आर्थिक

    Showing ४३१-४४० of १,२०४ items.
  • रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेतीमा किसानको चासो घट्दो

    इटहरी। रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेती हराउदै गएको छ । मानव स्वास्थ्यका लागि पोसिलो तथा औषधीय गुणयुक्त कोदो खेती गर्ने कृषक नहुँदा कोदो खेती हराउँदै गएको हो । कोदो बालिमा भन्दा अन्य बालिमा किसानको आर्कषण बढदा जिल्लाको उत्तरी क्षेत्र वराहक्षेत्र नगरको सूर्य कुण्ड र धरनको विष्णु पादुका क्षेत्रमा लगाउने कोदो खेतीको क्षेत्रफल किसानले घटाउदै लगेको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । अरु बालीभन्दा कोदो खेती झन्झटिलो हुने र कम उत्पादन हुने बाली भएकाले किसानको आर्कषण कोदो खेतीमा घट्दै गएको छ । सुनसरी जिल्लामा ४६५ हेक्टरमा मात्रै कोदो खेती हुँदै आएको कृषि ज्ञ

    • प्रकाशित मितिः साउन १६, २०८२
    • ४२८ पटक पढिएको
  • सोलुदूधकुण्ड नगरपालिकाको काठमाडौँ शिविरमा ५ हजारभन्दा बढीलाई सेवा

    इटहरी । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले काठमाडौँमा आयोजना गरेको चारदिने एकीकृत सेवा शिविरमा पाँच हजारभन्दा बढी नगरवासीले सेवा लिएका छन् भने साढे १३ लाख राजस्व सङ्कलन भएको छ । काठमाडौँमा बस्दै आएका पाँच हजार ३३५ नगरवासीले शिविरबाट सेवा लिएका छन् १३ लाख ४५ हजार ५६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । विभिन्न कामको व्यस्तता तथा बर्खायामको समयमा भौतिक रुपमा नगरपालिकामै आएर नागरिकलाई सेवा लिन व्यवसायी, फरक क्षमता भएका व्यक्ति, आर्थिक रुपले विपन्न र अस्पताल जानुपर्ने समस्या भएका नागरिकहरुलाई सहज सेवा दिने अभिप्रायले काठमाडौँमा शिविर आयोजना गरिएको सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शे

    • प्रकाशित मितिः साउन १५, २०८२
    • ३४८ पटक पढिएको
  • ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलो बोडी उत्पादन

    इटहरी । विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पु¥याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गर्नुभएको हो । हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लहलह फलेको बोडी छ । सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा त्यसको विस्तार गर्नुभ

    • प्रकाशित मितिः साउन १५, २०८२
    • २९२ पटक पढिएको
  • गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग स्थापनाको आह्वान

    इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग सङ्गठन मोरङमा बुधबार अन्तर्क्रिया गर्दै लगानीका लागि अनुरोध गरेको हो । मधेश प्रदेशको सप्तरी जिल्लास्थित बसबिट्टीमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्रशस्त जग्गा उपलब्ध रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बताउनुभयो । यो औद्योगिक क्षेत्रमा लगानी गरेर उद्योग स्थापना गर्दा विद्युत्, पानी, जग्गा उपलब्ध गराउन सकिने भन्दै उद्योगीलाई आश्वस्त पारिएको थियो । अध्यक्ष पन्तले मझौला

    • प्रकाशित मितिः साउन १५, २०८२
    • २३४ पटक पढिएको
  • एक वर्षमै लसुन आयात तीन गुणाले बढ्यो, ३३ करोड राजस्व संकलन

    इटहरी। कृषि उपजका रूपमा रहेको लसुन पूर्वी नाका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार १० करोड २१ लाख १९ हजार ६२० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरको लसुन नेपाल भित्रेको हो । यसबापत ३३ करोड ६६ लाख ७९ हजार रुपियाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २२५।१ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आर्थिक वर्ष २०८० र ८१ को सोही अवधिमा ४० करोड सात लाख ९४ ह

