इटहरी । नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ । अघिल्लो वर्ष युनियनले तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको थियो । जसमध्ये प्रदेश १ का १३ जना युनियनका जिल्ला अध्यक्ष थिए । तर, यसपटक भने परिवर्तित नीति अनुसार सुनसरीलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्ममा आवद्वहरूको निःशुल्क दुर्घटना बीमा गरिने युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए अधिकारीका अनुसार युनियन र अजोड इन्स्योरेन्स काठमाडौँबीच भएको सम्झौता अनुसार जिल्लाभर क्रियाशील सञ्चारकर्मीको दुर्घटना बीमा नवीकरणका लागि दुवै संस्थाले आधा–आधा रकम व्यहोर्ने भएको
काठमाडौं: काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा अमेरिका प्रस्थान गरेका छन् । यता कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित रहेको अवस्थामा शर्मा भने अमेरिका पुगेका छन् ।उनी हिजै विहान अमेरिकाको लागि उडेका हुन् । हिजोमात्रै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । पछिल्लो समय कलेजले तोकिएको भन्दा महँगो शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।यो बीचमा सरकारले पनि कलेज सञ्चालकसँग छलफल गरिसकेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले त गृहमन्त्री बालकृष्ण खाँणलाई कलेजलाई कारबाहीको लागि आग्रह गरेका छन् ।
सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालय बाह्रौँ तहका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव कार्यभार सम्हाल्न प्रतिष्ठान आई पुगेका छन् । उनी सगैं प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एक जना उपसचिव पठाउने निर्णय गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठान पठाएको छ । यादव र अधिकारी आज प्रतिष्ठान पुगेका हुन् ।छानबिन समितिले दोषी देखाएका प्रतिष्ठानका बहालवाला ३ पदाधिकारीहरूलाई काम गर्न
इटहरी । विभिन्न कारणले पारिवारिक माया पाउन नसकिरहेका सडक मानव तथा मानसिक रोगीहरुलाई संरक्षण दिदै आएको मायाघर नेपालले सडक मानव तथा मानसिक रोगीहरुलाई उद्धार गरी आश्रय दिने कामलाई निरन्तरता दिदै आएको छ । कसैले पनि सडकमा जीवन विताउनु नपरोस भन्ने मुख्य उद्धेश्यले सडक मानव तथा मानसिक रोगीहरुलाई पारिवारिक माया सहितको आश्रय दिने उद्धेश्यले २०७४ साल देखि इटहरीमा सञ्चालनमा आएको मायाघर नेपालले अहिले पनि सडक क्षेत्रबाट मानिसहरुलाई उद्धार गरी आश्रय दिने कामलाई निरन्तरता दिदै केहीदिन देखी इटहरी उपमहानगर छेउको गल्लीमा बस्दै आएकी एक महिलालाई ईलाका प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएको हो ।
उर्लाबारी । मोरङको उर्लाबारीमा सहुलियत कृषि बजार बन्ने भएको छ । उर्लाबारी नगरपालिकाले वडा नं. ६ हाटखोलामा कृषि बजार बन्ने भएको हो । ६१ लाख बढी लगानीमा बन्ने सहुलियत कृषि बजारमा किसानले उत्पादन गरेको उत्पादन सिधै उपभोक्ताकोमा ल्याइने भएको छ । १६ कोठाको कृषि बजारको निर्माण कार्य चाँडै सुरु गर्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए ।‘अहिले उपभोक्ताले सब्जीका किसानले लिएको मूल्यभन्दा बिचौलियाले खाएको मूल्यका कारणले धेरै महँगो सब्जी किन्न बाध्य छन्, मेयर फागोले भने ‘तर, हाम्रो बजारको उद्देश्य भनेको सामान्य ढुवानी र केही स्टाफ खर्चबाहेक थप नाफा नलिएर सहुलियतपूणर् ढंगले सब्जी बेच्ने
