काठमाडौं / हालसालै मात्र तेजावी सुन फिल्म सुटिङ्ग अन्तिम चरण मा पुर्याएका नक्कली प्रचण्डले चर्चित कलाकार प्रदिप पाठक ले तिलहरी सिरियल ल्याउने भएका छन । १२ मासे जस्ता हिट फिल्म लेखेका बनाएका कलाकार पाठकले तिलहरीमा पनि दर्जनौ चर्चित कलाकारहरु र भाइरल लाई समेत इन्ट्री गराएका छन । कलाकार पाठक को सिरियल तिलहरी यहि माघ १ गते साझ ६ बजे सिरियल को ट्रेलर सार्वजनिक गर्ने भएका छन् ।तिलहरी सिरियल मा मुख्य कलाकारहरु - रश्मि भट्ट, लक्ष्मण बस्नेत, बद्री पुडासैनी, धर्म राज भट्टराई स्यालवुढा, लक्ष्मी श्रेष्ठ अप्सरा, भाइरल अघोरी बाबा लगायत दर्जनौ चर्चित कलाकारहरुले अभिनय गर्दै छन भने सिरियल को लेखन निर्देशन प्र
इटहरी / सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर इटहरी वडा नं १ का महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम सम्पन्न भएको छ ।इटहरी उपमहानगरपालिका वडा नं १ को सहकार्यमा भएको कार्यक्रममा वडा नं १ का २५ जना सहभागी तालिममा साबुन, फिनेल र हर्पिक बनाउने तालिम भएको हो । तालिम समापनका क्रममा इटहरी वडा नं १ का वडाध्यक्ष कैलाश कार्कीले परम्परागत तालिमभन्दा यस खाले तालिमले नयाँपन ल्याएको बताए । उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई वडाले सक्दो सहयोग गर्ने वडाध्यक्ष कार्कीले बताए । अहिले वैदेशिक रोजग
सुन्दरहरैँचा / पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका मोरङमा कार्यरत कर्मचारी सिजन श्रेष्ठ तृतीय भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा आयाेजना गरेकाे कविता प्रतियाेगितामा ३ सय ५ जना सर्जकका रचनाबाट उत्कृषट कविता छनाेट गरिएकाे थियाे । प्रतियोगिताका विजेताहरूमा उमेश पुन मगरको देशभित्र देखेको देश पहिलो, सुभाष खनालको पृथ्वीनारायण दोस्रो, सिजन श्रेष्ठको पृथ्वीको यात्रामा पृथ्वी तृतीय, अविरल डिसीको बाँचौँ नेपाली बनी, निरुता बुढाथोकीको ए मेरा सन्तति हो र प्रवीण अधिकारीको बडामहाराजलाई प्रसंसा पत्र सहित पुरस्कार प्राप्त गरे
धरान / धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नगर प्रमुखको कार्यकक्षबाट हटाएको राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर आज आइतबार कार्यपालिका बैठक हलमा राखिएको छ ।मेयर साम्पाङले डाकेको कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू प्रवेश गरेपछि उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको तस्बिर आफै लगाएका थिए । मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृत बस्ने कुर्सीको ठिक माथि राखिएको छ । निमित्त प्रशासकीय अधिकृत प्रज्ञा निरौलाले बैठक सुरु गरे पनि उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो मन्तव्य सुरु गर्दै मेयरलाई चुनौति दिनु भय
सुनसरी / गढी गाउँपालिका कार्यालयले आफ्नो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गढी गाउँपालिका कार्यालयको आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका योजना ,शिक्षा ,स्वास्थ ,पशु ,कृषि, लेखाशाखा , प्राविधिक शाखा , राजस्व शाखा , महिला तथा बालबालिका शाखा , न्यायीक शाखा , सामाजिक शाखा, सहकारी शाखाका प्रमुखले गाउँपालिकाले एक वर्ष भरिमा गरेका गतिविधि प्रस्तुत गरेका थिए ।गाउँपालिकाको सार्वजनिक सुनुवाईमा उठाएका जवाफ गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेल र गाउँपालिकाका उपाध्यक्ष
