इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो । सरकारको २०८२ कात्तिक १७ को निर्णयअनुसार साविक करदाता सेवा कार्यालय भोजपुरबाट प्रदान हुँदै आएका केही सेवा अब स्थानीय तहबाटै उपलब्ध गराइने सहमति भएको छ । यस व्यवस्थासँगै सामान्य करसम्बन्धी कामका लागि सेवाग्राहीले टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । मझदारीअनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्रा
इटहरी। धनकुटामा शहरी विकास तथा भवन निर्माण कार्यालय पूर्वाधार विकास कार्यालयमा गाभिएपछि निर्माणाधीन ११ वटा सरकारी भवनको काम अलपत्र परेको छ । ठेक्का लागेर निर्माण सुरु भएका ती भवनको काम पूरा नहुँदै कार्यान्वयन गर्ने कार्यालयको संरचना परिवर्तन भएपछि निर्माणकार्य अन्योलमा परेको हो ।निर्माणको ठेक्का लगाउने कोसी प्रदेशअन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यालय गत साउनदेखि पूर्वाधार विकास कार्यालयमा गाभिएको थियो । कार्यालय गाभिए पनि अघिल्लो कार्यालयले सुरु गरेका योजनाको स्वामित्व लिएर अधुरा काम अघि बढाउन चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रम समावेश गरिएको छैन । पूर्वाधार विकास कार्यालय धनकुटाका
इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् । बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो । गत वर्ष साम्के र तामालुङ गाउँमा मात्रै १०० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार ८०० बिरुवा रोपिएको थियो। स्थानीयवासी पाण्डव राईका अनुसार साम्के र तामालुङका ३६ जना किसानले १०० रोपनी क्षेत्रफलमा
इटहरी । इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनको पहल सुरु गरिएको छ । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोड रुपियाँभन्दा बढी लागतमा नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले पहल थालेको हो । केन्द्रको भवन निर्माण भएर पनि उपकरण र प्राविधिक जनशक्त्किा कारण केन्द्र सञ्चालनमा आउन सकेको थिएन । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, हात्तीसार क्याम्पस धरानका
इटहरी । आज फागुन १० गते विशेष कार्यक्रमका बीच “Big Master Syrah & Chenin Blanc” वाइनको औपचारिक शुभारम्भ गरिँदैछ। कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रका उत्कृष्ट थोक विक्रेताहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।कार्यक्रममा विराटनगर तथा लहान, इटहरी लगायत स्थानका उत्कृष्ट थोक विक्रेताहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार सम्मान गरिनेछ।ब्रान्ड, बजार अवस्था तथा भावी रणनीतिबारे राष्ट्रिय बिक्री तथा वितरण प्रबन्धक हरि बास्तोलाले प्रस्तुति दिने कार्यक्रम रहेको छ।नयाँ उत्पादनको शुभारम्भ विशेष रूपमा चार मोडेलको आकर्षक प्रवेश तथा Jazz Music सहित गरिनेछ। संयुक्त रूपमा बोतल अनावरण,
इटहरी । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले
इटहरी । हरेक निर्वाचनमा चुनावी नारा बन्ने गरेको झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमी जोड्ने ३३ किलोमिटर लामो फाल्गुनन्द मार्ग निर्माण सुरु भएको साढे तीन दशक बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक निर्माण अलपत्र पर्दा यस विषयमा राजनीतिक दल र उम्मेदवारहरूलाई मतदातालाई जवाफ दिन सकस हुने गरेको छ । पर्याप्त बजेट विनियोजन हुँदाहुँदै पनि सडक निर्माण सम्पन्न हुन नसकेको जनाइएको छ । झापा, इलाम र पाँचथरका उम्मेदवारहरूले प्रत्येक निर्वाचनमा यो सडकलाई प्राथमिकतामा राख्दै आएका छन् । दमकदेखि माङसेबुङ गाउँपालिका हुँदै चिसापानी पञ्चमी जोड्
इटहरी। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो ।यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो ।चालु आवमा रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।
इटहरी । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो । यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ । यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो । चालु आर्थिक वर्षमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।
इटहरी । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो ।दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२र८३ का लागि रु दुई करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण कम्पनीले रु एक करोड सात लाख ७७
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.