इटहरी उपमहानगरपालिकाले व्यवसायिक कृषि खेती गर्ने इटहरीका कृषकहरूलाई प्लास्टिक टनेल वितरण गरेको छ ।
इटहरी उपमहानगरको कृषि विकास शाखाले इटहरीका बिभिन्न वडामा तरकारी खेती गर्ने ७१ जना कृषकलाई प्लास्टिक टनेल र ८३ जनालाई मल्चीङ छापो हाल्ने प्लास्टिक वितरण गरिएको हो । गत कार्तिकमा आएको बेमौसमी वर्षाका कारण तरकारी खेती गर्ने कृषकलाई पुर्याएको क्षतिको राहत स्वरुप उपमहानगरले कृषि सामाग्री वितरण गरिएको जनाइएको छ । साथै सितलहरका कारण तरकारी खेतीमा पुराउने समस्यालाई समेत निराकरण गर्न कृषकहरूलाई प्लाष्टिक वितरण गरिएको इटहरी उपमहानगरको कृषि विकास शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिनुभयो ।
कृषि विकास शाखाले इटहरी उपमहानगर क्षेत्रका तरकारी खेती गर्ने कृषकहरूलाई निशुल्क बिउ, अनुदानदेखि तालिम सम्मको सुविधा दिदै आएको जनाएको छ । विशेष गरि उपमहानगरले विभिन्न करेशाखेती लगायत कृषि मा भबिस्य देखि कृषि कर्म गर्न इच्छुक कृषकहरुलाई प्रोत्साहन गर्न थप बिभिन्न कार्यक्रम समेत ल्याइएको उपमेयर लक्ष्मी गौतमले बताउनु भयो ।

