मोरङ । मोरङ सुनसरीका उद्योगी व्यावसायीले प्रतिकूल बैंकिङ नीति र चर्को ब्याजदर विरुद्ध निर्णयक आन्दोलन गर्ने चेतावनी दिएका छन् । चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले आन्दोलनको तयारी गरिएको बताएका छन् । विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन घोषणा गर्ने बताए । सरकारको प्रतिकूल नीतिका कारण मुलुकभरका उद्योगी व्यवसायीहरू पीडित बन्नु परेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्षमा उनीहरू पुगेका छन् । राष्ट्र बैंकले
इटहरी । विभिन्न कारणले व्यवसायीहरुमा मारमा परिरहेको समयमा आन्तरिक राजस्व कार्यालय इटहरीले समेत व्यवासायीहरुलाई आतंकीत पार्ने गरी अनुगमन गरेको भन्दै इटहरीका व्यवसायीहरु विरोधमा उत्रिएका छन । आन्तरिक राजस्व कार्यालयले इटहरीको संगित चोक क्षेत्रमा कपडा तथा जुत्ता पसलहरुमा अनुगमन गर्न थालेपछि व्यवसायीहरु भेला भएर विरोध जनाएका हुन । कपडा तथा जुत्ता पसलहरुमा राजस्वको टोलीले नियमति अनुगमन गरिएको भन्दै संगित चोक क्षेत्रका व्यवसायीहरुका पसलमा पुगेर खातापाता खोल्ने स्ट्रोक गन्ने , स्टोर देखाउ भन्ने जस्ता कार्य गरेपछि व्यवसायीहरु भेला भएर विरोध जनाका हुन । राजस्वले छापाम
धनकुटा । धनकुटाको छथर जोरपाटी रहेको सुलभ बचत तथा ऋण सहकारी संस्था लिको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले संचालक अध्यक्षमा पुनः मेघेन्द्र गुरुङको अध्यक्षमा नयाँ कार्य समिती चयन भएको छ । , उपाध्यक्षमा नविन श्रेष्ठ , सचिवमा डिक बहादुर खड्का , कोषाध्यक्षमा भिम शंकर अधिकारी ( राजु ) लगायतका पदाधिकारी तथा सदस्यहरु निर्वाचित हुनु भएको हो ।सहकारीका अध्यक्ष मेघेन्द्र गुरुङले सहकारीको वार्षिक प्रतिवेदन एवम् नीति कार्यक्रम र आ.व. २०७९।०८० को प्रस्तावित कार्यक्रम तथा नितिक योजना प्रस्तुत गर्नु भएको थियो । यस्तै सहकारीका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पृथ
मनोज भुजेल, इटहरी । दुई साताअघि अघि सुनसरीको सीमावर्ती बजार भुटाहामा सञ्चालित एक सहकारी संस्थामा नक्कली नेपाली ५ सय र १ हजार रुपैयाँको नोट भेटियो । सहकारीले आफ्नो ग्राहकलाई दिएको १३ हजारको केही नोटहरूमा शङ्का लागेपछि ग्राहकले नक्कली र सक्कली नोट छुट्ट्याउन खोजे । पाँच सयको नोटमा रङ्ग र हजारको नोटको पानी छापमा फरक पाइएपछि सहकारीले दिएको केही नोटहरू नक्कली भएको पुष्टि भयो । पछि ग्राहक र सहकारीका प्रतिनिधिले उक्त नोट प्रहरीलाई बुझाए ।यो घटनाको ठिक ५ दिनपछि सुनसरीकै भोक्राहा चिरौली बजारमा एक लागुऔषध प्रयोगकर्ता युवकसँग पाँच सयका ६ वटा नोट स्थानीयले बरामद गरे । लागुऔषधको नशामा रहेका युवकले नास
विराटनगर । विजयकुमार गच्छदारसँग तेस्रो पटक चुनावमा भिड्दै गरेकी भगवती चौधरी सामाजिक क्षेत्रबाट उदाएकी महिला नेतृ हुन् । बर्गीय, क्षेत्रीय र लैँगिक आन्दोलनमा अग्रमोर्चामा रहेकी चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् ।नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार चौधरीलाई स्थानीयहरुले महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने भिजनरी महिलाका रुपमा चिन्ने गर्छन् । फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष रहेकी चौधरीले सुनसरीमा मात्र होइन देशका ४० जिल्लाका तीन लाख बढि महिलालाई आत्मनिर्भर बनाउने काममा भुमिका खेलेकी छिन् । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उ
