परिर्बतन सुरु गर्नका लागी सबै भन्दा पहिला आफु अनी आफ्नो परिबार समाज परिर्बतन भए आफै राष्ट्र परिर्बतन हुन्छ भन्ने गरिन्छ । यसैलाइ आधार मानी सुनसरीको गडी गाउपालीका परिर्बतनका लागी युबाहरुले डिजिटल आर्दश गढी निर्माण अभियान सुरु गरेका छन् । मानिश शिक्षीत भए  मात्र समाज तथा देश परिर्बतन हुर्ने भन्दै  गाउपालिकाका सबै स्थानमा नि शुल्क पढनपाढन सुरु गर्न थालिएको छ । गरिब तथा बिपन्न भएकै कारण शिक्षा बाट केही पनी बन्चीत नहुन भन्ने उदेश्यले सुरु गरेको छ । 

नेपालको शैक्षिक लगानीको इतिहास हेर्दा राष्ट्रिय बजेटको १३% देखि १९% सम्म खर्च छुट्याउँदै आएको छ । तर पनि यसले शिक्षाको गुणस्तर, उत्पादकत्वलाई प्रभावकारी ढङ्गले विकास गर्न सकेको छैन । यसबाहेक पनि निजी क्षेत्रबाट ठूलो रकम शिक्षामा लगानी भएको अवस्था छ । सरकारको मातहतमा रहने सबै सामुदायीक बिद्यालयमा अध्यान गर्ने बिद्यिार्थीको अबस्था हेर्ने हो भन्ने खासै सुधार उन्मुख देखिन्न । पर्याप्त स्रोत साधन भएपनी शिक्षकको लापरर्वाहिदेखि बिद्यालय प्रशासनको राजनितिका कारण निजी बिद्यालयमा भन्दा सामुदायीक  बिद्यालयका बिद्यार्थी कमजोर हुने गर्दछन । यसै कुरालाइ मध्यनगर गर्दै सुनसरीको गढी गाउपालिकाका युबाले डिजिटल आर्दश गढी निर्माण अभियान शुरु गरि नि शुल्क पढनपाढन सुरु गर्न थालिएको छ । शिक्षा क्षेत्रको सुधारका लागी नयाँ पुस्ता नै परिर्बतन हुनुपर्ने कुरालाइ मध्यनजर गर्दै आफहरुले उक्त डिजिटल कक्षा अभियान सुरु गरेको डिजिटल आर्दश गढी निर्माण अभियानका उपाध्यक्ष श्रवण कुमार यादबले बताउनुभयो ।  

बिगत केही बर्षदेखी समाज परिर्बनका निमित्त लागी परिरहेको यस सस्थाले गढि गाउपालिकाको ४ वटा र दुहबी नगरको १० न.वडामा गरि १७ स्थानमा अभियानको केन्द्र बनाइ बालबालिकालाइ पढाउन सुरु गरेको हो । हाल १७ बटा केन्द्रमा १३ सय बालबालिकाले नि शुल्क अध्ययन गरिरहेको सस्थाका अध्यक्ष बिध्यानन् यादबले बताउनुभयो  । उहाले पछिल्लो समय बिद्यालयले देश भक्ती तथा सस्कार सहितको शिक्षा प्रदान गर्ने र चाडै सर्बै बडामा यो अभियान बिस्तार गर्ने उहाको भनाई छ । 

सुनसरी जिल्लाको अन्य पालिका भन्दा शिक्षामा पछाडि परेको गढी गाउपालिका र यहाँको शिक्षाको स्तर परिर्बतनका लागी यस डिजिटल आर्दश गढी निर्माण अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ । सामुदायिब बिद्यालयमा बिद्यार्थीलाई अध्यायन गराउने शैली यसै गरि परिवर्तन भए निजि बिद्यालय सरह यसको पनि शैक्षिक गुणस्तर बढ्ने अवस्था छ । साथै शिक्षाबाट वन्चित विपन्न तथा गरिब बिद्यार्थीको समेत पढाईमा पहुच पुराउन यो अभियान सहि माध्यम बन्ने देखिन्छ ।