काठमाडौं । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।
१३ पुस, काठमाडौं । सर्वोच्च अदालतले फागुन १ मा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।
इटहरी । नेपाल तरुण दलको इटहरी उपमहानगरपालिका वडा नम्बर १५ गयाराम चौधरीको सभापतित्वमा विस्तार गरिएको छ ।विस्तारित कार्यसमितिको उपाध्यक्षमा सुमोद चौधरी ,सचिव चुमन लाल चौधरी र कोषाध्यष नन्द कुमार चौधरी चयन भएका हुन । त्यसैगरी वडा समितिको सदस्यहरुमा सुरेश ऋषिदेव , रामसागर साह ,श्याम ठाकुर ,सिलिप ऋषिदेव रहेका छन lसर्वसम्मत रुपमा विस्तार गरिएको नेपाल तरुण दल इटहरी १५को विस्तारित कार्यक्रम नेपाल तरुण दल इटहरीका सभापति विष्णु क्षेत्रीको अध्यक्षता तथा जिल्ला सभापति सिजन गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेस इटहरी वडा नम्बर १५ का कार्यवाहक सभापति सत्यनारायण चौधरी , स्थान
काठमाडौं/दुरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।समितिको बैठकले टेरामक्स खरिद अध्ययन प्रारम्भ गरी ३० दिनभित्र कार्यप्रगति विवरण समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिएको छ । “यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म भएका कामको विश्लेषण तथा अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र अधिकारको दुरुपयोग गरी राज्यलाई हानिनोक्सानी हुनेगरी कार्यसम्पादन गरे,
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने बिषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप लगाउनुभएको छ । नगरप्रमुख पौडेलले विहिवार आफ्नो कार्यकक्षामा पत्रकार सम्मेलन गर्दै एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मञ्चन गरिरहेको मेयर पौडेलको आरोप छ । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक बिशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको पत्रकार सममेलनमा जानकारी गराउनु भयो । इटहरीको बिकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौड
धरान : धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा राखिएको नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर नगर प्रमुख हर्क साम्पाङले ‘यलम्बर’को फोटो राखेका छन् ।आज बिहीबार उनी कार्यालयमा आएपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालको तस्बिर हटाउने पहिलो काम गरेका हुन् ।दुवै तस्बिर हटाएर उनले ‘यलम्बर’को तस्बिर टाँगेका छन् । यसअघि उनले सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने स्ट्याटस राखेका थिए ।
इटहरी- इटहरीमा कर वृद्धिको विवाद चुलिँदै गएको छ। बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश अनिश्चितकालका लागि स्थगित भएसँगै थप विवाद चुलिएको हो।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्वारा जारी सूचनामा भनिएको छ, ‘गाउँ सभा, नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ६१ को उपदफा ४ बमोजिम अर्को सूचना वा जारी नभएसम्मका लागि स्थागित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ।’नगरसभा बैठक स्थगित भएपछि नेकपा एमालेले आपत्ति जनाएको छ। बुधबार साँझ पत्रकार सम्मेलन गरी एमाले इटहरी नगर कमिटीले आपत्ति जनाएको हो। नगरसभाको बैठक एकतर्फी र हठात् ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण
इटहरी / इटहरी उपमहानगरपालीकाको १४ औँ नगरसभा बैठक बोलाएर बिना कारण बैठक स्थगीत गरिएको भन्दै इटहरी नगरसभामा प्रतिनीधीत्व गर्ने नेकपा एमालेका नगरसभा सदस्यले नाराबाजी सहित बिरोध गरेका छन् । बुधबार इटहरी ५ मा रहेको लायन्स क्लवको सभा हलमा दिउँसो १ बजेका लागी आह्वान गरिएको १४ औँ नगर सभा अन्तीम समयमा आएर स्थगीत गरीएको भन्दै नेकपा एमालेबाट निर्वाचीत नगर सभा सदस्यले नाराबाजी सहित बिरोध जनाएका हुन । बिगत लामो समय देखी इटहरी नगर कार्यपालीका बैठकमा विवादीत बन्दै आएको कर समायोजनको बिषय १३६ औं कार्यपालिका बैठकबाट कर समायोजन गर्ने निर्णय भए बमोजीम आजको नगरसभाले त्यसलाइ अनुमोदन गर्ने कार्यसुची रहेको थीय
पथरी शनिश्चरे / प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेद्वारा आयोजित यु-१५ फुटवल टुर्नामेन्टको उपाधि वाल्मीकि माविले उचालेको छ।आज बुधबार सम्पन्न भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि फुटबल टीमले न्यू प्यागोडा टिमविरूद्ध ट्राईबेकरको सहारामा पराजित गर्दै सो उपाधि चुमेको हो।दुवै टिमले खेलको निर्धारित समयमा २-२ को बराबरी गोल गरेपछि खेल ट्राईबेकर तर्फ धकेलिएको थियो। ट्राईबेकर तर्फ पुनः बराबरी भएपछि 'सडेन डेथ ' मा वाल्मीकि माविले सो उपाधि उचालेको थियो।सोहि प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद , ट्रफी तथा मेडल सहितले पुरस्कृत गरिएको थियो भने सर्वाधिक गोलकर्ता न्यू प्यागोडाका आदित्य राई ( ७
विराटनगर / सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजना श्रम सूचना प्रणालीः श्रम संसारको शुभारम्भ गरिएको छ । विराटनगर स्थित बिग होटलमा बुधबार कोशी प्रदेशका मुख्यमन्त्रीले श्रम संसारको शुभारम्भ गर्नुभएको हो । श्रम संसार तिन वटा स्थानीय सरकारको समन्वयमा सुरु गरिएको छ । जस्मा विराटनगर इटहरी र दुहबी रहेका छ्न । तिन पालीकाको समन्वय रहेको श्रम ससारले बेरोजगार युवाहरुलाई औधोगीक क्षेत्रमा तथा उद्धमशीलताका अवसरमा जोड्छ । श्रम बजार सग सम्बन्धित सार्वजनिक तथा निजी दुबै क्षेत्रसग समन्वय गर्ने गरि काम अगाडि बढ्ने स्विस कनट्याक्ट नेपालका अध्यक्ष सञ्जय कार्कीले वताउनु भयो । श्रम संसारले स्थानीय स्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.