पथरीशनिश्चरे / वडा नं. ८ पथरी शनिश्चरेले  वेसाहारा वडावासीहरूका लागि  संचालन गरेको "वडा अध्यक्ष मेरो साथी" कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ। आफन्त कोहि नभएका जनतासंग प्रत्यक्ष जोडिने कार्यक्रम सुरुवात गरिएसँगै यो कार्यक्रम लोकप्रिय बन्दै गएको हो। यसै कार्यक्रम अन्तर्गत आज वडाभित्रका ११ परिवारलाई सुत्ने खाट वितरण गरिएको छ। 
            सो क्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष नवीन कार्कीले " भोट हालेर जिताएका नेता पलङमा सुत्ने, सर्वहारा वर्गका जनताको घरमा सुत्ने खाट नभएर यो चिसोर जाडोयाममा भुइँमा/बाँसको खाटमा सुत्नुपर्ने बाध्यता रहेको भेटिएपछि यो चिसोमा कम्तिमा आर्थिक अभावकै कारण भुइँमा सुत्नु नपरोस् भन्ने उद्देश्यले वडा कार्यालयले यो कार्यक्रम संचालन गरेको हो' भन्नुभयो । 
    सोहि अवसरमा उहाँले वडाभित्रका ४५ जना विपन्न विद्यार्थीहरुलाई पठनपाठनको पुर्ण सामाग्री हस्तान्तरण गर्नुका साथै आकस्मिक उपचार सेवा (अक्सिजन)मा लगाउनुपर्ने नागरिकलाई अक्सिजन सिलिन्डर, रगत अभाव हुँदा खोजिदिने र बजेट ब्यवस्थापन गर्ने, नगरपालिकाको शव बाहनले नभ्याएको समयमा अन्य गाडी प्रयोग गर्दा लाग्ने खर्च ब्यवस्थापन, सर्पले टोकेर उपचार गर्नुपर्ने बिरामीलाई उपचार खर्च, अति बिपन्न सुत्केरी आमालाई सहयोग, अति बिपन्न परिवारमा काज किरिया गर्न आर्थिक सहयोग गर्ने जस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको पनि  बताउनुभयो ।
FB_IMG_1705071059227