इटहरी । मोरङको उर्लाबारी नगरपालिकामा नयाँ बसपार्कको शिलान्यास गरिएको छ । नगर प्रमुख गङ्गाप्रसाद खरेलले आइतबार उर्लाबारी(६ मा बसपार्क शिलान्यास गर्नुभएको हो । उहाँले शिलान्यास कार्यक्रममा बोल्दै नगरको बेरुजु ३८ करोडबाट घटाएर १६ करोडमा झारेको बताउनुभयो । नगर प्रमुख खरेलले नगरलाई भ्रष्टाचार मुक्त बनाउन प्रयास भइरहेको बताउँदै सुशासन कायम गर्नसके भ्रष्टाचार आफैं घट्दै जाने र शुसासन पहिलो सर्त भएको उल्लेख गर्नुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले १२ करोड ९३ लाख रुपियाँको डिपिआर बनेको जानकारी दिँदै ठेक्का ११ करोड तीन लाखमा लागेको बताउनुभयो । नगर विकास कोषको ६० प्रतिशत
इटहरी । ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । लाखेजात्रा पर्वको अवसरमा आउँदो साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाहिरको एकसहित आठ टोली सहभागी हुने भएका हुन् ।आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा सहभागी हुने टोलीको विवरण सार्वजनिक गरेको हो । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितमा सहभागी टोलीमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा सहभागी हुनेछन् । यस्तै, द योङ ब्रदर्स क्लब इटहर
इटहरी । ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका हुन् । जसमा ३० वटा टिप्पर, दुई वटा बस, तीन सय ७५ वटा कार, जिप र भ्यान कारबाहीमा परेका छन् । यस्तै, एकसय सातवटा ट्रयाक्टर, चार सय ८२ वटा मोटरसाइकल, ५० वटा टेम्पो र अन्य ११ वटा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सावारी साधन कारबाहीबाट आठ लाख ३१ हजार पाँचसय रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा भने एक हजार तीनसय सव
इटहरी । गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१(८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घ र प्रदेश गरी ४ अर्ब ६१ करोड १३ लाख ३९ हजार ५ सय ५२ रुपैयाँ विनियोजित बजेटमध्ये सो रकम फ्रिज भएको हो । जिल्लामा सङ्घबाट चालु र पुँजीगत गरी ४ अर्ब १० करोड ९८ लाख २२ हजार पाँच सय ५२ रुपियाँ र प्रदेशतर्फको चालु र पुँजीगत गरी कुल ५० करोड १५ लाख १७ हजार गरी कुल ४ अर्ब २३ करोड ३९ लाख २८ हजार आठ सय ८४ रुपियाँ ९९ पैसा रकम खर्च भएको कार्यालयको तथ्या
इटहरी । झापा जिल्लामा आर्थिक वर्ष २०८१र८२ (असार–साउन) मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाए। दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भए। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षमा ५२ हजार ८७५ सवारी चालकलाई कारबाही गरिएको छ। यो कारबाहीबाट ३ करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। मादक पदार्थ सेवन (मापसे) मा ३१७४ जना कारबाहीमा परे, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। जिल्लाभर ट्राफिक सचेतना कार्यक्रममा विद्यालय तहका ८४६१ विद्यार्थीलाई ट्र
इटहरी । ताप्लेजुङबाट गएको आर्थिक वर्षमा ४८ करोड रुपियाँ बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त रकम फ्रिज अर्थात सरकारको केन्द्रीय खातामा फिर्ता भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार ताप्लेजुङका विनियोजित चालु तथा पुँजीगत बजेटबाट कुल ४८ करोड छ लाख ५८ हजार १३६ रुपियाँ रकम खर्च हुन नसकी फ्रिज भएको हो । फ्रिज भएको रकममध्ये सङ्घतर्फको चालु र पुँजीगत दुवै बजेटबाट ३९ करोड ४८ लाख ७० हजार ६८४ रुपियाँ रहेको छ । बाँकी प्रदेशतर्फको बजेटबाट आठ करोड ५७ लाख ८७ हजार ४५२ रुपियाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्
इटहरी । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ तुलनामा आर्थिक वर्ष २०८१र०८२ झण्डै दोब्बरले राजस्व सङ्कलन गरेको हो । नापी कार्यालय ताप्लेजुङका प्रमुख तथा नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०८१र०८२ मा कुल २८ लाख ४६ हजार ८२५ रुपियाँ राजस्व उठाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा कुल १६ लाख ५४ हजार ८३७ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ११ लाख ९१ हजार ९८८ रुपियाँ बढी राजस्व सङ्कलन भएको अधिकृत इन्जिनियर श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार गत आव २०८१र०८२ मा क्षेत्रिय किताब उत
इटहरी । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला
इटहरी । कोशी प्रदेशका इटहरी र धरान नगरपालिका आर्थिक वर्ष २०८२र८३ को पहिलो दिनदेखि नै बजेट शून्यताको अवस्थामा पुगेका छन् । नगर सभाबाट प्रस्तावित र विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा दुवै उपमहानगरपालिकामा कानुनी रूपमै बजेटविहीन भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र बजेट पेस गरेर असार २५ भित्र छलफल गरी पारित गर्नुपर्ने प्रावधान छ । समयमै बजेट आउन नसक्दा विकासनिर्माणका पूर्वनिर्धारित कार्य, कर्मचारीको पारिश्रमिक, सार्वजनिक सेवा, योजना कार्यान्वयन, विगतमा भएगरेका कामको भुक्तानीलगायतका काम पूर्ण ठप्प हुने स्थितिमा पुगेको छ । धरान उपमहानगरपालिकामा अघिल्लो वर्ष पनि नगरप्
इटहरी । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१र८२ मा ६२ करोड ७६ लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको थियो । अघिल्लो आव २०८०र८१ को तुलनामा यो एक करोड ७६ लाख बढी हो । आन्तरिक आयमा गुणात्मक सुधार गर्न नसकेको महानगरपालिकामा सङ्घ तथा प्रदेश सरकारको अनुदान घट्दा यथार्थ आयको मूल्याङ्कन कमजोर देखिएको छ । जसको असर बजेट कार्यान्वयनमा परेको हो । बजेट र उपलब्धीबिच देखिएको असन्तुलनले अनुमानित आयव्ययमा समेत प्रश्न उठेको छ । महानगरपालिकाले गत आव २०८१र८२ का लागि तीन अर्ब ४९ करोड ९८ को अनुमानित आयव्यय प्रस्तुत गरेको थियो तर आवको अन्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.