धनकुटा / धनकुटा सिटि जेसीज वर्ष २०२४ को अध्यक्षमा सुरेश धमला सर्वसम्मत निर्वाचित भएका छन्। धनकुटा पाैस २६ गते सम्पन्न १६ औं शाखा अधिवेशनबाट धमला सर्वसम्मत निर्वाचित भएका हुन्। कार्यकारिणी उपाध्यक्षमा सुवास खनाल र सरीता लिम्बू विजयी भए । सचीवमा जेसी सभ्या राई उपाध्यक्षमा सविन श्रेष्ठ , सुवास भट्टराई, सन्ताेस बस्नेत, र भाेला राज थापा निर्वाचित भएको पुर्व अध्यक्ष पुण्य प्रसाद अधिकारी ले बताए ।
पथरीशनिश्चरे / वडा नं. ८ पथरी शनिश्चरेले वेसाहारा वडावासीहरूका लागि संचालन गरेको "वडा अध्यक्ष मेरो साथी" कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ। आफन्त कोहि नभएका जनतासंग प्रत्यक्ष जोडिने कार्यक्रम सुरुवात गरिएसँगै यो कार्यक्रम लोकप्रिय बन्दै गएको हो। यसै कार्यक्रम अन्तर्गत आज वडाभित्रका ११ परिवारलाई सुत्ने खाट वितरण गरिएको छ। सो क्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष नवीन कार्कीले " भोट हालेर जिताएका नेता पलङमा सुत्ने, सर्वहारा वर्गका जनताको घरमा सुत्ने खाट नभएर यो चिसोर जाडोयाममा
पथरी शनिश्चरे / मोरङको पथरीशनिश्चरे ०१ मा मेइटु पेन्ट्स कम्पनीले आफ्नो ५ औं वार्षिकोत्सव वनभोज सहित केक काटेर मनाएको छ। शनिबार मोरङको पथरीशनिश्चरे ०१ भुल्के पर्यटकीय स्थलमा खुसी श्री ट्रेडर्स तथा मेइटु पेन्ट्स कम्पनीद्वारा आयोजित वनभोज कार्यक्रममा विभिन्न खेलकुदहरूको संचालन गर्दै मनाएको हो। आफ्नो कम्पनीमा कार्यरत पेन्टरहरू बिच हण्डिफोर , बल पास , म्युजिक चेयर्स, बेलुन ब्रष्ट, आदि खेलहरूको आयोजना गरिएको थियो भने कम्पनीले आफ्नो व्पायारको प्रवद्धनका लागि पेन्टर्सलाई बम्पर उपहार प्रदान गरेको थियो। बम्पर उपहार अन्तर्गत पथरीशनिश्चरे -०१ का दिपेश लिम्बुले ३२ इन्चको टिभी उपहार प्र
मोरङ / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुनः अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिवार सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष रहेका ढकाल यसअघि हिसान मोरङको अध्यक्ष भएर एक कार्यकाल पुरा गरिसकेका छन् । नव निर्वाचित अध्यक्ष ढकालले निजी कलेजहरूको विकासमा ध्यान दिने बताए । अहिले पनि राज्यले निजी उच्च माध्यमिक विद्याहरूलाई विभेद गरेको बताए । हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा पुनः टिएन तिम्सिना निर्वाचित भए । उप
दुहबी / दिनेश चौधरी स्मृति प्रतिष्ठान दुहवीले सोनापुर स्थित मुसरी टोलका स्थानिय वासिन्दालाई लत्ता कपडा वितरण गरेको छ । संघिय सांसद भगवती चौधरीको प्रमुख आतिथ्यतामा लत्ता कपडा वितरण गरिएको हो । निर्वाचन जितेर गएपछि पहिलेका सांसद हरु फर्किएर नआउने गरेकोमा माननिय भगवती चौधरी बेला बेलामा जनताकोमा आएर दुख गुनासाे सुन्दै सोनापुरका मुसरी टोलका स्थानिय वासिन्दालाई फरवार्ड दिनेश चौधरी स्र्मति प्रतिष्ठान माफर्त मुसरी बस्तिमा कठयाङग्रिदोे जाडोको अवस्था देखेर स्थानियलाई न्यानो कपडा वितरण गरेकोमा स्थानीयले खुसी ब्यक्त गरेका छन् । गरिव दलित तथा विपन्न मुसरी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.