इटहरी । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति भएको छ । पहिरोले चिया सहकारीमा आबद्ध ९७ जना किसानको चिया बगान बगाउँदा चार करोड ७२ लाख ९० हजार रुपियाँभन्दा बढीको क्षति भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ । जिल्लाका ४१ सहकारीमा आबद्ध किसानको चिया बगानमा क्षति पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण चार चिया किसान परिवारको घरमा पूर्ण र १८ परिवारको घरमा आंशिक क्षति भएको छ । राईले चियाका लागि कुनै राहत र अनुदानको काम स्थानीय, प्रदेश र सङ्घ कुनै पनि तहका सरकारबाट नभएको बताउनुभयो । यता जिल्लाको क
इटहरी । नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो । गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको उहाँले जानकारी दिनुभयो । यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । यस वर्षका लागि
इटहरी । कुनै समय मोरङ जिल्लाकै चर्चित प्रहरी थानाका रूपमा रहेको मोरङको रङ्गेली–९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाका प्रहरी भाडाकोे सटर कोठाभित्र बसेर शान्तिसुरक्षामा खटिएका छन् । सय वर्ष पुरानो मोरङकै पुरानो बजार दोहमनामा रहेको तत्कालीन प्रहरी चौकीलाई २०४८ सालमा इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो । पुरानो भवन जीर्ण भएपछि कोशी प्रदेश सरकारले अढाई करोडको डिपिआर निर्माण गरी भवन निर्माण प्रव्रिmया अघि बढाएको थियो तर पहिलो किस्तामा ५१ लाख रुपियाँ विनियोजन भई टेन्डरमार्फत ३७ लाख रुपियाँमा कार्यालयको जग निर्माण भइसकेको छ । नगरपालिकाले घरभाडा तिरेर प्रहरी राखिरहेको जानकारी दिँदै शान्तिसु
इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। राति करिब ११ बजे सुरु भएको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा ल्याइयो। आगलागी कसरी सुरु भयो भन्ने प्रारम्भिक कारण खुल्न सकेको छैन । रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन्। इन्द्रकुमार लिम्बु, राजकुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुका घर पूरै जलेका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट भएकै क्षति करोडौंमा पुगेको छ। मानवीय क्षति भने भएको छै
इटहरी । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८२÷८३ को कार्तिक महिनामा लक्ष्यको करिब ५६ प्रतिशत मात्र भन्सार राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०८२÷८३ को साउन महिनामा लक्ष्यको ७८ प्रतिशत, भाद्र महिनामा लक्ष्यको ८० प्रतिशत, असोज महिनामा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन गरेको थियो । कार्तिक महिनामा ३ अर्व ५६ करोड ५८ लाख रुपैया लक्ष्य तोकिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैया भन्सार राजस्व संकलन गरेको छ । जेनजी आन्दोलनको प्रभाव एवम् असोजमा आएको बाढी पहिरो र डुबानका कारण राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्
इटहरी । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । लपाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार कात्तिक महिनामा भक्तजनहरूले ३४ लाख ४८ हजार ५०० रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । अहिले पाथीभरा दर्शनका लागि प्रमुख सिजन भएका कारण दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि यो महिना वृद्धि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका
इटहरी । ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका षडानन्दका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो । बर्खाको समयमा खोला ठुलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताउनुभयो । विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उहाँको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको
दुहबी / दुहबी नगरपालिका–४ मा निर्माणाधीन फोहोर प्रशोधन केन्द्रलाई आधुनिक र व्यवस्थित रूपले सञ्चालन गर्न भारत सरकारद्वारा १८ करोड २५ लाख ५९ हजार ९२५ रुपैयाँ ४१ पैसा (भ्याटसहित) लगानी हुने भएको छ।सो लगानी सम्बन्धी त्रिपक्षीय सम्झौता (MOU) आज भारतिय राजदूतावासमा हस्तान्तरण गरिएको छ। सम्झौतामा नेपाल सरकारको अर्थ मन्त्रालय, भारतीय राजदूतावास र दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादार सहभागी रहे।सम्झौता अनुसार एक हप्ताभित्र परियोजनाको ठेक्का प्रक्रिया शुरु गरिने र काम संचालनमा ल्याइने छ।नगरप्रमुख गच्छादारका अनुसार, “४६ सालपछि पहिलो पटक दुहबीमा यस्तो ठूलो परकीय लगानी आउन लागेको हो। यो सफलता हा
इटहरी। ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ४० किलोग्रामको एक लाख रुपियाँ नाघेको छ । यसअघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतबार ४ हजार रुपियाँले बढेर प्रतिमन एक लाख २ हजार रुपियाँमा कारोबार भएको हो । अलैँची व्यवसायी कमल बरालका अनुसार आइतबार चलन चल्तीकै अलैँची प्रतिमन एक लाख २ हजार रुपियाँका दरले खरिद गरेको जानकारी दिनुभयो । बरालका अनुसार शनिबार बजार खुल्दा ९६ हजार प्रतिमन रहेको अलैँचीको मूल्यमा अपरान्हबाट प्रतिमन २ हजार रुपियाँका दरले वृद्धि भई ९८ हजार रुपियाँ प्रतिमन पुगेको थियो । यता, अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले चलन चल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख रु
इटहरी । इटहरीस्थित पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राजु दंगाल निर्वाचित भएका छन् । शनिबार संस्थाका अध्यक्ष दिनेशकुमार भट्टराईको अध्यक्षता कार्यक्रम संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा भएको २८ औं वार्षिक साधारणसभाबाट राजु दंगाल को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। साधारणसभाले उपाध्यक्षमा संयोग पराजुली, सचिवमा गौरीशंकर तामाङ, सदस्यहरुमा पूर्णबहादुर तामाङ, यज्ञराज दाहाल (नवराज), कृष्णप्रसाद भट्टराई, खेमु निरौला चापागाई, देवका पौडेल सिटौला र विष्णु उप्रेती सिटौला छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा दयाराम भट्टराई निर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.