सुन्दरहरैचा। बर्ड फ्लू देखिएपछि मोरङमा सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।पछिल्लो समय बर्ड फ्लूको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगीरव्यवसायीलाई आग्रह गरेको हो ।आफूले पालेका पन्छी अस्वभाविक रुपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो ।विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालका
परिर्बतन सुरु गर्नका लागी सबै भन्दा पहिला आफु अनी आफ्नो परिबार समाज परिर्बतन भए आफै राष्ट्र परिर्बतन हुन्छ भन्ने गरिन्छ । यसैलाइ आधार मानी सुनसरीको गडी गाउपालीका परिर्बतनका लागी युबाहरुले डिजिटल आर्दश गढी निर्माण अभियान सुरु गरेका छन् । मानिश शिक्षीत भए मात्र समाज तथा देश परिर्बतन हुर्ने भन्दै गाउपालिकाका सबै स्थानमा नि शुल्क पढनपाढन सुरु गर्न थालिएको छ । गरिब तथा बिपन्न भएकै कारण शिक्षा बाट केही पनी बन्चीत नहुन भन्ने उदेश्यले सुरु गरेको छ । नेपालको शैक्षिक लगानीको इतिहास हेर्दा राष्ट्रिय बजेटको १३% देखि १९% सम्म खर्च छुट्याउँदै आएको छ । तर पनि यसले शिक्षाको गुणस्तर, उत्पादकत्
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशमा कायरत रहेका सञ्चारकर्मीलाई स्वास्थ्य बिमा गर्ने भएको छ । मधेश प्रदेश आम सञ्चार प्राधिकरणले मंलगबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका ८ वटै जिल्लामा कार्यरत रहेका सक्रिय पत्रकाको स्वास्थ्य बिमाका विषयमा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । लोक कल्याणकारी विज्ञापन प्रदेशबाट प्रकाशित हुने सबै पत्रकारहरूलाई प्रदान गर्ने पक्षमा प्रदेश सरकारले काम गर्ने र त्यसको थालनी आफ्नै मन्त्रालयले गर्ने मन्त्री साहले बताए । उक्त कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पत्रकारिता क्षेत्रमा कामकाज गर्ने पत्रकारको स्वास्थ्य जोखिमलाई
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ । ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । यति हुँदा समेत प्रति महिलना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ । युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो । यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई
उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका- ८ स्थित सालघारी सामुदायीक वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई ग्यास सिलिन्डर वितरण गरेको छ । सालघारी सामुदायिक वन उपभोक्ता समितिले एक कार्यक्रमकाको आयोजना गरेर आफ्ना उपभोक्ताहरूलाई ग्यास चुलो, सिलिन्डर र सिरक वितरण गरेको हो ।समितिले ४३ घर परिवारलाई ग्यास चुलो, सिलिन्डर र १४ घरपरिवारलाई सिरक वितरण गरेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ ।महानगरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ ।सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणकका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।
धरान : धरानमा तीन पाने रक्सी (कोदोको) र धराने कालो बङ्गुरको प्रवर्द्धन गर्नका लागि दुई वटा अवधारणा पत्र तयार गर्ने निर्णय भएको छ ।सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल सहितको टोलीले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका विज्ञहरूसँग बसेको छलफलमा नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८ माथि गरेको अध्ययनले निर्देशिका बमोजिम अवधारणा पत्र तयार गर्ने सहमति भएको हो ।अवधारणा पत्र तयारी गर्ने जिम्मेवारी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई दिइएको छ । उक्त अवधारणा पत्र यही माघ २८ गतेभित्र पेस गरिसक्नुपर्ने बताइएको छ । उपमहानगरपालिकाका वर
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को चर्को विरोध गर्दै आएका नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले आज एमसिसी सम्झौता संसदबाट अनुमोदन नगराउन भन्दै प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरू खुला स्मृतिपत्र सार्वजनिक गरेका छन् ।सोमबार नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूका नाममा खुला स्मृति पत्र सार्वजनिक गर्दै एमसिसी सम्झौता राष्ट्र हितमा नरहेकाले संसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराए । उनले एमसिसी सम्झौता अनुमोदन नगरी राष्ट्रिय स्वाधीनता, हित र अस्मिताको दीर्घकालीन सुरक्षाका लागि सबैले पदीय जिम्मेवारी बहन गर्ने अपेक्षासमेत गरे । स्
पाँचदलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भएको छ।मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसिसी) भनिने अमेरिकी सहयोग परियोजना संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा लामो समयदेखि प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन सकेको थिएन।यसबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले शनिबार गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेको थियो। उक्त ब्रिफिङपछि नै एमसिसी टेबल गर्नेबारे सहमति भएको सूचना तथा सञ्चारमन्त्री र कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए।'हामी पास गर्ने लाइनमा छौं,' कार्कीले आइतबार राति सेतोपाटीसँग भने, 'अहिलेलाई भन्नुपर्दा यसलाई बिथो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.