका छन् ।बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए । उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किए ।साम्पाङले ताला लगाउँदै भने, ‘बिपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैँ आएर खोल्छु ।’मेयर साम्पाङले बिपी प्रतिष्ठानलाई धराशा

    • प्रकाशित मितिः माघ १, २०८०
    • ३३४ पटक पढिएको
  • मगर समुदायको माघ्या सकराटी अर्थात् (माघे संक्रान्ति)मा इटहरी तालतलैया बिबिध कार्यक्रम

     इटहरी । मगर समुदायको माघ्या सकराटी अर्थात् (माघे संक्रान्ति) पर्व इटहरी तालतलैया मा नेपाल मगर संघ इटहरीको आयोजनामा  सम्पन्न  भएको छ । कोशी प्रदेशसभा सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यता तथा इटहरी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भक्त लामा, वडा सदस्य अमृत बस्नेत लगायत स्थानीय बुद्धिजीवी सुरक्षाकर्मी लगायत मगर समुदायको बाक्लाे उपस्थितीमा  सम्पन्न भएको छ । प्रमुख अतिथि भण्डारीले यस माघेसंक्रान्तिको शुभकामना दिदैं सबै जातजातिको धर्म संस्कृति परम्परालाई जगेर्ना गर्नु हामी सबैको दायित्व भएको बताउनुभयाेमगर समुदायले नाघ्या सकराटी अर्थात् ( माघे संक्रान्ति) वि

    • प्रकाशित मितिः माघ १, २०८०
    • २५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]