आर्थिक

    Showing ५११-५२० of १,२४६ items.
  • उदयपुर बरुवा खोला झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका– ११ र १३ जोड्ने डिम्किस्थित डाक्टर रणशेर राई समाधिस्थल जाने बरुवा खोलामा बनाउन थालिएको झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सस्पेन्सन बृज डिभिजन आयोजनाद्वारा अघिल्लो वर्ष बनाउन सुरु गरिएको उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै वर्षा याममा बरुवा खोला वारपार गर्न सदावहार उच्च जोखिम मोल्दै आएका यस क्षेत्रका स्थानीयहरुमा अब त्यस्तो जोखिम मोल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दुई सय ६६ मिटर लामो यो पुल निर्माणका लागि नेपाल सरकारको आर्थिक वर्ष २०८१र०८२ को सङ्घीय बजेटबाट स्रोत सुनिश्च

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २६३ पटक पढिएको
  • फुङ्लिङ बजारभित्रको अढाई किलोमिटर बढी सडक कालोपत्रे

    इटहरी । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्रको अढाई किलोमिटर बढी सडक कालोपत्रे गरिएको छ । मेची राजमार्ग हुँदै फुङ्लिङ नगरपालिकाको कार्यालय जोड्नेसहित बजारभित्रका विभिन्न सडकहरु कालोपत्रे गरिएको हो । फुङ्लिङ नगरपालिकाले मुख्य बजारभित्रका सडकहरु निर्माण कम्पनी र उपभोक्ता समितिमार्फत कालोपत्रे गरेको हो । नगरपालिकाभित्रको २।५४७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । उक्त दूरी बराबर कुल तीन करोड ९८ लाख ५६ हजार ७२३ रुपियाँ बजेटको लागतमा बजार क्षेत्रको सडक कालोपत्रे गरिएको हो । फुङ्लिङ नगरपालिकाका प्राविधिक हेमराज बिष्टका अनुसार बजार क्षेत्रको तोक्मेडाँडादेखि कफीहाउस लाइन हुँदै नगरपालिका कार्यालय जोड्ने

    • प्रकाशित मितिः असार ३०, २०८२
    • २३८ पटक पढिएको
  • उद्योग वाणिज्य सङ्घ भोजपुरको अध्यक्षमा श्रेष्ठ विजयी

    भोजपुर | उद्योग वाणिज्य सङ्घ भोजपुरको नयाँ अध्यक्षमा बद्रि कुमार श्रेष्ठ विजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा श्रेष्ठले प्रतिस्पर्धी उम्मेदवार निर कुमार विश्वकर्मालाई ४६ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पद हात पार्न सफल भएका हुन्। श्रेष्ठले कुल १५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी विश्वकर्माले ११२ मत पाएका थिए।त्यसैगरी, प्रथम उपाध्यक्ष पदमा प्रकाश श्रेष्ठ विजयी भएका छन्। उनले १६६ मत प्राप्त गरी प्रतिस्पर्धी प्रविण कुमार सुवाललाई ७३ मतको अन्तरले पराजित गरे। द्वितीय उपाध्यक्षमा बद्रि कुमार श्रेष्ठले १४८ मत प्राप्त गर्दै जित हासिल गरे। महासचिव पदमा विन्द्र कुमार राई १४० मतसहित निर्वाच

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ४९५ पटक पढिएको
  • इलाम–झापा वैकल्पिक सडक निर्माणमा ढिलाइ

    इटहरी । पहाडी जिल्ला इलामसहित पाँचथर र ताप्लेजुङको भाग्य र भविष्यसँग जोडिएको मेची राजमार्गको वैकल्पिक सडकको रूपमा हेरिएको इलाम भञ्ज्याङ्ग–बेलासे–बिदाबारी सडक यो वर्ष पनि कालोपत्रे हुन सकेन । मेची कोरिडोरअन्तर्गत काम भइरहेको सडक निर्माण ठेकेदार कम्पनीको चरम लापरबाही र ढिलासुस्तीको कोप भाजनमा परेको हो । माई नगरपालिकाको लोदिया खोला माथिबाट सोक्तिमसम्मको सडक खण्ड,सोक्तिमदेखि बेलासे–माईखोला खण्ड र बेलासी, राकसे हुँदै इलाम भञ्ज्याङ्गसम्मको सडक खण्ड छुट्टाछुट्टै कालोपत्रे निर्माण गर्न ठेक्का लागेको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण कामले गति लिन नसकेको हो । तीनै खण्डको करिब १६ किलोमिटर

    • प्रकाशित मितिः असार २८, २०८२
    • ४२९ पटक पढिएको
  • विधान विपरीत उद्योग वाणिज्य संघ इटहरी, राजस्वको चेतावनी अटेर

