आर्थिक

    Showing ३४१-३५० of १,२४६ items.
  • थुलुङ दुधकोशी अध्यक्ष राईद्वारा विद्यालय भवन शिलान्यास

    इटहरी । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी– ७ बोगलस्थित देउराली आधारभुत विद्यालय ३ कोठे भवनको शिलान्यास गरिएको छ । यस शैक्षिकसत्रबाट कक्षा वृद्धि गरेको उक्त विद्यालय भवनको गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गर्नुभएको हो । गाउँपालिका प्रवक्ता समेत रहनुभएका सोही वडाका अध्यक्ष भोजराज कार्कीका अनुसार वडाको ५ लाख र गाउँपालिकाको ९ लाखबाट उक्त भवन निर्माण हुनेछ । भौगोलिक हिसाबले कक्षा ६ अध्ययन गर्न १ घण्टा सम्मको यात्रा गर्नुपर्ने विद्यार्थीको बाध्यता र समस्यालाई ध्यानमा राखेर कक्षा वृद्धिको लागि पहल गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले प

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३१२ पटक पढिएको
  • भोजपुरमा सुन्तला खेती किसानको आम्दानीको बलियो आधार

    इटहरी ।  भोजपुर जिल्लाका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो । विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती ग

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३७६ पटक पढिएको
  • बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान

    इटहरी  । बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो । कृषकहरुलाई बदाम उत्पादनमा हौसलाका लागि नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो । यस वर्ष हलेसी तुवाचुङ नगरपालिकामा दुई सय ६१ किसानले तीन हजार एक सय २८ मुरी बदाम उत्पादन गरेका छन् । उत्पादनको  आधारमा नगरपालिकाबाट किसानले १२ लाख चार सय रकम प्रोत्साहन स्वरुप पाएका हुन् । सुरुमै अनुदान दिनुभन्दा उत्पादनका आधारमा प्रोत्साहन रकम दिँदा बास्तबिक किसानले प्राप्त गर्ने

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • २३७ पटक पढिएको
  • मोरङ जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घट्यो

    इटहरी  । मोरङ जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष  धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताउनुभयो । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • ३०१ पटक पढिएको
  • पशु क्वारेन्टाइन विराटनगरको पहिलो त्रैमासिकमा ८३५ काम सम्पन्न, अवैध पशुजन्य सामग्रीमा कडाइ

    इटहरी ।  पशु क्वारेन्टाइन कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको लक्ष्य राखिएको ८३।३७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को यो अवधिमा सो प्रगति हासिल गरेको कार्यालय प्रमुख डा। विदुरप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यालयले ४७।५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गौतमका अनुसार सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रुपमा कार्यान्ययन गरिएको छ । कार्यालयले विराटनगरको रानी, भान्टाबारी (सुनसरी) र माडर (सिराहा) नाकाबाट हुने आयात–निर्यातलाई नियमित निगरानी र कडाइका साथ जाँच गरिएको कार्यालयले प्रतिवेदनमार्फत जा

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २३७ पटक पढिएको
  • मोरङमा मिटरब्याज पीडितलाई ६ महिनामा ६ करोडभन्दा बढी राहत

    इटहरी ।  मोरङ जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडितलाई न्याय दिलाउन देखाएको सक्रियता परिणाममुखी बन्दै गएको छ । सरकारले जिम्मेवारी तोकेपछि मोरङ प्रशासनले पीडितहरूको उजुरीमाथि तीव्र छानबिन गर्दै ६ महिनाको अवधिमा ६ करोड रुपियाँभन्दा बढी रकम र बिघौं जग्गा फिर्ता गराउन सफल भएको हो । सरकारले २०८२ सालको जेठदेखि मिटरब्याजसम्बन्धी उजुरी छानबिन गर्ने पूर्ण अधिकार जिल्ला प्रशासन कार्यालयलाई प्रत्यायोजन गरेको थियो । विगतमा प्रहरी र अदालत मार्फत हुने प्रक्रिया पीडितका लागि असहज र झन्झटिलो भएपछि सरकारले यो अधिकार प्रशासनलाई दिएको हो ।अधिकार प्राप्त भएपछि सक्रिय बनेको मोरङ प्रशासनले चालु वर्षको जेठद