इटहरी । मोरङको सुन्दरहरैचा ३ गछिया स्थित दुलारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा बिभिन्न १५ वटा कार्यक्रमहरू गरी मनाउने भएको छ । शुक्रबार सहकारीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सहकारी सञ्चालक समितीले १५ वटा कार्यक्रमहरू गरी रजत जयन्ती मनाउने जानकारी दिएको हो । कार्यक्रमहरू १५ वटा भएपनि रजत जयन्ती संस्थाले वर्षभरी मनाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराएको छ । १७ सय शेयर सदस्य रहेको दुलारी बचत तथा ऋण सहकारी संस्थाले कार्तीक २५ गते देखि २०८० असार १५ सम्म बिभिन्न चरणका कार्यक्रमहरू गरी रजत जयन्ती मनाउने भएको हो । स्थापना कालदेखि यहा सम्म आइपुग्दा सहकारील
धरान: सुनसरी उद्योग वाणिज्य सङ्घले बैङ्क तथा वित्तीय संस्थाले गरेको अव्यवहारिक ब्याजदर विरुद्ध आजबाट आन्दोलन स्वरूप विरोध जनाउँदै मौन रर्याली सुरु गरेको छ । चालु पॅूजि निर्देशिका स्थगित गर,बैङ्क हामीलाई प्यारो छ व्याज वृद्धिले गाह्रो छ,ब्याजदर हामीलाई चर्को भयो गरी खान गाह्रो भयो, बैङ्किङ आतङ्क बन्द गर, मेरो चाहाना देशमा रोजगार बढ्दो ब्याजदरले व्यवसाय सञ्चालनमा गाह्रो भयो लगायतका नारा बोकेर व्यापारीहरूले विरोध गरेका हुन्।चालु पुँजीले व्यवसाय सञ्चालनमा असर परेको भन्दै रोक्नका लागि माग गर्दै ब्याजदर १ डिजिटलमा हुनुपर्ने सहित १९ वटा आन्दोलनकारीको माग रहेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश
इटहरी,नेकपा(एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गर्नु भएको छ । भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर श्वेत पत्र सार्वजनिक गर्नु भएको हो । तीनवर्ष छ महिना सातदिन प्रदेश नं १ को संस्थापकमुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्लाभोजपुरको विकास निर्माणका गरेकाकामहरु श्वेतपत्रमाउल्लेख गरेको बताउनुभयो । श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायत का ४सय २४ वटा योजनामा ४ अर्व,९२ करोड,९२ लाखका
काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा घटाइ साना लगानीकर्तालाई प्रोत्साहित गरेपनि व्यवशायीका समस्या समाधानमा भने चासो नदिएको निजी क्षेत्रले गुनासो गरेको छ ।सरकारले भर्खरै मात्र वैदेशिक लगानीको न्युनतम सीमा ५ करोडलाई घटाएर २ करोड रुपैया तोकेको छ । निजी क्षेत्रले यसलाई स्वागत गरेपनि व्यवशाय दर्तादेखि नाफा लानेसम्मका कार्यलाई सरल बनाउनुपर्ने माग गरेको छ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देशबन्धु बस्नेत अजितले सरकारले लगानीकर्तालाई लगानी गर्दाको प्रक्रियागत झन्झट हटाउनुपर्ने, एकद्वार प्रणालीबाट सरल तरिकाले काम हुने गरी सहयोग गर्नुपर्ने बताएका छन् ।‘लगानीकर्तासँग अन्तक्
इटहरी । तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर रहेको छ ।बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत बराबर थियो । गएको भदौमा काठमाण्डौ उपत्यकामा सात दशमलव ६२ प्रतिशत, पहाडमा आठ दशमलव ८२ प्रतिशत र हिमालमा छ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।बैंकका अनुसार २०७८ भदौमा काठमाण्डौ उपत्यकामा तीन दशमलव २३ प्रतिशत, पहाडमा तीन दशमलव ९६ प्रतिशत र हिमाली क्षेत्रमा तीन दशमलव ५१ प्रतिशत बराबरको मुद्रास्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.