इटहरी । नेपाल सरकारको बन तथा वातावरण मन्त्रालयको सहयोग र नगरपालिकाको संयोजनमा हलेसी तुवाचुङ नगरपालिकामा दुई वटा सौर्य लिफ्टिङ सिंचाइ योजनाको काम सम्पन्न भएको छ । वडा नम्बर ३ च्यास्मीटारस्थित फिर्कु खोला सोलार लिफ्टिङ सिंचाइ आयोजना  २ करोड २० लाख ६६ हजार लागतमा सम्पन्न भएको छ भने वडा नम्बर ६ मंगलटारस्थित मंगलटार लिफ्टिङ सौर्य विद्युतिय सिंचाइ आयोजना ३ करोड ६ लाख ५४ हजार लागतमा सम्पन्न भएको हो । यी दुवै आयोजना गरेर जम्मा ५ करोड २७ लाख २० हजार लागत लागेको नगरपालिकाले जनाएको छ । सम्पन्न आयोजनाहरू बन तथा वातावरण मन्त्रालयका सहसचिव शिव कुमार वाग्ले र बन तथा भू–संरक्षण विभाग प्रमुख सहसचिव उद्दव बहादुर घिमिरेले संयुक्त रूपमा नगर प्रमुख बिमला राईलाई हस्तान्तरण गर्नुभएको हो ।