इटहरी । ताप्लेजुङका स्थानीय तहले सङ्घीय बजेट करिब तीन अर्ब २० करोड रुपियाँ पाउने भएका छन् । यहाँका स्थानीय तहले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०८३र८४ मा समानीकरण अनुदान, सशर्त, विशेष र समपुरक अनुदानका रुपमा सङ्घीय सरकारबाट उक्त बजेट पाउने भएका हुन् । ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिकासमेत गरी नौ वटा स्थानीय तहले कुल तीन अर्ब १९ करोड ९३ लाख रुपियाँ पाउने भएका हुन् । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाले ४९ करोड २९ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको छ भने मिक्वाखोला गाउँपालिकाले सबैभन्दा न्युन २६ करोड ८६ लाख रुपियाँ ब
इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–३ प्याउलीमा सञ्चालित अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोग सङ्कलन अभियान प्रभावकारी बन्दै गएको छ। धनकुटा, सङ्खुवासभा र भोजपुरको पूर्वी क्षेत्रका विद्यार्थीलाई लक्षित गरी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा स्थापित क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक संरचना सुदृढ बनाउन आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत अभिभावक घरदैलो कार्यक्रम, वैदेशिक रोजगारीमा रहेका युवा, शैक्षिक अभियन्ता, बुद्धिजीवी, शिक्षा प्रेमी तथा पूर्व विद्यार्थीहरूको स्वतःस्फूर्त सहयोगबाट हालसम्म क्याम्पस सञ्चालन कोषमा ६ लाख ३१ हजार ६ सय ७ रुपियाँ सङ्कलन
काठमाडौं, असार २५ । नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले iCAUR V23 विद्युतीय एसयूभीमा सीमित अवधिका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।कम्पनीले हाल बजारमा संशोधित मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम भए पनि सीमित स्टकका गाडीहरू पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। यसबाट ग्राहकले प्रतिगाडी ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीको दाबी छ। बजेटपछिको कर तथा राजस्व संरचनामा भएको परिवर्तनका कारण iCAUR V23 को मूल्य वृद्धि भई ५३ लाख ९९ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। एसपीजी अटोमोबाइल्सका अनुसार उच्च ग्राहक मागका बीच सीमित मौज्दात रह
इटहरी। वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा समाजमा जकडिएको मिटरब्याजको जालो तोड्न जिल्ला प्रशासन कार्यालय मोरङले सक्रियता बढाएको छ। प्रशासनको निरन्तर पहलका कारण पछिल्लो समय ठगीमा परेका सयौँ पीडितले आफ्नो डुबेको रकम तथा जग्गा फिर्ता पाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को साउन १ गतेदेखि हालसम्म मिटरब्याज तथा अनुचित लेनदेनतर्फ ८ करोड ३८ लाख ५४ हजार ८२७ रुपियाँ पीडितलाई फिर्ता गराइएको छ। मिटरब्याजसम्बन्धी दर्ता भएका १६९ उजुरीमध्ये ५० वटा उजुरी फछ्र्योट भइसकेको प्रशासनले जनाएको छ। साथै, ब्याजमा रकम दिएर जग्गाको राजीनामा पास गराई गरिएको ठगीमा पर
इटहरी । इटहरीमा युवाहरूको पहलमा सञ्चालन भइरहेको स्थानीय ब्रान्ड ‘झ्वट्टै’ ले खाना, फुटबल संस्कृति र रोजगारी सिर्जनालाई एकसाथ जोड्दै नयाँ पहिचान निर्माण गरिरहेको छ। फुड डेलिभरी सेवामा मात्र सीमित नरही झ्वट्टैले रात्रीकालीन युवा संस्कृति विकास गर्ने उद्देश्यसहित आफ्नो गतिविधि विस्तार गरिरहेको जनाएको छ। झ्वट्टैमा कार्यरत महेश काफ्ले यसको उदाहरण बनेका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका–१० निवासी काफ्ले हाल झ्वट्टैको किचेन हेल्परका रूपमा कार्यरत छन्। होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका उनले रोजगारीसँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहेका छन्।काफ्लेका अनुसार झ्वट्टैमा काम गर्दै उनले व्यावसायिक सी