इटहरी उपमहानगरपालिकाले व्यवसायिक कृषि खेती गर्ने इटहरीका कृषकहरूलाई प्लास्टिक टनेल वितरण गरेको छ । इटहरी उपमहानगरको कृषि विकास शाखाले इटहरीका बिभिन्न वडामा तरकारी खेती गर्ने ७१ जना कृषकलाई प्लास्टिक टनेल र ८३ जनालाई मल्चीङ छापो हाल्ने प्लास्टिक वितरण गरिएको हो । गत कार्तिकमा आएको बेमौसमी वर्षाका कारण तरकारी खेती गर्ने कृषकलाई पुर्याएको क्षतिको राहत स्वरुप उपमहानगरले कृषि सामाग्री वितरण गरिएको जनाइएको छ । साथै सितलहरका कारण तरकारी खेतीमा पुराउने समस्यालाई समेत निराकरण गर्न कृषकहरूलाई प्लाष्टिक वितरण गरिएको इटहरी उपमहानगरको कृषि विकास शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी द
इटहरी । कोरोना भाइरसको तेस्रो लहर दिनप्रतिदिन बढी रहेको समयमा मानिसहरुको चहलपहल हुने पर्यटकीय क्षेत्रहरु समेत सुनसान हुन थालेका छन । नेपाल सरकारले भाइरस फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन गत पौष २७ गतेबाट निर्देशन गरेसंगै पर्यटकीय क्षेत्रहरुमा समेत मानवीय चहलपहल घट्न थालेको हो । नेपाल सरकारले घोषणा गरेको एक सय गन्त्वय स्थल मध्ये पर्न सफल सुनसरीको तालतलैया क्षेत्रमा समेत कोरोना कहरका कारण पर्यटकीय गतिविधि घट्न थालेको छ । कोरोना कहरका कारण पर्यटकहरु आउन छोडेपछि पर्यटकीय क्षेत्र तालतलैयालाई ब्यवस्थापनमा समस्या पर्न थालेको छ । कोरोना संक्रमणको जोखिम बढी रहेका क
सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाले क्याम्पस तहमा अध्ययनरत दलित समूदायका बिद्यार्थीलाई दलित बिद्यार्थी शैक्षिक प्रोत्साहन (छात्रबृत्ति)प्रदान गरेको छ। आईतबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति बिद्यार्थी २४ सयका दरले आज ३८जना बिद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभएको हो।उपमहानगरपालिकाले ६१जना दलित बिद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आज आईतबार ३८ जनालाई प्रदान गरिएको हो। अन्यलाई अर्को दिन प्रदान गरिने बताइएको छ।दलित समूदायका बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले बताउनुभयो। यो बर्ष
माइती नेपालले भारतको मुम्बईबाट १२ जना बालक तथा किशोरहरूको उद्धार गरेको छ। उद्धार गरिएकाहरु १३ देखि १८ वर्ष उमेर समूहका छन्।रौतहटका ७, महोत्तरीका २, कैलाली, धनगढी र कपिलवस्तुका १–१ जना बालकको उद्धार गरिएको हो। उद्धार गरिएकाहरुलाई उनीहरूका अभिभावक बोलाएर जिम्मा लगाइएको माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख संगिता पुरीले जानकारी दिइन्।उनीहरुलाई मजदुरीका लागि मुम्बई लगिएको थियो। उनीहरुलाई मुम्बईको कुरल रेल्वे स्टेसनबाट भारतीय प्रहरीले उद्धार गरेको थियो। भारतीय प्रहरीले मुम्बईस्थित बाल कल्याण कमिटीको जिम्मा लगाएको थियो।कमिटीले माइती नेपालसँग समन्वय गरी बालकहरूको स्वदेश फिर्तीको पहल गरेको हो।
सोलुखुम्बुको सोताङ गाउँपालिका १ हुलुकी २५ वर्षीया मनकुमारी कार्की असोज ८ गतेदेखि बेपत्ता भएपछि प्रहरीले उनको खोजतलासको लागि ‘सर्च अप्रेसन’ सञ्चालन गरेको छ । एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत उनको साथबाट ४ लाख रुपैयाँ बढी नगद समेत गायब भएपछि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त टोली सर्च अप्रेसनमा जुटेको हो ।जिल्लाको प्रहरी टोलीलाई थप मद्दत गर्न प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम (आरआईटी) को दुई जना (एनालाइष्ट) विश्लेषण टोली कार्की बेपत्ता भएको स्थान पुगेर काम स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.