    • प्रकाशित मितिः साउन १४, २०८२
    • ३१७ पटक पढिएको
  • दमक बिजनेस कम्प्लेक्स सर्वसाधारणका लागि खुला

    इटहरी । झापाको दमक नगरपालिका–३ मा निर्माण गरिएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर) औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ तर भवनको मूल संरचनाबाहेक अन्य संरचना र सेवा सुविधा थपिएको छैन । सघन सहरी तथा भवन निर्माण आयोजना झापाले कम्प्लेक्स पहिलो पटक सर्वसाधारणका लागि खुला गरेको हो । आयोजनाले कम्प्लेक्स अवलोकनको प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क निर्धारण गरेको छ । एक सय मिटर अग्लो यो कम्प्लेक्स १८ तलाको रहेको छ । अहिले यहाँ भौतिक संरचनाबाहेक नयाँ सेवा सुविधा थप भएको छैन । ७२ मिटर उचाइको कङ्क्रिट संरचना र २८ मिटर उचाइको मेटल फ्रेम रहेको यो कम्प्लेक्स धरहराभन्दा अग्लो छ । केही दिनअघि गृहनगर दमक

    • प्रकाशित मितिः साउन १३, २०८२
    • ३४५ पटक पढिएको
  • अलैँची खेतीमा उत्साह, निर्यातबाट ७ अर्ब ६७ करोड आम्दानी

    इटहरी । निर्यात व्यापारमार्फत विदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको नेपाली अलैँचीले यतिबेला निकै उत्साह थपेको छ । पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बन्न थालेको अलैँचीलाई किसानले पछिल्लो समय निकै महत्व दिन थालेका छन् । प्रतिमन ९० देखि ९५ हजार रुपियाँमा कारोबार भइरहेको अलैँचीको अहिले बिरुवा लगाउने सिजन पनि हो । फल्न थालेको अलैँचीको गोडमेल गर्ने, बगान सरसफाइ गर्ने र फूल लागेका दानाको सुरक्षा गर्ने समय रहेको अलैँची किसान बताउँछन् । १० वर्षयताकै राम्रो मूल्य भएकाले यो साल किसानले अलैँचीमा उत्साह देखाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ । अलैँचीलाई कम लाग

    • प्रकाशित मितिः साउन १३, २०८२
    • २९७ पटक पढिएको
  • नेपालमा लसुनको आयात उच्चतम बिन्दुमा

    इटहरी । कृषि उपजको रुपमा रहेको लसुन पुर्वी नाँका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार दस करोड २१ लाख १९ हजार छ सय २० किलोग्राम लसुन नेपाल भित्रेको छ । भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरका लसुन नेपाल भित्रेको हो । यस बापत ३३ करोड ६६ लाख ७९ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २ सय २५ दशमलव १ प्रतिशतले वृद्धि भएको देखिएको छ । मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी इश्वरकुमार हुमागाईका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को सोहि अवधिमा ४० कर

    • प्रकाशित मितिः साउन १२, २०८२
    • ३०० पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

    इटहरी । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिनुभयो । आव २०८०र८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कानुसार आव २०८१र८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची

    • प्रकाशित मितिः साउन ११, २०८२
    • २५१ पटक पढिएको
  • धनकुटामा ३३६ उद्योग बन्द, नयाँ दर्ता घटेर १३४ मात्र; वाणिज्यतर्फ ३५, प्रशासनतर्फ १९ उद्योग थप

    इटहरी । गएको आर्थिक वर्ष २०८१ /०८२ मा धनकुटामा जम्मा ३ सय ३६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको एक तथ्याङ्क अनुसार जिल्लामा उद्योग बन्द हुनेको सङ्ख्या यस्तो पाइएको हो । जिल्लामा गएको आर्थिक वर्षमा प्रशासनतर्फ १ सय ४१ उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्यतर्फ ९६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा धनकुटामा एक सय ३४ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा वाणिज्यतर्फ ३५ र प्रशासनतर्फ १९ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी विकास कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार उत्पादक मूलक ९ वटा, कृषि तथा वन ४४ वटा, पर्यटन

    • प्रकाशित मितिः साउन १०, २०८२
    • २९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]