इटहरी । बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो । कृषकहरुलाई बदाम उत्पादनमा हौसलाका लागि नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो । यस वर्ष हलेसी तुवाचुङ नगरपालिकामा दुई सय ६१ किसानले तीन हजार एक सय २८ मुरी बदाम उत्पादन गरेका छन् । उत्पादनको आधारमा नगरपालिकाबाट किसानले १२ लाख चार सय रकम प्रोत्साहन स्वरुप पाएका हुन् । सुरुमै अनुदान दिनुभन्दा उत्पादनका आधारमा प्रोत्साहन रकम दिँदा बास्तबिक किसानले प्राप्त गर्ने
इटहरी । मोरङ जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताउनुभयो । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर
इटहरी । पशु क्वारेन्टाइन कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको लक्ष्य राखिएको ८३।३७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को यो अवधिमा सो प्रगति हासिल गरेको कार्यालय प्रमुख डा। विदुरप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यालयले ४७।५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गौतमका अनुसार सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रुपमा कार्यान्ययन गरिएको छ । कार्यालयले विराटनगरको रानी, भान्टाबारी (सुनसरी) र माडर (सिराहा) नाकाबाट हुने आयात–निर्यातलाई नियमित निगरानी र कडाइका साथ जाँच गरिएको कार्यालयले प्रतिवेदनमार्फत जा
इटहरी । मोरङ जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडितलाई न्याय दिलाउन देखाएको सक्रियता परिणाममुखी बन्दै गएको छ । सरकारले जिम्मेवारी तोकेपछि मोरङ प्रशासनले पीडितहरूको उजुरीमाथि तीव्र छानबिन गर्दै ६ महिनाको अवधिमा ६ करोड रुपियाँभन्दा बढी रकम र बिघौं जग्गा फिर्ता गराउन सफल भएको हो । सरकारले २०८२ सालको जेठदेखि मिटरब्याजसम्बन्धी उजुरी छानबिन गर्ने पूर्ण अधिकार जिल्ला प्रशासन कार्यालयलाई प्रत्यायोजन गरेको थियो । विगतमा प्रहरी र अदालत मार्फत हुने प्रक्रिया पीडितका लागि असहज र झन्झटिलो भएपछि सरकारले यो अधिकार प्रशासनलाई दिएको हो ।अधिकार प्राप्त भएपछि सक्रिय बनेको मोरङ प्रशासनले चालु वर्षको जेठद
इटहरी । माटो अनुसारको बाली छनोट गर्ने हो भने सिँचाइ सुविधा नभएका खेतबाट पनि प्रशस्त आम्दानी लिन सकिन्छ । मोरङको सुन्दरहरैँंचा नगरपालिका–७ र ८ का किसानलाई यतिबेला कन्दमूल (तरुल) खन्न भ्याइनभ्याइ छ । पहिले केरा खेती लगाएको खेतमा हात्तीले दुःख दिएपछि यहाँका किसान तीन वर्षयता तरुलको व्यावसायिक उत्पादनमा लागेका छन् । वडा नम्बर ७ र ८ राजमार्ग उत्तरतर्फका जमिनमा आजभोलि जताततै तरुल खेती देख्न सकिन्छ । स्थानीय किसान खेमराज कट्टेलले तीन वर्षअघि एक बिघा खेतमा तरुल रोपेर उत्पादन र बजारको परीक्षण गर्नुभएको थियो । पहिलो वर्षमै खर्च कटाएर सवालाख रुपियाँ बचत भएपछि उहाँले दोस्रो वर्ष साढे तीन बिघामा तरुल लगाउन
इटहरी। सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका छन् । सो आन्दोलनको कारण आजदेखि विराटनगर भन्सार कार्यालय ठप्प भएको छ । सो आन्दोलनलाई विराटनगरको निजी क्षेत्रलेसमेत समर्थन जनाएको छ । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधानसभा सदस्य पवन सारडाले सरकारले उद्योगी व्यवसायी र भन्सार एजेन्टलाई कारबाही गर्ने गरी ल्याएको नयाँ भन्सार ऐनको विरोधको समर्थन गरेको बताउनुभयो । विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा आजदे
इटहरी। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्रका सामुदायिक विद्यालयले खपत गर्ने विद्युत् महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको छ ।नगरका आठ वटा माध्यमिक विद्यालय र २७ वटा आधारभूत विद्यालयको आन्तरिक आम्दानी नभएका कारण विद्युत् महसुल भुक्तानीमा समस्या भएपछि नगरले यो व्यवस्था गरेको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख रवीन्द्र पण्डितले आठ वटा माध्यमिक विद्यालयलाई वार्षिक २० हजार रुपियाँ र २७ वटा आधारभूत विद्यालयलाई वार्षिक १४ हजार रुपियाँ राहतस्वरुप सहयोग गरिएको जानकारी दिनुभयो । नगरका पाँच वटा मावि र एउटा आधारभुत विद्यालयको आन्तरिक आम्दानी देखिएकोले ती विद्यालयले यो सुवि
इटहरी। ठेक्का लागेको छ वर्ष बित्दा पनि पाख्रीबास–मुगा–सुनबालुवा सडक पूरा हुन सकेको छैन । २०७६ असारमा ठेक्का लागेर यो सडकको निर्माण सुरु हुँदा निकै उत्साहित भएका स्थानीय छ वर्षसम्म पनि आयोजना अधुरै रहँदा धुलो तथा हिलोको कहर सहन बाध्य छन् । ४२ करोड ७७ हजार रुपियाँमा १९ किलोमिटर कालोपत्रे गर्ने गरी ललितपुरको ‘दिवा–महावीर जेभी’ ले ठेक्का पाएको थियो । सम्झौता अनुसार काम २०७८ माघमा सम्पन्न गर्नुपर्ने थियो तर विभिन्न कारण देखाउँदै काम अगाडि नबढेपछि २०७९ भदौ र त्यसपछि २०८० असारसम्मका लागि थप गरिएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । २०८० असारमा तत्कालीन सरकारले स्रोत सुनिश्चित नै नभई परियोजना अगा
बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा अवस्थित चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७औँ साधारणसभा आफ्नो कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।सहकारीले साबिक भरौललाई कार्यक्षेत्र बनाएर २०५५ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालनमा आएको हो। करिब २७ वर्षको यात्रा पूरा गरिसकेको संस्थामा हाल १,१०८ जना सेयर सदस्य रहेको संस्थाले जनाएको छ।साधारणसभामा उत्कृष्ट बचत, उत्कृष्ट ऋण चुक्ता, नियमित साँवा बुझाउने, बढी सेयर खरिद गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। यस्तै, उत्कृष्ट कर्मचारीको रूपमा सहायक व्यवस्थापक रेनुका कटुवाललाई पनि सम्मान प्रदान गरिएको अध्यक्ष कुमारी बस्न
इटहरी । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । दुई जिल्लाबिच सिधा यातायातमा बाधक बनेको सुनकोशी नदीको वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज राख्न सुरु गरिएपछि उदयपुर र दक्षिणी खोटाङबिच सिधै यातायात सञ्चालनमा आउने भएको हो । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५, पौवासेरा जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान सुरु गरिएको हो । ५१।८१ मिटर लामो र ४।१ मिटर चौडाइ भएको बेलिब्रिज पुस महिनाको पहिलो सातासम्ममा जडान सम्पन्न गर्ने गरी काम थालिएको निर्माण कम्पनीले जनाएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्राल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.