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा डमी मतदाता बनाएर चुनाव आफ्नो पक्षमा पार्ने षड्यन्त्र गरिएको भन्दै कार्यसमितिका केही सदस्यहरुले विरोध जनाएका छन् ।संघको चुनावलाई निष्पक्ष र कम खर्चिलो बनाउने पटक पटकको सहमती यस पटक पनि उल्लंघन हुन लागेको भन्दै कार्यसमितिमा रहेका एमाले सम्बद्ध ९ जना व्यवशायीहरुले विरोध जनाएका हुन् । उनीहरुले समग्र व्यवशायीको हितमा भन्दा पनि अर्को पटक पनि नेतृत्व हत्याउने षड्यन्त्रमा नेतृत्व लागेको आरोप लगाएका छन् ।जीवन पराजुली नेतृत्वको हालको टिममा रहेका ९ जना निर्वाचित कार्य समिति सदस्यहरुले पत्रकार सम्मेलन नै गरेर सदस्यता नविकरणका क्रममा मनलाग्दी निर्णय गर्दै राज्य

    • प्रकाशित मितिः असार २७, २०८२
    • ४०५ पटक पढिएको
  • चन्दा सङ्कलन गरेर पूर्वाधार विकासको काम

    इटहरी । स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा सङ्कलन भएको रु १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्पान समितिमार्फत सिसी क्यामेरा जडान, प्रतिक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो । प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रमकमध्ये रु १० लाख सात हजार ४९७ रकम सामान खरिद तथा जडानमा खर्च भएको छ । जसमा वडा नं १४ र १५ बाट आगा

    • प्रकाशित मितिः असार २७, २०८२
    • ३१४ पटक पढिएको
  • स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको जनगुनासो

    इटहरी । मोरङको लेटाङ–२, पैँतिसबिघेमा निर्माणाधीन नेपालकै पहिलो स्वचालित विद्युत् सबस्टेसन निर्माणमा ढिलाइ भएको छ । सबस्टेसन बनेपछि उत्तरी मोरङमा भोल्टेज नपुगेको समस्या स्थायी रूपमा समाधान हुने आस गरिएको थियो तर २०८१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने यो आयोजनाको हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजीवकुमार सिंहका अनुसार यो सबस्टेसन छरआठ एमभिए क्षमताको हुने छ । उहाँका अनुसार आठ करोड ३९ लाख ४३ हजार १०४ रुपियाँमा जयदुर्गे निर्माण सेवाले सबस्टेसन निर्माणको काम गरिरहेको छ । यसका अतिरिक्त ट्रान्समिसन लाइनको काम पन

    • प्रकाशित मितिः असार २७, २०८२
    • २५७ पटक पढिएको
  • कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चमा सुधार

    इटहरी । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चमा सुधार गरेको छ । कोशी सरकारले चालु वर्षमा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गर्न सफल भएको छ भने पुँजीगत बजेट कार्यान्वयनमा पनि विगतको तुलनामा उल्लेख्य सुधार गरेको छ । कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वार्षिक वित्तीय विवरण सार्वजनिक गर्दै यस वर्षका लागि विनियोजन भएको ३५ अर्ब २७ करोड ९३ लाख रुपियाँको बजेटमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपियाँ खर्च भएको जनाएको छ । सार्वजनिक गरिएको विवरणअनुसार सरकारले गतवर्षको तुलनामा खर्चमा सुधार गरेको छ । साथै सरकारले भने पुँजीगत खर्चतर्फ उल्लेख्य सुधार गरेको छ । गत आर्थिक व

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३९१ पटक पढिएको
  • दोस्रो तरहरा रन १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न

    इटहरी । दोस्रो तरहरा अर्गानिक १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएसँगै आयव्यय सार्वजनिक गरिएको छ । आयोजक तरहरा रनले पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेको हो । गत फागुन २४ गते तरहरामा १० किलोमिटर दौड प्रतियोगिता भएको थियो । जसमा दुई हजार एक सय ९ जना धावक सहभागी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक क्लबका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार यसपटकको दौड प्रतियोगितामा नौ लाख ८९ हजार ३९९ रुपैयाँ फाइदा भएको छ ।  जसमध्ये सात लाख १५ हजार ३४७ रुपैयाँ भने उठ्न बाँकी रहेको छ । कतिपय संघसंस्था र व्यक्तिले नै रकम दिने वचन दिएपनि दिन बाँकी रहेको उनले बताए । हाल बैँक खातामा तीन लाख ५७ हज

    • प्रकाशित मितिः असार २६, २०८२
    • ८३४ पटक पढिएको
  • तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नुखेती गर्दै

    इटहरी । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन् । लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो । वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताउनुभयो । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु। १० लाख मूल्यबराबरको सिस्नु प्रशोधन गर्ने मेसि

    • प्रकाशित मितिः असार २५, २०८२
    • ३९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]