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २३३ पटक पढिएको
  • सुन्दरहरैंचा किसान तरुल खेतीतर्फ आकर्षित, आम्दानीमा उल्लेख्य वृद्धि

    इटहरी । माटो अनुसारको बाली छनोट गर्ने हो भने सिँचाइ सुविधा नभएका खेतबाट पनि प्रशस्त आम्दानी लिन सकिन्छ । मोरङको सुन्दरहरैँंचा नगरपालिका–७ र ८ का किसानलाई यतिबेला कन्दमूल (तरुल) खन्न भ्याइनभ्याइ छ । पहिले केरा खेती लगाएको खेतमा हात्तीले दुःख दिएपछि यहाँका किसान तीन वर्षयता तरुलको व्यावसायिक उत्पादनमा लागेका छन् । वडा नम्बर ७ र ८ राजमार्ग उत्तरतर्फका जमिनमा आजभोलि जताततै तरुल खेती देख्न सकिन्छ । स्थानीय किसान खेमराज कट्टेलले तीन वर्षअघि एक बिघा खेतमा तरुल रोपेर उत्पादन र बजारको परीक्षण गर्नुभएको थियो । पहिलो वर्षमै खर्च कटाएर सवालाख रुपियाँ बचत भएपछि उहाँले दोस्रो वर्ष साढे तीन बिघामा तरुल लगाउन

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ३५२ पटक पढिएको
  • नयाँ भन्सार ऐनको विरोधमा भन्सार एजेन्ट आन्दोलित, विराटनगर भन्सार कार्यालय ठप्प

    इटहरी।  सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका छन् । सो आन्दोलनको कारण आजदेखि विराटनगर भन्सार कार्यालय ठप्प भएको छ । सो आन्दोलनलाई विराटनगरको निजी क्षेत्रलेसमेत समर्थन जनाएको छ । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधानसभा सदस्य पवन सारडाले सरकारले उद्योगी व्यवसायी र भन्सार एजेन्टलाई कारबाही गर्ने गरी ल्याएको नयाँ भन्सार ऐनको विरोधको समर्थन गरेको बताउनुभयो । विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा आजदे

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • ३०९ पटक पढिएको
  • सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

    इटहरी। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्रका सामुदायिक विद्यालयले खपत गर्ने विद्युत् महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको छ ।नगरका आठ वटा माध्यमिक विद्यालय र २७ वटा आधारभूत विद्यालयको आन्तरिक आम्दानी नभएका कारण विद्युत् महसुल भुक्तानीमा समस्या भएपछि नगरले यो व्यवस्था गरेको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख रवीन्द्र पण्डितले आठ वटा माध्यमिक विद्यालयलाई वार्षिक २० हजार रुपियाँ र २७ वटा आधारभूत विद्यालयलाई वार्षिक १४ हजार रुपियाँ राहतस्वरुप सहयोग गरिएको जानकारी दिनुभयो । नगरका पाँच वटा मावि र एउटा आधारभुत विद्यालयको आन्तरिक आम्दानी देखिएकोले ती विद्यालयले यो सुवि

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २७२ पटक पढिएको
  • ठेक्का लागेको छ वर्षमा पनि बनेन सडक

    इटहरी। ठेक्का लागेको छ वर्ष बित्दा पनि पाख्रीबास–मुगा–सुनबालुवा सडक पूरा हुन सकेको छैन । २०७६ असारमा ठेक्का लागेर यो सडकको निर्माण सुरु हुँदा निकै उत्साहित भएका स्थानीय छ वर्षसम्म पनि आयोजना अधुरै रहँदा धुलो तथा हिलोको कहर सहन बाध्य छन् । ४२ करोड ७७ हजार रुपियाँमा १९ किलोमिटर कालोपत्रे गर्ने गरी ललितपुरको ‘दिवा–महावीर जेभी’ ले ठेक्का पाएको थियो । सम्झौता अनुसार काम २०७८ माघमा सम्पन्न गर्नुपर्ने थियो तर विभिन्न कारण देखाउँदै काम अगाडि नबढेपछि २०७९ भदौ र त्यसपछि २०८० असारसम्मका लागि थप गरिएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । २०८० असारमा तत्कालीन सरकारले स्रोत सुनिश्चित नै नभई परियोजना अगा

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]