इटहरी / बीवाईडी (BYD) विद्युतीय सवारीसाधनको नेपाल आयातसम्बन्धी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति आधिकारिक वितरक साइमेक्स इन्कले स्पष्टीकरण दिएको छ।कम्पनीले हालै सार्वजनिक भएको बजेटपछि विद्युतीय सवारीसाधन आयात र भन्सार प्रक्रियाबारे उठेका प्रश्नहरूका सम्बन्धमा आफ्नो आयात प्रक्रिया पूर्ण रूपमा कानुन, नियम र भन्सार प्रक्रियाअनुसार भएको जनाएको छ।साइमेक्सका अनुसार कोरला (मुस्ताङ) र रसुवागढी नाकामार्फत आयात गरिएका बीवाईडीका विभिन्न मोडेलका सवारीसाधनहरू चीनतर्फको निर्यात अभिलेख र नेपालतर्फको भन्सार अभिलेखमा मिल्दोजुल्दो विवरण रहेको छ। कम्पनीले कोरला नाकाबाट ६४९ र रसुवागढी नाकाब
इटहरी । धनकुटामा रहेको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा पानढीकी टक्सार भवनको जीर्णोद्धार कार्य सुरु भएको छ। लामो समयदेखि ओझेलमा परेको उक्त सम्पदाको संरक्षण र पुनर्जीवनका लागि निरन्तर पहल भएपछि पुरातत्व विभागले चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको हो।राणाकालमा पूर्वी नेपालका लागि प्रशासनिक केन्द्र ९गौंडा० रहेको धनकुटामा तामाका दुई पैसा र पाँच पैसाका सिक्का निर्माण गरिन्थ्यो। तामाको अभाव भएपछि सिक्का निर्माण कार्य बन्द भएसँगै पानढीकी टक्सार पनि प्रयोगविहीन बनेको थियो। समयक्रममा भवन जीर्ण बन्दै गएपछि यसको अस्तित्व नै सङ्कटमा पर्न थालेको थियो। नेपाली सेनाको सुरक्षा र संरक
इटहरी । कृषिमा यान्त्रिकीकरण र प्राङ्गारिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले दुहबी नगरपालिका प्रमुख बेद नारायण गच्चादारले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा कम्बाइन मिल वितरण गरेका छन । दुहबी नगरपालिकाको ५० प्रतिशत अनुदान तथा उन्नत कृषि सहकारी संस्था, दुहबी–१० को आयोजनामा सम्पन्न कार्यक्रममा करिब ५० हजार रुपैयाँ मूल्यका दुई वटा कम्बाइन मिल वितरण गरिएको हो। उक्त मिल धान, गहुँ, मकै तथा मसला लगायतका बालीको कुटानी–पिसानी कार्यका लागि प्रयोग हुने बताइएको छ। कार्यक्रमअन्तर्गत तीन वटा २० एचपी क्षमताका पावर टेलर, छ वटा समरसियल पम्प, १५ वटा स्प्रे मेसिन,
सुनसरी । विश्व वातावरण दिवसको अवसरमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तरहरा शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनसरीको रामधुनी वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कोशी प्रदेश क्षेत्रीय प्रबन्धक महेन्द्र तिम्सिना र प्रदेश संयोजक तथा तरहरा शाखा प्रमुख विजय खनालको सहभागिता रहेको थियो।कार्यक्रममा कम्पनीका कर्मचारीहरूसहित MDRT (मिलियन डलर राउन्ड टेबल) विजेता नवराज पौडेल, लोकबहादुर विष्ट, मोहन चौधरी र छत्रराज चौधरी तथा विभिन्न क्षेत्रका उत्कृ
इटहरी । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका कारण रूख ढलेर घरमा क्षति पुग्दा तीन लाख बराबरको नोक्सानी भएको छ ।\मङ्गलबार साँझ वर्षासहित आएको हुरीबतासका कारण रूख ढलेर स्थानीय अनिता सुब्बाको घरको छानो भत्किँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको हो । सुब्बाको जस्तापाता र ढुङ्गामाटोको घरको छाना रूख ढलेर किचेको फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङ (तेज) ले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सोमराज गुरुङको घरको लाफी तथा स्थानीय भक्त घतानीको बस्तु गोठ समेत हावाले उडाएको छ । यसैगरी स्थानीय खाण्डुक शेर्पाको किचनको छाना उडाएको छ । हावाहुरीका कारण जिल्लाका बिभिन्न स्थानमा बा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.