इटहरी । नेपाल तरुण दलको इटहरी उपमहानगरपालिका वडा नम्बर १५ गयाराम चौधरीको सभापतित्वमा विस्तार गरिएको छ ।

विस्तारित कार्यसमितिको उपाध्यक्षमा सुमोद चौधरी ,सचिव चुमन लाल चौधरी र कोषाध्यष नन्द कुमार चौधरी चयन भएका हुन । त्यसैगरी वडा समितिको सदस्यहरुमा सुरेश ऋषिदेव , रामसागर साह ,श्याम ठाकुर ,सिलिप ऋषिदेव रहेका छन l

Screenshot_2023_1228_223331

सर्वसम्मत रुपमा विस्तार गरिएको नेपाल तरुण दल इटहरी १५को विस्तारित कार्यक्रम नेपाल तरुण दल इटहरीका सभापति विष्णु क्षेत्रीको अध्यक्षता तथा जिल्ला सभापति सिजन गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो ।

सो कार्यक्रममा नेपाली काँग्रेस इटहरी वडा नम्बर १५ का कार्यवाहक सभापति सत्यनारायण चौधरी , स्थानीय नेता लखन चौधरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।