इटहरी । नेपाल सरकारको बन तथा वातावरण मन्त्रालयको सहयोग र नगरपालिकाको संयोजनमा हलेसी तुवाचुङ नगरपालिकामा दुई वटा सौर्य लिफ्टिङ सिंचाइ योजनाको काम सम्पन्न भएको छ । वडा नम्बर ३ च्यास्मीटारस्थित फिर्कु खोला सोलार लिफ्टिङ सिंचाइ आयोजना २ करोड २० लाख ६६ हजार लागतमा सम्पन्न भएको छ भने वडा नम्बर ६ मंगलटारस्थित मंगलटार लिफ्टिङ सौर्य विद्युतिय सिंचाइ आयोजना ३ करोड ६ लाख ५४ हजार लागतमा सम्पन्न भएको हो । यी दुवै आयोजना गरेर जम्मा ५ करोड २७ लाख २० हजार लागत लागेको नगरपालिकाले जनाएको छ । सम्पन्न आयोजनाहरू बन तथा वातावरण मन्त्रालयका सहसचिव शिव कुमार वाग्ले र बन तथा भू–संरक्षण विभाग प्रमुख सहसचिव उद्दव
इटहरी । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताउनुभयो । सबैभन्दा राम्रो गुणस्तरको अलँैचीलाई ‘बोल्ड’ भनिन्छ । उहाँका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । भदौ पहिलो स
इटहरी । गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बराबरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्वदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले १४ लाख रुपियाँको औषधि उपकरण, पूर्वाधारतर्फ पाँचवटा वडा कार्यालय र दुईवटा पालिका भवनमा ९२ लाख २४ हजार ८७१ रुपियाँ बराबरको क्षति भएको छ । यस्तै, दैनिक सञ्चालनमा प्रयोग हुने नखप्ने सामान ३३ लाख ७९ हजार १२३ रुपियाँ बराबरको क्षति भएको छ । भौतिक सम्पत्तितर्फ २ करोड ६६ लाख ४ हजार ९५३ रुपियाँ बराबरको क्षति भएको छ ।भौतिक सम्पत्
इटहरी । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व। खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका परिवारले ५० हजार ५ सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार एक कार्यक्रमका बिच अक्षयकोष स्थापनासँगै अक्षयकोषको रकम विद्यालयलाई प्रदान गरिएको प्रधानाध्यापक माबोको भनाइ छ । यसअघि पनि सो परिवारले
इटहरी । नेपाल राष्ट्र बैङ्कले आज देखि दसैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैङ्कले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बिचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैक तथा बैङ्कहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको बताएको छ ।
काठमाण्डौ । सेयर बजार आज र भोलि कारोबार नहुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना निकालेर दुई दिन सेयर बजारको कारोबार नहुने जानकारी गराएको हो । विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बजार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज बुधवार र भोलि बिहीवार सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यस्तै शुक्रवार र शनिवार नेप्सेको कारोबार नियमित रूपमै बन्द रहने भएका कारण अब आइतवार मात्रै बजार खुल्नेछ ।
इटहरी । हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ । होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ । यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घरखर्च चलाउने गरेको स्थानीय पूजा
इटहरी । घरसँगैको बारीमा धान खेती हुँदैन । अलि डाँडो बारी भएकाले पहिले १६ कट्ठा बारीमा उखु थियो । उखुलाई स्याहार बढी चाहिने तर गाउँमा कृषि मजदुरको अभाव हुने । त्यसैले लक्ष्मीप्रसाद दुलालले उखु मासेर सुपारी रोप्नुभयो अनि सुपारी रोपेको दुई वर्षपछि मरीच । त्यसको १६ महिनापछि तिनै सुपारीका बिच बिचमा सिउँडी फल (ड्र्यागन फ्रुट) लगाउनुभएको छ । यसरी उहाँको बारीमा अहिले तीन तहका नगदेबाली छन्, नेपालको सङ्घीय संरचना जस्तै । त्यसको आम्दानी बेग्लाबेग्लै सिजनमा आउँछ । अहिले ड्र्यागन फलको पालो छ । त्यो सकिनेबित्तिकै सुपारीले आम्दानी दिन्छ अनि मरीच निस्किन्छ । लगनशील भएर काम गर्ने हो भने थोरै जमिनमा कम मेहनतबाट
इटहरी । आर्थिक वर्ष २०८१(०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ । धनकुटामा गत वर्ष १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४० मेट्रिटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । बितेको आर्थिक वर्षमा करिब ७५ हजार रुपियाँदेखि ९५ हजार रुपियाँ प्रतिमनमा अलैंची खरीद बिक्री भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने धनकुटामा २०८०(०८१ मा करिब ३४।८ मेट्रिटन अलैंची उत्पादन हुँदा करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिनुभयो । यो आर्थिक वर्ष धनकुटामा करिब ५।२ मेट्रिकटनले उत्पादन बढ्दा निर्य
इटहरी । पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु। ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको प्रमुख चुचुरोमा सफलतापूर्वक पाइला टेकेका छन् । सो आरोहणबाट रु। एक करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ । सङ्खुवासभा जिल्लामा रहेको मकालु हिमाल सोही समयमा ६६ आरोहीले सफल आरोहण गरेका छन् । यसबाट रु। एक करोड ६२ लाख ६९ हजार ४८० सङ्कलन भएको छ । विश्वको अग्लो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.